सुर्खेत। जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर भागेका ८ जना कैदीमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरीले भागेका ८ जनामध्ये रुकुम पश्चिमको आठविसकोट नगरपालिका-१० का ३२ बर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका-५ का २८ बर्षीय रेशम रानालाई पक्राउ गरेको हो। उनीहरु दुवै जनामाथि जबर्जस्ती करणी मुद्दा चलिरहेको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिहं राठौरका अनुसार नेपाली सेनाको चौरजहारी बेसक्याम्प र प्रहरी चौकी गोतामकोटको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु बोलेरो जिपमा यात्रा गरिरहेका बेला फेला परेका हुन् । भागेकामध्ये ६ जनाको खोजी कार्य जारी रहेको उनले जानकारी दिए । कात्तिक १४ गते राति डोल्पा कारागारबाट ४ मिटर सुरुङ खनेर ८ जना कैदी भागेका थिए । कारागारमा रहेका १७ जनामध्ये ८ जनाले आफू सुत्ने कोठाबाट पेरिमिटर वालसम्म भित्रभित्रै सुरुङ खनेका थिए ।
डोल्पा कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






