Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग: घरमै सजिलै बनाउनुहोस् चाडपर्वका विशेष परिकारहरू

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग: घरमै सजिलै बनाउनुहोस् चाडपर्वका विशेष परिकारहरू
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । तिहारमा घरमै विभिन्न परिकार बनाउन र पाहुनालाई स्वादिष्ट खानेकुरा खुवाउन सिजी माइक्रोवेभ ओभन उपयोगी हुने कम्पनीले जनाएको छ। खाना तताउन मात्र नभई मिठाई बनाउन, मसला रोस्ट गर्न तथा विभिन्न परिकार बेक र ग्रिल गर्नसमेत माइक्रोवेभ ओभन प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ। नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले तिहारलाई लक्षित गर्दै माइक्रोवेभ ओभनबाट घरमै सजिलै तयार गर्न सकिने विभिन्न परिकारबारे जानकारी गराएको छ। कम्पनीका अनुसार तिहारमा भाइटीकाका लागि आवश्यक काजु, बदाम, पिस्ता र ओखरजस्ता भाइ मसलालाई माइक्रोवेभ ओभनमा केही मिनेटमै रोस्ट गर्न सकिन्छ। त्यस्तै, बेसनको लड्डु, पेडा, बर्फी, सुजीको हलुवा र चकलेटजस्ता मिठाई पनि ओभनको प्रयोगबाट घरमै बनाउन सकिनेछ। भाइटीकामा दाजुभाइलाई उपहार दिन केक तथा कुकिज बनाउन र पारिवारिक जमघलका लागि पनिर तथा मासुका परिकार ग्रिल गर्न पनि ओभनमा उपलब्ध कन्भेक्सन र ग्रिल फिचर उपयोगी हुने कम्पनीले जनाएको छ। अघिल्लो दिन तयार गरिएका सेलरोटी, फिनी र अनरसा जस्ता परिकारलाई पाहुना आउँदा तताएर खान पनि यसको प्रयोग गर्न सकिनेछ। ग्राहकको आवश्यकता र परिवारको आकारलाई ध्यानमा राख्दै कम्पनीले बजारमा २० देखि ३५ लिटरसम्म क्षमताका ६ मोडलका माइक्रोवेभ ओभन उपलब्ध गराएको छ। यसमा सोलो, ग्रिल र कन्भेक्सन प्रकारका ओभन छन्। तीमध्ये दुई मोडल प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाका र बाँकी चार मोडल सिजी ब्रान्डअन्तर्गत उपलब्ध छन्। ओभनमा रहेको अटो कुक मेनुले परिकारअनुसार समय र तापक्रम मिलाउन सहयोग गर्ने कम्पनीको दाबी छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजीका यी उत्पादन देशभरका २२ वटा सिजी डिजिटल सोरुम, कम्पनीका आधिकारिक वेबसाइट तथा बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ। त्यस्तै, बिक्रीपछिको सेवालाई सहज बनाउन कम्पनीले ‘सीजी केयर्स’ एप सञ्चालनमा ल्याएको छ। एप तथा देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ। थप जानकारी तथा सेवाका लागि सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ। एप प्लेस्टोर र एपस्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुरको तेस्रो हार
Latest NewsJust now

लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुरको तेस्रो हार

पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायम राखेको छ।  बिहीबारको पहिलो खेलमा जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनीले अंक तालिकामा सात अंक बनाएको छ। तीन जित र एक खेलमा अंक बाँड्दै लुम्बिनी सात अंकसहित तालिकाको शीर्षस्थानमा यथावत रहेको हो।  दोस्रो स्थानको विराटनगर किंग्सक... ...

नेपालखबर
विद्यावारिधि गरेका आईजीपी : तङ्ग्रिँदै गरेको प्रहरीलाई लयमा ल्याउने चुनौती
Latest NewsJust now

विद्यावारिधि गरेका आईजीपी : तङ्ग्रिँदै गरेको प्रहरीलाई लयमा ल्याउने चुनौती

काठमाडौँ । प्रहरीका ३४औँ महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले द्वन्द्व रुपान्तरणको विषयमा विद्यावारिधि गरेका छन् । आफ्नै ब्याचमेट सहकर्मी दानबहादुर कार्कीको जिम्मेवारी खोसिएपछि डा. केसीले बुधबारदेखि प्रहरीको कमाण्ड सम्हालेका छन्... ...

रातोपाटी
जनक पाण्डे सर्वोच्चको न्यायाधीशमा अनुपयुक्त रहेको जिकिर गर्दै समितिमा उजुरी, दीपक भट्टसँगको कनेक्सन भएको दाबी
Latest NewsJust now

जनक पाण्डे सर्वोच्चको न्यायाधीशमा अनुपयुक्त रहेको जिकिर गर्दै समितिमा उजुरी, दीपक भट्टसँगको कनेक्सन भएको दाबी

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डे उक्त पदका लागि अनुपयुक्त रहेको जिकिर गर्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । काठमाडौँका हरिबहादुर केसीले समितिमा उजुरी दर्ता गराउँदै पाण्डेलाई सर्वोच्च... ...

रातोपाटी
चाडपर्वको सुरक्षामा प्रधानमन्त्रीको चासो, सुरक्षा प्रमुखलाई दिए यस्तो निर्देशन
Latest NewsJust now

चाडपर्वको सुरक्षामा प्रधानमन्त्रीको चासो, सुरक्षा प्रमुखलाई दिए यस्तो निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चाडपर्वलाई लक्षित गर्दै मुलुकको शान्ति–सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। बिहीबार सिंहदरबारमा प्रधान सेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक डा। मनोजकुमार केसी र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँगको छलफलमा प्रधानमन्त्री शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएका हुन्। उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय, सूचना आदानप्रदान र सहकार्य ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play