Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

Share:WhatsAppFacebookX (Twitter)Telegram
जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन् । कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दसैँ मनाउन पाएका हुँदैनन् । स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरु यसरी बडादसैँको टीका थाप्नबाट बञ्चित हुन्छन् । अरुको दसैँलाई सहज र सुरक्षित बनाई टीका लगाउन दिनका लागि सुरक्षा निकायमा खटिने टीका लगाउनबाट बञ्चित हुन्छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल नब्बे प्रतिशत हाराहारी प्रहरी सेवामा रहेका घरमा गएर टीका थाप्नका लागि घर जान नपाउने बताउँछन्। उनले भने, ‘सर्वसाधारणले सुरक्षित रुपमा चाडपर्व मनाउन् भनेर हामी परिवारसँग टीका लगाउन पाउँदैनौं । यो कतिबर्ष भन्ने होइन कि कैयौँ बर्षसम्म पनि यस्तै हुने गरेको छ।’ संवेदनशील जिल्लाहरुमा अन्यत्रबाट थप सुरक्षाकर्मी पठाएर सुरक्षा दिइने गरेको पनि उनले बताए। जिम्मेवारी लिएकाले विदा पाउँदैनन्। अन्यले मिलाएर न्यूनतम सङ्ख्या मात्रै परिवारसँग दसैँ मनाउने उनले जानकारी दिए। यस्तै नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानमा कार्यरत पनि यो पर्वमा परिवारसँग सबैले दसैँ मनाउन पाउँदैनन्। त्यसो त निजी क्षेत्रमा काम गर्ने सुरक्षा गार्डहरुले पनि विदा नपाउने गरेको गढी सेक्युरिटीका सञ्चालक अश्विन गोले बताउँछन्। चाडपर्वको समयमा कतिपय उद्योग व्यवसाय बन्द हुने हुँदा सुरक्षाको जिम्मेवारी सुरक्षा गार्डको हुने भएको विदा नपाउने उनको भनाइ छ। उनले भने, ‘चाडपर्वमा सुरक्षा दिन थप जनशक्ति माग हुने गर्दछ।’ भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगाले ३० प्रतिशत चिकित्सक, नर्स र स्वास्थ्यकर्मी अस्पतालमा नै रहने भएकाले उनीहरुले परिवारसँग दसैँको टीका थाप्न नपाउने बताउँछन्। बहिरङ्ग सेवा बाहेक आकस्मिक र अन्तरङ्ग सेवा सुचारु हुने भएकाले चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाईकर्मी विदा बस्न नपाउने उनको भनाइ छ। उनीहरूले दसैँ र तिहार पालो मिलाएर विदा लिने गर्दछन्। बगालेले भने, ‘जुनसुकै बेला सेवा दिनु पर्ने भएकाले तयारी अवस्थामा हुनुपर्छ।’ पर्वको समयमा अधिकांश समय नर्सिङ कर्मचारीले समय दिने गर्दछन्। नेपाल नर्सिङ सङ्घ चितवनका अध्यक्ष विष्णु अधिकारी ५० प्रतिशत नर्सले विदा लिएर बस्न नपाउने बताउँछिन्। ‘दसैँ र तिहारमध्ये आलो पालो गरेर विदा मिलाइन्छ’ जसका कारण ५० प्रतिशत नर्सले दसैँमा परिवारसँग टीका थाप्न नपाउने उनको भनाइ छ। विदेशमा ठूलो सङ्ख्यामा नेपाली छन्। उनीहरुमध्ये अधिकांशले परिवारसँग बसेर टीका लगाउन पाउँदैनन्। कतिपयले एकाघरको परिवारलाई उतै बोलाउँछन् भने कतिपयले विदा मिलाएर दसैँमा नेपाल आउने गर्दछन्। चार वर्षपछि बुबा आमाको हातबाट टीका लगाउन चितवनको रत्ननगर आइपुग्नु भएका विष्णु पौडेल पर्वमा परिवारसँग बस्न पाउनु निकै खुसीको कुरा हुने बताउँछिन्। उनले भनिन्, ‘विदेशमा रहनेले परिवारसँग कमैले मात्र पर्व मनाउन पाउँछन्।’ यस्तै अन्य क्षेत्रमा पेशा गर्नेहरु पनि टीका लगाउनबाट बञ्चित हुन्छन्। सञ्चार क्षेत्र, यातायत, सरसफाई, हस्पिटालिटी क्षेत्रमा काम गर्ने पनि सबैले परिवारसँगै बसेर टीका थाप्न पाउँदैनन्। आलो पालो गरेर उनीहरुले काम गर्छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण
ताजा खबरJust now

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

काठमाडाैँ। अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट आएकी एक महिलामा सङ्क्रमण पुष्टि भएको छ भने केन्यामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार,... ...

रातोपाटी
‘सडकहरू खाली भएर के भयो त ? मनहरू यसैगरी भरिइरहुन्, टीका र जमराको रङ्ग कहिल्यै नखुइलियोस्’ (फोटो फिचर)
ताजा खबरJust now

‘सडकहरू खाली भएर के भयो त ? मनहरू यसैगरी भरिइरहुन्, टीका र जमराको रङ्ग कहिल्यै नखुइलियोस्’ (फोटो फिचर)

काठमाडौं । बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएसँगै काठमाडौं उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनादेखि सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकमा टीका र आशीर्वाद थाप्न आफन्तकहाँ जानेहरूको आवागमन दिउँसोदेखि बाक्लिएको हो। विजयादशमीका दिन बिहान घरघरमा कुलदेवताको पूजाआराधना गरी टीका लगाएपछि सर्वसाधारण नजिकका नातागोता तथा आफन्तकहाँ पुग्ने गरेका छन्। यसले बिहानको ...

हिमालय टाइम्स
क्यासिनोबाट पाँच जना पक्राउ
ताजा खबरJust now

क्यासिनोबाट पाँच जना पक्राउ

पर्सा।क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। बारा जिल्ला पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का सुवासकुमार र परवानीपुर ...

नेपालन्युज
बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
ताजा खबरJust now

बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

• बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका परिवारहरू यस वर्षको दशैंमा खुसी मनाउन सकेका छैनन्, किनभने भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएको छ। • बाढीले प्रभावित परिवारका सदस्यहरू दशैंको टीका र आशीर्वादको परम्परामा भाग लिन असमर्थ छन्, जसले गर्दा उनीहरूको मनमा शोक र पीडा छ। • बर्दियामा ७६ जना बेपत्ता भएका छन्, र ती परिवारहरू आफन्तको पर्खाइमा छन्, जसले गर्दा चाडपर्वको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play