क्यासिनोबाट पाँच जना पक्राउ

पर्सा।क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। बारा जिल्ला पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का सुवासकुमार र परवानीपुर गाउँपालिका–५ का सुनिल पटेल तथा रौतहट बौधीमाई नगरपालिका–९ का सुमेश्वरनाथ प्रसादलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो। जुवा खेल्ने–खेलाउने गरेको आरोपमा पक्राउ परेकाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः
भक्तपुर। भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरि मोहनी नःख मनाएका हुन्... ...

जथाभाबी खानपानले बिग्रेला है दाँत ?
दसैं हो भन्दैमा जे पायो त्यही खान हुँदैन । दाँतको स्वास्थ्य नबिग्रियोस् भन्नका लागि गुलिया परिकारको सेवन र मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । ...

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने पाँच जना पक्राउ
जुवा खेल्ने-खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ...

यमनमा हुथी विद्रोहीको निरन्तर आक्रमण, ताइजमा दुई किशोरीको मृत्यु
एसोसिएटेड प्रेसका अनुसार मंगलबार भएको उक्त आक्रमणमा दुई किशोरीको मृत्यु भएको छ । ...


