काठमाडौं । सिद्धार्थ बैंंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो। जनकपुरका लागि आदित्य महताले सर्वाधिक ३० रन बनाए। उनले २४ बलमा ४ छक्का प्रहार गरे। ललित राजवंशी २ रनमा अविजित रहे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो। त्यसपछि जनकपुरले १५० रनको लक्ष्य पाएको थियो।
जनकपुरको चलेन ब्याटिङ, १६ रनले हराउँदै लुम्बिनी लायन्स विजयी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


_jngkj3r13m_7PHWnhfPpk.jpg)


