Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु
Photo / Coverage: नेपालन्युज

दैलेख।दैलेखमा बिरामी बोकेर सुर्खेत जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय रने सार्की रहेका छन्। उनको उपचारका क्रममा बिहान ८ः५६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार बिहान ५ः३० बजे कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेत लैजाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जीप गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनामा जीप चालक २२ वर्षीय योगेश सिंखडासहित गंग सार्की, तपेन्द्र सिंखडा, जादुकाल सार्की र कैसी सार्की गम्भीर घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच
Latest NewsJust now

पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

अर्घाखाँची । नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ । परम्परागत बाजाको गुञ्जन, आकर्षक भेषभूषा, सात तालको विशिष्ट लय... ...

रातोपाटी
१२ करोड नाघ्यो दयाहाङको फिल्म ‘कबड्डी ५’को कमाइ
Latest NewsJust now

१२ करोड नाघ्यो दयाहाङको फिल्म ‘कबड्डी ५’को कमाइ

दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’को व्यापार १२ करोड नाघेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार यस फिल्मले १२ करोड ३९ लाख ९२ हजार २४५ ग्रस कलेक्सज गरेको हो। कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्मका १७ दिनको अवधिभर ४ लाख ५ हजार ८६४ टिकट बिक्री भइसकेका छन्। दसैँको अवसरमा ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play