Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

तिहारका लागि १५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारका लागि १५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए
Photo / Coverage: केन्द्रबिन्दु

मुस्ताङ । तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बेँसी झारिएका छन् । उक्त भेडाच्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेँसीतर्फ झारिएको हो । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका अनुसार बुधबार बिहानसम्म डोल्पाबाट मुस्ताङ झारिएका र उपल्लो मुस्ताङबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा व्यापारीहरुले खरिद गरी बँेसी झारिएको बताएका छन् । कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा लालमणि अर्यालका अनुसार तिहार पर्वलाई लक्षित गरी व्यापारीले मुस्ताङबाट च्याङ्ग्रा एक हजार ३८५ र भेडा २०६ वटा बेँसी झारेका हुन् । मुस्ताङका च्याङ्ग्रा पालक तथा व्यापारीहरुबाट च्याङ्ग्रा एक हजार १५० र भेडा १३६ तिहारका लागि बेँसी झारिएको हो । यसैगरी उपल्लो डोल्पाबाट मुस्ताङ ल्याईएका च्याङ्ग्रा २३५ र भेड ७० वटा गरी तीन तीन सय भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झरेको कृषि तथा पशु विकास प्रमुख डा अर्यालले जानकारी दिए । तिहारका लागि उपल्लो मुस्ताङ र डोल्पाबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा काठमाडौँ, पोखरा, बागलुङ र म्याग्दीबाट आएका व्यापारीले खरिद गरी बिक्रीका लागि बजार झारेको कृषि तथा पशु विकास प्रमुख डा अर्यालले बताए । मुस्ताङ र डोल्पाबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा एक जिल्लाबाट अर्को जिल्लामा लैजान सम्बन्धित पशु चिकित्सकबाट निरोगिता भएको पुष्टि हुनुपर्छ । कार्यालय प्रमुख डा अर्यालले तिहारका लागि बेँसी झारिएका भेडाच्याङ्ग्राको भेटेनरी परीक्षण गरेको उल्लेख गरे । यसअघि दसैँ पर्वलाई लक्षित गरी मुस्ताङबाट करिब १५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा बाहिरिएका थिए । जसमध्ये ५०० बढी भेडाच्याङ्ग्रा तिब्बतबाट खरिद गरी कोरलानाका हुँदै नेपाल भित्र्याइएको थियो । यसवर्षको दसैँमा कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट पैदल खेदाएर जोमसोम ल्याइएको थियो । कार्यालय प्रमुख डा अर्यालले दसैँ पर्वभन्दा तिहारका लागि १० प्रतिशत मात्रै भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झरेको जानकारी दिए । बेँसीका लागि जिल्ला बाहिर र जिल्लाभित्रका स्थानीय ब्यापारीले बिक्रीका लागि पोखरा काठमाडौँ पुर्‍याएकामा तिहारका लागि भने जोमसोम झरेका भेडाच्याङ्ग्रा जिल्ला बाहिरबाट आएका ब्यापारीले पोखरा/काठमाडौँतर्फ लगेको प्रमुख डा अर्यालको भनाइ छ । यस वर्ष दसै पर्व लक्षित गरी बजार झारिएका भेडाच्याङ्ग्राबाट व्यापारीले राम्रो फाइदा कमाएका छन् । मुस्ताङबाट कम च्याङ्ग्रा झरेको र दसैँमा हिमाली क्षेत्रको चिसो हावापानीमा हुर्काइएको भेडाच्याङ्ग्राको मासु खाने संस्कृति चलेकाले दशैमा भेडाच्याङ्ग्रा व्यापार फस्टाएको हो । मुस्ताङका कृषकले पुख्यौली व्यवसायका रुपमा भेडाच्याङ्ग्रा र याकचौरी पालन व्यावसायिक रुपमा पछ्याउँदै आइरहेका छन् । हिमाली क्षेत्रमा पशुपालक व्यवसाय प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय निकायबाट विभिन्न शीर्षकमा अनुदान कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालन गर्नेको सङ्ख्या वृद्धि हुँदै जान थालेको हो । तीन तहका सरकारबाट पशु बिमा, गोठ सुधार, आहार व्यवस्थापनलगायतमा अनुदान सहुलियतको ब्यवस्था गर्न थालेपछि पशुपालनतर्फ कृषकको आकर्षण बढ्दो रहेको कार्यालय प्रमुख डा अर्यालले बताए । उच्च हिमाली क्षेत्रको चिसो हावापानीमा पालन गरिएको भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने गर्छ । उच्चलेकका खर्क, पाटन र बुकीमा भेडाच्याङ्ग्राले यार्सागुम्बा, निरमसी, जटामसी, पाँचऔले, वनलसुन र जिम्बुलगायतका वन्य जटीबुटी सेवन गर्ने भएकाले भेडाच्याङ्ग्राको मासु स्वादिलो र स्वास्थ्यवद्र्धक मानिने गर्छ । मुस्ताङको घरपझोङ, वारागुङ, लोघेकर र लोमान्थाङ गाउँपालिकाका कृषकले व्यावसायिक रुपमा भेडाच्याङ्ग्रा पालन गर्दैआइरहेका छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा अनाधिकृत घाँस पलाउने, पानीका मुहान सुक्दै जाने र हिमचितुवालगायतका वन्यजन्तुको जोखिमका कारण पशुपालन व्यवसाय चुनौती बन्दै गएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाडी पूजा गरेर मन्त्रालयबाट बाहिरिए आईजीपी केसी
Latest NewsJust now

