Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्च अदालतका चार न्यायाधीशको नाम अनुमोदन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्च अदालतका चार न्यायाधीशको नाम अनुमोदन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले चारै जनाको नाम अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले बताए। ‘चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ,’ सपभाति श्रेष्ठले भने। सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन भएको हो। न्याय परिषद्ले गत असोज २ मा सर्वोच्चको न्यायाधीशका लागि उनीहरूको नाम सिफारिश गरेको थियो। बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन् भने अन्य तीनै जना उच्च अदालतका न्यायाधीश हुन्। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरिनेछ। त्यसपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। The post सर्वोच्च अदालतका चार न्यायाधीशको नाम अनुमोदन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित
Latest NewsJust now

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

काठमाडौँ । तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रचर्चा परिवारद्वारा प्रकाशित उक्त ग्रन्थ शनिबार मध्यपुर थिमि क्वालखुस्थित श्रीबालकुमारी मन्दिरमा अर्पण गरिएको हो । १७ अध्याय र २०५८ श्लोक समेटिएको ग्रन्थको अनुवाद प्रचलित नेपाल लिपिमा संरक्षित मूल संस्कृत पाठका आधारमा गरिएको हो । नेपाल लिपिमा उपलब्ध संस्कृत भाषाको तान्त्रिक वाङ्मयलाई ...

टक्सार
गृहमन्त्री गुरुङ बीचमै कार्यक्रम छाडेर हिँडेपछि…
Latest NewsJust now

गृहमन्त्री गुरुङ बीचमै कार्यक्रम छाडेर हिँडेपछि…

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिँडेका छन् । विभागले शनिबार काठमाडौंमा नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा वक्ताको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यक्रमकोबीचमै कार्यव्यस्तता देखाउँदै उठेर हिँडेका हुन् । कार्यक्रम जारी रहँदा गृहमन्त्री गुरुङ बाहिरिएपछि आयोजक अलमलमा परेको थियो । कार्यक्रमबाट बाहिरिएपछि बाहिर भने उनले आफ्नो निर्वाचन क्षेत्र गोरखाको विकासका बारे प्रतिक्रिया दिएका छन् । ...

केन्द्रबिन्दु
पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल
Latest NewsJust now

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत पिछडिएका क्षेत्रको विकासका लागि नै सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याइएको बताएका छन् । लेखक डा. दीपेन्द्र रोकाय र मोहनदास मानन्धर ‘कर्णाली उपेक्षा... ...

रातोपाटी
लुम्बिनीले टस जित्यो, काठमान्डुलाई ब्याटिङको निम्तो
Latest NewsJust now

लुम्बिनीले टस जित्यो, काठमान्डुलाई ब्याटिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि लुम्बिनी लायन्स र काठमान्डु गुर्खाजबीचको खेल हुँदैछ । उक्त खेलमा टस जितेको लुम्बिनीले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको छ । लुम्बिनीले सुरुमा बलिङ गर्ने भएको हो । ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play