काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिँडेका छन् । विभागले शनिबार काठमाडौंमा नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा वक्ताको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यक्रमकोबीचमै कार्यव्यस्तता देखाउँदै उठेर हिँडेका हुन् । कार्यक्रम जारी रहँदा गृहमन्त्री गुरुङ बाहिरिएपछि आयोजक अलमलमा परेको थियो । कार्यक्रमबाट बाहिरिएपछि बाहिर भने उनले आफ्नो निर्वाचन क्षेत्र गोरखाको विकासका बारे प्रतिक्रिया दिएका छन् । सो क्रममा गृहमन्त्री गुरुङले भौगोलिक विकटता र बाटो नभएका कारण हिमाली क्षेत्रका नागरिकले भोग्नुपरेको समस्या सरकारले समाधान गर्ने बताए । उनले आगामी दिनमा सरकारले हिमाली तथा दुर्गम क्षेत्रको बाटो निर्माण र बजेट व्यवस्थापनमा विशेष ध्यान दिने उल्लेख गरे । देशका सबै स्थानमा नागरिकले भोग्नुपरेका समस्यालाई वर्तमान सरकारले केन्द्रमा राखेको उनको भनाइ छ ।
गृहमन्त्री गुरुङ बीचमै कार्यक्रम छाडेर हिँडेपछि…

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






