चीनका अर्बपतिमा एआइको प्रभाव, टिकटकका मालिक झाङ बने सबैभन्दा धनी

बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर एक हजार ५२९ पुगेको छ । अमेरिकी डलरमा आधारित गणनाअनुसार अर्बपतिको सङ्ख्या पनि १५५ ले बढेर एक हजार १७६ पुगेको छ । हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार...
Read Complete Original Article
Published originally on फरकधार
Related News

उत्तराखण्डमा कांग्रेसको उग्र प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा प्रहार
भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन सुरु भएकै दिन कांग्रेसले विधानसभा घेराउ गर्दै सरकारको आर्थिक तथा विकास नीतिमाथि प्रश्न उठाएको हो । मंगलबार उत्तराखण्डको गैरसैंणस्थित भरारीसैंणमा विधानसभा भवन घेराउ गर्न अघि बढेका कांग्रेस नेता तथा कार्यकर्तालाई प्रहरीले पानीको फोहोरा प्रयोग गरी तितरबितर पारेको भारतीय समाचार संस्था एएनआईले जनाएको ...

के कांग्रेसलाई ‘रि-ब्राण्डिङ’ गर्न खोज्दैछन् गगन ?
पोखरा- गत पुस मसान्तममा भएको दोस्रो विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले पार्टीलाई परिवर्तनको मार्गमा डोर्याउने प्रयत्न गरिरहेका छन् । आमसर्वसाधारणले नरुचाएका पुराना पुस्ताका नेताहरूको कार्यशैलीको निरन्तरता आफूहरूमा र पार्टी वृत्तमा नदेखियोस् भन्नेमा थापा सचेत देखिन्छन् । जुन उनका सार्वजनिक अभिव्यक्तिहरूले पुष्टि गरिरहेका छन्। समाजले खोजेको नेतृत्व र कांग्रेस कस्तो हो भन्नेबारेमा उनले […] ...

युद्धले थलिएको इजरायलमा चुनाव, नेतान्याहुको सत्ता जोगिएला कि ढल्ला ?
तीन वर्षदेखि जारी युद्ध र देशको भविष्यबारे बढ्दो मतभेदका बीच इजरायली मतदाताले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्न मतदान गर्दैछन् । सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ । नेतान्याहुले पूर्व सैन्य प्रमुख गदी आइसेनकोटसहित उनलाई सत्ताबाट हटाउन खोज्ने दलहरूको चुनौती सामना गरेका छन् । कुनै पनि ...
एनपिएल क्रिकेट : मलानद्वारा पहिलो अर्धशतक पूरा
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काए । जसमा ५ चौका र ३ छक्का सामेल छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म चितवनले १२ ओभरमा २ विकेट गुमाएर ...


