Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

बलिवुड चलचित्र ‘रामायण’ ले चार दिनमा कमायो पाँच सय करोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
बलिवुड चलचित्र ‘रामायण’ ले चार दिनमा कमायो पाँच सय करोड
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । रणवीर कपुर अभिनीत बलिवुड फिल्म ‘रामायण’ ले प्रदर्शनको शानदार कमाई जारी राखेको छ । नोभेम्बर ५ मा प्रदर्शनमा आएको फिल्मले घरेलु बक्स अफिसमा पहिलो चार दिनमा विश्वभरबाट पाँच सय करोड भन्दा बढी कमाई गरेको छ । फिल्मले चार दिनमा घरेलु बक्स अफिसमा २३८.८५ करोड कमाई गरेको छ भने भारत बाहिर २२२ करोड कमाई गरेको साकनिल्कले उल्लेख गरेको छ । फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ६४.८५ करोड भारु कमाएकोमा दोस्रो दिन ४८.५ करोड भारु, तेस्रो दिन ६९.८० करोड र चौथो दिन ५६.१५ करोड कमाएको छ । फिल्मले चार दिनभर विश्वभरबाट ५०७.२ करोड कमाई गरेको छ । मिडिया रिपोर्टका अनुसार फिल्मका दुवै भाग निर्माण गर्न करिब ४ हजार करोड भारु खर्च हुँदैछ । यो बजेटसँगै फिल्म विश्वकै महँगा चलचित्रमध्ये एक बनेको छ । फिल्मले दिपावलीको फाइदा उठाएर कमाई नबढेमा फिल्म बक्स अफिसमा फ्लप हुनसक्ने अड्कलबाजी शुरु भएको छ । पहिलो भागका लागि नै २ हजार करोड भन्दा बढी खर्च भएको भनिएको यो फिल्म फ्लप भएमा दोस्रो भाग बन्ने विषय अनिश्चित हुने समेत बताइएको छ । नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सनी देओल, रवि दुबे, अनुपम खेरलगायत कलाकारको अभिनय रहेको छ । फिल्मले हाल प्रदर्शनरत रजनीकान्तको ‘जेलर २’ र आयुष्मान खुराना तथा सारा अली खान अभिनीत ‘उड्ता तीर’सँग बक्स अफिसमा प्रतिस्पर्धा गरिरहेको छ । ‘जेलर २’ ले विश्वभर ८०० करोड भारुभन्दा बढी कमाइसकेको समाचारमा उल्लेख छ । The post बलिवुड चलचित्र ‘रामायण’ ले चार दिनमा कमायो पाँच सय करोड appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अनुमतिविना सेनाको मुख्यालय र हवाई मार्गमा ड्रोन उडाइयो, ड्रोन संघको आपत्ति
Latest NewsJust now

अनुमतिविना सेनाको मुख्यालय र हवाई मार्गमा ड्रोन उडाइयो, ड्रोन संघको आपत्ति

काठमाडौं । नेपाल मानव रहित विमान (ड्रोन) संघ ले तिहारको लक्ष्मीपूजाको रात काठमाडौंका विभिन्न संवेदनशील क्षेत्र र हवाई मार्गमा अनुमतिविना जथाभावी ड्रोन उडाइएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले... ...

रातोपाटी
कर्णाली र पोखरालाई जित्नैपर्ने दबाब, काठमाण्डु र चितवनको भिडन्तले शीर्ष चारको समीकरण बदल्न सक्ने (भिडियो)
Latest NewsJust now

कर्णाली र पोखरालाई जित्नैपर्ने दबाब, काठमाण्डु र चितवनको भिडन्तले शीर्ष चारको समीकरण बदल्न सक्ने (भिडियो)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा... ...

रातोपाटी
त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती
Latest NewsJust now

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

काठमाडौँ , कात्तिक २३ गते । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा माल्यार्पण गरिएको छ ।निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्र... ...

गोरखापत्र
बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु
Latest NewsJust now

बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु

दैलेख।दैलेखमा बिरामी बोकेर सुर्खेत जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय रने सार्की रहेका छन्। उनको उपचारका क्रममा बिहान ८ः५६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार बिहान ५ः३० बजे कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेत लैजाँदै गरेको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play