Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

Share:WhatsAppFacebookX (Twitter)Telegram
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छिन् आइतबार ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन् । उनले प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान हुने र त्यसपछि निर्माणको काम अघि बढ्ने बताइन् । “ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योल अब राख्नुपर्दैन । यो आयोजना सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको छ”, मन्त्री मेहताले भनिन् । उनले निर्माणस्थलको निरीक्षणबाट आवश्यक तयारी उपयुक्त देखिएको उल्लेख गर्दै छिट्टै शिलान्यास हुने विश्वास व्यक्त गरिन् । स्थानीयवासीले लामो समयदेखि ट्रमा सेन्टर निर्माणको आश्वासन पाउँदै आए पनि काम सुरु नभएकाले आयोजना कार्यान्वयनप्रति आशङ्का व्यक्त गर्दै आएका छन् । निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले भवन निर्माणको काम सुरु भएपछि मात्रै स्थानीयवासी विश्वस्त हुने बताए । उनले आश्वासनभन्दा निर्माण कार्यको सुरुआत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै शिलान्यासको प्रक्रिया छिटो अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराए । “ट्रमा सेन्टरका नाममा यहाँका नागरिक लामो समयदेखि आश्वासन पाउँदै आएका छन् । अब आश्वासनले मात्र चित्त बुझाउने अवस्था छैन । भवन निर्माण सुरु भएपछि मात्रै विश्वास जाग्छ”, उनले भने । निरीक्षणमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु, ५ बेपत्ता
ताजा खबरJust now

सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु, ५ बेपत्ता

काठमाडौं । सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीमा दिउँसो करिब २ बजे दुर्घटना भएको हो । भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोटमा १४ जना सवार थिए । दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली परिचालन गरिएको छ । बेपत्ताको खोजी तथा ...

कर्पोरट खबर
उदयपुरमा स्कुटरको ठक्करबाट ५२ वर्षीय पैदलयात्रीको मृत्यु
ताजा खबरJust now

उदयपुरमा स्कुटरको ठक्करबाट ५२ वर्षीय पैदलयात्रीको मृत्यु

उदयपुर । उदयपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–११ संगम टोलस्थित सडकमा इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ठाउँका ५२ वर्षीय रामबहादुर कार्की रहेका छन्। स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। दुर्घटनापछि ...

केन्द्रबिन्दु
दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो
ताजा खबरJust now

दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो

• ताप्लेजुङको पाथीभरामा आइतबार २,३५५ जना भक्तजनले दर्शन गरेका छन्, जुन शनिबारको ४,३०९ जनाको तुलनामा घटेको हो। • पाथीभरा दर्शनको संख्या दशैंको नवरात्रि यता सबैभन्दा बढी रहेको छ, भक्तजन नेपालका विभिन्न जिल्लासँगै भारतका सिक्किम र दार्जिलिङबाट पनि आएका छन्। • पाथीभरा पुग्नका लागि काफ्ले पाटीबाट पाँच किलोमिटरको उकालो पदमार्ग प्रयोग गर्न सकिन्छ, जहाँ सहयोगीहरूको व्यवस्था पनि गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play