Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तातोपानी नाका तीन दिनका लागि खुल्यो, नियमित सञ्चालन गर्न व्यवसायीको माग

तातोपानी नाका तीन दिनका लागि खुल्यो, नियमित सञ्चालन गर्न व्यवसायीको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
तातोपानी नाका तीन दिनका लागि खुल्यो, नियमित सञ्चालन गर्न व्यवसायीको माग

काठमाडौं। सिन्धुपाल्चोकस्थित तातोपानी नाका तीन दिनका लागि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कात्तिक १ देखि ३ गतेसम्मका लागि नाका खुला गरिएको हो। यो अवधिमा मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ। दशैं र तिहारजस्ता चाडपर्वका लागि सामान आयात गर्नुपर्ने बेला नाका बन्द हुँदा व्यापार प्रभावित भएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघले नाका तत्काल र नियमित रूपमा सञ्चालन गर्न माग गरेको छ। संघका महासचिव रामचन्द्र पराजुलीले नियमित सञ्चालनका लागि नेपालस्थित चिनियाँ दूतावासमा ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए। पराजुलीले भने, ‘तीन दिनमात्र होइन, नियमित सञ्चालनका लागि माग राखेका छौँ।’ नाका बन्द हुँदा चीनबाट सामान ल्याउन प्रतीक्षामा रहेका कन्टेनर दुवैतर्फ रोकिएका छन्। यसले व्यापारीलाई आर्थिक क्षति पुर्‍याउनुका साथै नेपाली बजारमा वस्तुको अभाव हुने जोखिम बढेको छ। संघका अनुसार सीमामा रोकिएका सामानमध्ये नाशवान् वस्तु र कृषि उत्पादनसमेत रहेकाले ती बिग्रने डर छ। पराजुलीका अनुसार सडक निकाय र स्थानीय सरोकारवालाले अवरोध हटाएर सुरक्षित आवागमन पुनःस्थापना गरिसकेका छन्। भन्सार जाँचपास र सवारीसाधन आवतजावतका लागि सडक सञ्चालनयोग्य रहेको उनको भनाइ छ। चिनियाँ पक्षले भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीपछि भदौ १५ देखि नाका पूर्ण रूपमा बन्द गरेको थियो। तीन दिनको खुलावटले मात्र आपूर्ति व्यवस्थापनको चुनौती समाधान नहुने व्यवसायीको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दशैं मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
ताजा खबरJust now

दशैं मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए

• बडादशैंको अवसरमा काठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ। • घटस्थापनादेखि असोज ३१ गतेसम्म चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन्। • यात्रुहरूको चाप नयाँ बसपार्क, माछापोखरी, र अन्य प्रमुख नाकामा देखिएको छ। ...

नेपालबहस
कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
ताजा खबरJust now

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

ललितपुर । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार (कात्तिक १ गते) प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको जानकारी दिनुभएको हो । नेपाली कांग्रेसले संस्थापक नेता बीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई विशेष परिस्थितिबाहेक ...

हिमालय टाइम्स
फ्रान्समा पसलबाट आईफोन लुटिए, प्रहरीलाई लखेटियो (तस्बिरहरू)
ताजा खबरJust now

फ्रान्समा पसलबाट आईफोन लुटिए, प्रहरीलाई लखेटियो (तस्बिरहरू)

पेरिस– फ्रान्समा शनिबार ‘यलो भेस्ट’ आन्दोलनका क्रममा सडकमा भएको झडप, लुटपाट र तोडफोडका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन्। महँगीविरुद्ध फ्रान्समा शनिबार ८ लाख मानिस सडकमा उत्रिएका थिए। केही ठाउँमा प्रदर्शनकारीले प्रहरीका गाडीमा ढुङ्गा हानेर प्रहरीलाई लखेटिरहेको देखिएको छ। केही स्थानमा एप्पल स्टोरबाट आईफोनसमेत लुटिए। लिमोज सहरमा प्रदर्शनकारीले १४३ वर्ष पुरानो टाउन हलमा आगो लगाए। […] ...

काठमाण्डुपाटी
शारदीय नवरात्र : गरियो महागौरीको पूजा
ताजा खबरJust now

शारदीय नवरात्र : गरियो महागौरीको पूजा

काठमाडौं।शारदीय नवरात्रको आठौं दिन दशैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौं महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौं दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रको दोस्रो दिन सोमबार ब्रह्मचारिणी, तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा, ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play