नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सका कप्तान हरमित सिंह काठमाडौंको पर्यटकीय स्थल चन्द्रागिरि पुगेका छन् । उनले चन्द्रागिरि केवलकार चढेर काठमाडौंको मनोरम दृश्य अवलोकन गरेका छन् । केवलकार यात्राका क्रममा हरमितले खिचेको सेल्फीसमेत सार्वजनिक भएको छ । एनपीएलका लागि नेपालमा रहेका विदेशी खेलाडीहरू प्रतियोगितासँगै यहाँका पर्यटकीय स्थलहरूको भ्रमणमा पनि रमाइरहेका छन् ।
चन्द्रागिरि केवलकार चढ्दै जनकपुरका कप्तान हरमित सिंह

Read Complete Original Article
Published originally on फरकधार






