Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ३ । जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले पार्टी परित्याग गरेका जनप्रतिनिधिहरूको निर्वाचित पद रिक्त भएको निर्णय गर्दै यससम्बन्धी सूचना सार्वजनिक गरेको हो । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम सम्बन्धित जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ । आयोगका अनुसार जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी पार्टी त्याग गरेको भन्दै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको विवरण र निर्णयको प्रतिलिपिसहित आयोगलाई जानकारी गराएको थियो । पार्टीको केन्द्रीय समन्वय समितिको निर्णयसहित प्राप्त जानकारीका आधारमा आयोगले मंसिर २ गते ती जनप्रतिनिधिहरूको निर्वाचित पद स्वतः रिक्त भएको निर्णय गरेको हो । आयोगले सार्वजनिक गरेको विवरणअनुसार सिरहाका तीन, पर्साका दुई, खोटाङका आठ तथा भोजपुर, उदयपुर, इलाम र सुनसरीका एक–एक जना जनप्रतिनिधि पदमुक्त भएका छन् । पद रिक्त हुनेहरूमा सिरहाको लहान नगरपालिकाका उपप्रमुख राम चरित्र महतो, सखुवानान्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजयकुमार महतो रहनुभएको छ । त्यसैगरी, पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष संजयकुमार पटेलको पद पनि रिक्त भएको छ । खोटाङबाट जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका विभिन्न पदमा निर्वाचित ६ जना जनप्रतिनिधिको पद रिक्त भएको आयोगको विवरणमा उल्लेख छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट वडा नम्बर १० का वडाध्यक्ष मुगाधन राई, वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक तथा वडा सदस्यहरू रामधन राई र शहरमनी राईको पद रिक्त भएको छ । त्यस्तै, वीरेन्द्रकुमार दर्नालको नगर कार्यपालिका सदस्य पद पनि रिक्त भएको छ । यसैगरी, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष डालबहादुर गुरुङ तथा सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडिलाल कोडगियाको पदसमेत रिक्त भएको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीनमा ट्रम्प र पुटिनले मिलाए हात, साक्षी बने सी : आज तीन राष्ट्रपतिबीच त्रिपक्षीय वार्ता
PoliticsJust now

चीनमा ट्रम्प र पुटिनले मिलाए हात, साक्षी बने सी : आज तीन राष्ट्रपतिबीच त्रिपक्षीय वार्ता

चीनमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट भएको छ । बुधबार चीनको शेन्जेनमा आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा ट्रम्प र पुटिनले हात मिलाउँदै संक्षिप्त कुराकानी गरेका हुन् । तीन शक्तिशाली राष्ट्रका नेताहरू एकै ठाउँमा देखिएको यो दृश्यले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ । बिहीबार हुने अमेरिका, ...

फरकधार
जसपा त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रतिनिधिको पद रिक्त
PoliticsJust now

जसपा त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ । आयोगले आज बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै आयोगको मिति २०८३/०८/०२ को निर्णयअनुसार ती पदहरू स्वतः रिक्त भएको जनाएको हो । आयोगको सूचनामा वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनमा […] ...

लोकपथ
१८ जना जनप्रतिनिधिको पद रिक्त (नामसहित)
PoliticsJust now

१८ जना जनप्रतिनिधिको पद रिक्त (नामसहित)

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेका जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको सूचना प्रकाशित गरेको हो । आयोगले बिहीबार सूचना जारी गर्दै दल त्याग गरेका जिसस प्रमुख, उपप्रमुख, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यको निर्वाचित पद रिक्त भएको जनाएको हो । आयोगका अनुसार जसपा […] ...

काठमाण्डुपाटी
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
PoliticsJust now

चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो

कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारसँगै स्वदेशमै उत्पादित सेमिकन्डक्टर (अर्धचालक) को विश्वव्यापी माग बढेपछि दक्षिण कोरियाको सरकारी आर्थिक अनुसन्धान संस्थाले सन् २०२६ का लागि आर्थिक वृद्धिदरको प्रक्षेपण बढाएको छ । कोरिया डेभलपमेन्ट इन्स्टिच्युट (केडीआई) ले बुधबार सार्वजनिक गरेको नयाँ प्रक्षेपणअनुसार सन् २०२६ मा दक्षिण कोरियाको मुद्रास्फीति समायोजित वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ३.८ प्रतिशतले विस्तार हुनेछ । यो संस्थाले गत अगस्टमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play