गाडी पूजा गरेर मन्त्रालयबाट बाहिरिए आईजीपी केसी

• नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले १८ कात्तिकमा गृह मन्त्रालयबाट बाहिरिएका छन्। • उनले चढ्ने गाडीको पूजा गरेर नरिवल फोडेर मन्त्रालयबाट बाहिरिएका हुन्। • यो घटनाको तस्बिर नेपाल फोटो लाइब्रेरीमा उपलब्ध छ। ...

नेपालबहस
प्रहरीमा संगठनमा ‘सत्ताको बुट’
Latest NewsJust now

प्रहरीमा संगठनमा ‘सत्ताको बुट’

काठमाडौँ। सरकारले बुधबार नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय गर्‍यो। मन्त्रिपरिषद बैठकले कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय गर्दै पदबाट हटाएको हो। कार्कीलाई हटाएसँगै अपराध अनुसन्धान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय छ। पदावधि पूरा नहुँदै प्रहरी प्रमुख फेरिनु र त्यसको पृष्ठभूमिमा सरकार तथा प्रहरी नेतृत्वबीचको ...

नेपालन्युज
कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गर
Latest NewsJust now

कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारलाई भय र भ्रमको शासन बन्द गर्न चेतावनी दिएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रतिपक्षको प्रश्न र आवाजलाई दबाबमा राख्ने सोच र षडयन्त्रका साथ कांग्रेसविरुद्ध भ्रम सिर्जना गरिएको बताए। कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनलाई प्रचलित कानुन बमोजिम निर्वाचन आयोगबाट अद्यावधिक भइ सर्वोच्च अदालतबाट सम... ...

नेपालखबर
नवनियुक्त आईजीपी केसी भन्छन्- ‘प्रहरी देख्दा नागरिकले डर होइन, भरोसा महसुस गरून्’
Latest NewsJust now

नवनियुक्त आईजीपी केसी भन्छन्- ‘प्रहरी देख्दा नागरिकले डर होइन, भरोसा महसुस गरून्’

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नेपाल प्रहरीलाई नागरिकले डर होइन, भरोसाका रूपमा महसुस गर्ने संगठन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। गृहमन्त्री सुधन गुरुङबाट दर्ज्यानी चिह्न ग्रहण गरेपछि सम्बोधन गर्दै उनले प्रहरीको दर्ज्यानी चिह्न एउटा फुली मात्र नभई नेपाल राज्य, नेपाली जनता र सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल प्रहरीले राखेको भरोसाको प्रतीक भएको बताए। उनले निवर्तमान प्रहरी महानिरीक्षकसहित ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play