Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

डाटा सेन्टरको वातावरणीय असरबारे चिन्ता जनाउँदै पनि एआई प्रयोग गर्दै वातावरण संरक्षण गर्ने संस्था

Share:WhatsAppFacebookX (Twitter)Telegram
डाटा सेन्टरको वातावरणीय असरबारे चिन्ता जनाउँदै पनि एआई प्रयोग गर्दै वातावरण संरक्षण गर्ने संस्था
Photo / Coverage: टेक्नोलोजी खबर

विश्वभरका वातावरण संरक्षणसम्बन्धी संस्थाहरूले जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्क विश्लेषण गर्न, वन डढेलोको निगरानी गर्न र लोपोन्मुख वन्यजन्तुको गणना गर्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न थालेका छन्। तर यही प्रविधिका कारण विद्युत् खपत, पानीको प्रयोग र हरितगृह ग्यास उत्सर्जन बढिरहेको भन्दै उनीहरूले चिन्तासमेत व्यक्त गर्दै आएका छन्। एआईको प्रयोगले वातावरणमा नकारात्मक असर पार्न सक्ने भए पनि जलवायु परिवर्तन र जैविक विविधताको संकट सामना गर्न यसले सहयोग पुर्‍याउने भएकाले वातावरण संरक्षणमा सक्रिय संस्थाहरू यसको प्रयोगबाट पछि हट्न सकेका छैनन्। अमेरिकाको गैरनाफामूलक संस्था कन्जर्भेसन इन्टरनेसनलकी एआई प्रमुख अली स्वानसनले एआई प्रयोग गर्दा वातावरणीय लागतलाई ध्यान दिनुपर्ने बताएकी छन्। उनका अनुसार जलवायु परिवर्तन र जैविक विविधतासम्बन्धी संकट गम्भीर बन्दै गएको अवस्थामा एआईले छिटो काम गर्न र संकलित सूचनाको प्रभावकारी उपयोग गर्न सहयोग पुर्‍याउन सक्छ। उनको संस्थाले हालै कम्बोडियाका दुर्गम तथा वातावरणीय दृष्टिले संवेदनशील क्षेत्रमा वन डढेलोको सम्भावित जोखिम पहिचान गर्न एआई प्रयोग गर्न थालेको छ। यसका लागि भूउपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषण गरी सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गरिन्छ। त्यसपछि स्थानीय वन गस्ती टोलीलाई तत्काल सूचना पठाइन्छ। रोयटर्सले वातावरण संरक्षण, वन्यजन्तु संरक्षण र विकासका क्षेत्रमा काम गर्ने १५ वटा ठूला संस्थासँग एआई प्रयोगबारे कुराकानी गरेको थियो। ती सबै संस्थाले कुनै न कुनै रूपमा एआई प्रयोग गरिरहेको बताएका छन्। तर एआई सञ्चालनका लागि आवश्यक डाटा सेन्टरले वातावरणमा पार्ने असरप्रति उनीहरूले चिन्ता व्यक्त गरेका छन्। सर्भरहरू राखिएका डाटा सेन्टर सञ्चालन गर्न ठूलो मात्रामा विद्युत् आवश्यक पर्छ। त्यस्तै, सर्भर चिसो राख्न प्रशस्त पानीसमेत प्रयोग हुन्छ। यसले ऊर्जा खपत र पानीको माग बढाउनुका साथै हरितगृह ग्यास उत्सर्जनमा पनि योगदान पुर्‍याउँछ। एआईको फाइदा र जोखिमबीच सन्तुलन कायम गर्ने चुनौती अहिले व्यक्ति, सरकार र उद्योग सबैका लागि विश्वव्यापी समस्या बनेको छ। यस विषयले यसै महिना टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा पनि महत्त्व पाउने अपेक्षा गरिएको छ। सम्मेलनको आयोजक टर्कीले सरकार, व्यवसाय तथा अन्य संस्थालाई एआईको विकास र प्रयोग वातावरणमैत्री बनाउने सिद्धान्त समेटिएको प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न आह्वान गर्ने तयारी गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि ठूला एआई कम्पनीहरूलाई आफ्ना प्रणालीले वातावरणमा पार्ने असर सार्वजनिक गर्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघीय विश्वविद्यालयको पानी, वातावरण तथा स्वास्थ्य संस्थानका अनुसन्धानकर्ताहरूका अनुसार सन् २०३० सम्ममा विश्वभरका डाटा सेन्टरले ओगट्ने क्षेत्रफल दोब्बरभन्दा बढी हुन सक्छ। यो क्षेत्रफल इन्डोनेसियाको विशाल सहर जकार्ताको क्षेत्रफलभन्दा झन्डै दोब्बर हुने अनुमान छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सन् २०३० सम्ममा विश्वभरका डेटा सेन्टरले वार्षिक करिब ९४५ टेरावाट आवर विद्युत् खपत गर्नेछन्। यसबाट ३० करोड मेट्रिक टनभन्दा बढी कार्बनडाइअक्साइड उत्सर्जन हुने अनुमान छ। यो अहिलेको खपतको दोब्बर र जापानले एक वर्षमा प्रयोग गर्ने कुल विद्युत् बराबर हो। त्यस्तै, विश्वभरका डाटा सेन्टरमा पानीको खपत सन् २०२३ को वार्षिक ५६० अर्ब लिटरबाट बढेर सन् २०३० सम्ममा १ हजार २०० अर्ब लिटर पुग्ने अनुमान गरिएको छ। माइक्रोसफ्ट, अमेजन र गुगलजस्ता ठूला प्रविधि कम्पनीले पनि डाटा सेन्टर विस्तारका कारण आफ्नो कार्बन उत्सर्जन बढिरहेको विवरण सार्वजनिक गरेका छन्। यसले उनीहरूले आफ्नै दीर्घकालीन जलवायु लक्ष्य पूरा गर्न सक्ने विषयमा प्रश्न उठाएको छ। अमेजनले भने कम कार्बन उत्सर्जन गर्ने ऊर्जाको प्रयोग र विद्युत् तथा पानीको प्रभावकारी व्यवस्थापनका कारण आफ्ना एआई उत्पादनलाई दिगो प्रविधिमध्ये एक बनाएको दाबी गरेको छ। यस विषयमा प्रतिक्रिया माग्दा माइक्रोसफ्ट र गुगलले भने रोयटर्सलाई कुनै जवाफ दिएका छैनन्। The post डाटा सेन्टरको वातावरणीय असरबारे चिन्ता जनाउँदै पनि एआई प्रयोग गर्दै वातावरण संरक्षण गर्ने संस्था appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडियाका सीईओदेखि उन्नत चिपसम्म चीनमाथि जासुसीको आशंका, अमेरिकी अनुसन्धानमा नयाँ खुलासा
TechnologyJust now

एनभिडियाका सीईओदेखि उन्नत चिपसम्म चीनमाथि जासुसीको आशंका, अमेरिकी अनुसन्धानमा नयाँ खुलासा

काठमाडौं । अमेरिकी गुप्तचर निकायको एक गोप्य प्रतिवेदनमा विश्वप्रसिद्ध चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङमाथि चीनले निगरानी गरिरहेको दाबी गरिएको छ । प्रतिवेदनअनुसार सिंगापुरमा मुख्यालय रहेको प्रविधि कम्पनी मेगास्पिडकी कार्यकारी अधिकारी एलिस हुआङलाई जेन्सेनमाथि जासुसी गर्न चीनले परिचालन गरेको आशंका गरिएको छ ।विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका विवरणअनुसार चीनको राज्य सुरक्षा मन्त्रालयले एलिसलाई जेन्सेनको गतिविधिबारे सूचना संकलन ...

आइसिटी समाचार
ओपनएआईले जुटायो ११ अर्ब डलरको नयाँ लगानी, कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर
TechnologyJust now

ओपनएआईले जुटायो ११ अर्ब डलरको नयाँ लगानी, कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा अग्रणी कम्पनी ओपनएआईले ११ अर्ब अमेरिकी डलरको नयाँ लगानी जुटाएको छ । कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर कायम गरिएको यस लगानी चरणको यो पहिलो हिस्सा भएको यस विषयमा जानकार एक स्रोतले शुक्रबार जानकारी दिएको छ ।ओपनएआईले सुरुमा ३० अर्ब डलरसम्म लगानी जुटाउने लक्ष्य राखेको थियो । हाल प्राप्त ११ अर्ब डलर उक्त लक्ष्यको एक ...

आइसिटी समाचार
साइबर अपराधीको निशानामा बैंक र ग्राहक : चाडपर्वमा कसरी जोगिने ?
TechnologyJust now

साइबर अपराधीको निशानामा बैंक र ग्राहक : चाडपर्वमा कसरी जोगिने ?

काठमाडौं । नेपालमा चाडपर्वको समय नजिकिँदै गर्दा डिजिटल भुक्तानी र अनलाइन कारोबारमा तीव्र वृद्धि हुने गरेको छ । तर, यही अवसरको फाइदा उठाउँदै साइबर अपराधीहरूले आफ्ना गतिविधि बढाउने जोखिम पनि उत्तिकै रहन्छ ।यसै सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCERT) ले साईबर सेक्यूरिटी एडभाईजरी २०२६ जारी गर्दै बैंकिङ क्षेत्र, भुक्तानी सेवा प्रदायक र आम उपभोक्ताहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको ...

आइसिटी समाचार
लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ बानेश्वरस्थित एटिएम बन्द, सेवाग्राही मर्कामा
TechnologyJust now

लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ बानेश्वरस्थित एटिएम बन्द, सेवाग्राही मर्कामा

२३ कात्तिक, काठमाडौं। हिन्दुहरुको महान पर्व तिहारअन्तर्गत लक्ष्मीपूजाको दिन स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ बानेश्वरस्थित एटिएम सञ्चालन नहुँदा सेवाग्राहीहरु समस्यामा परेका छन्। लक्ष्मीपूजाको दिन नगद तथा धनमाललाई देवी लक्ष्मीको प्रतीकका रुपमा पूजा गर्ने परम्परा रहे तापनि एटिएम सेवा अवरुद्ध हुँदा आवश्यक नगद जोहो गर्न गएका ग्राहकहरु मर्कामा परेका हुन्। लक्ष्मीपूजाको दिन आइतबार दिउँसो करिब ४ बजे […] The post लक्ष्मीपूजाकै दिन ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play