Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

नेपथ्य सङ्गीतभित्रको नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपथ्य सङ्गीतभित्रको नेपाल
Photo / Coverage: नेपालन्युज

‘यति विशाल जमघट त गान्तोकले यसअघि कहिल्यै देखेको थिएन।’ भारतको सिक्किमस्थित गान्तोकका उत्तम लेप्चाले सामाजिक सञ्जालमा लेखेको यो टिप्पणी नेपथ्यको सांगीतिक प्रभाव बुझ्न एउटा प्रतिनिधि उदाहरण हो। उनले नेपाली सङ्गीत मन नपराउनेहरूका लागि समेत नेपथ्यको कन्सर्ट ऐतिहासिक क्षण बनेको उल्लेख गरेका थिए। कात्तिकको तेस्रो साता आइतबार राति गान्तोकको मुख्य रङ्गशाला दर्शकले खचाखच भरिएको थियो। सामान्यतः प्यारापिटमा बसेर खेल हेर्ने दर्शक त्यस रात मैदानमै उत्रिएका थिए। उनीहरू नेपाली लोक-रक ब्यान्ड नेपथ्यका गीतमा झुमिरहेका थिए। त्यहाँ उमेरको कुनै सीमा थिएन, पुस्ताबीचको कुनै दूरी थिएन। हजारौँ दर्शक एउटै लयमा गीत गाइरहेका थिए। रङ्गशालाभित्र सङ्गीत गुञ्जिरहँदा बाहिर प्रवेशका लागि प्रतीक्षारत दर्शकको भीड पनि उत्तिकै थियो। नेपथ्यको साङ्गीतिक प्रस्तुति। तस्बिरः नेपथ्य कन्सर्ट सकिएपछि पनि उत्सव रोकिएन। घर फर्किने बाटोमा समेत नेपथ्यका गीत गुञ्जिरहेका थिए। रङ्गशालाबाट करिब एक किलोमिटर टाढा रहेको घरसम्म पुग्दा पनि दर्शकको भीडसँगै बग्नुपरेको अनुभव सहभागीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उनीहरूको अनुभवमा, भीडसँगै बगेजस्तो भएकाले हिँड्नै नपरेको अनुभूति भएको थियो। गान्तोकको त्यो सांगीतिक माहोल सेलाउन नपाउँदै अर्को साता पूर्वी नेपालको इटहरीमा पनि उस्तै दृश्य दोहोरियो। ‘नेपथ्य इन कन्सर्ट २०२६’ अन्तर्गतको प्रस्तुतिका लागि इटहरी रङ्गशाला दर्शकले भरिएको थियो। लामो समयदेखि रेडियो, टेलिभिजन र डिजिटल माध्यमबाट नेपथ्यका गीत सुन्दै आएका पूर्वी नेपालका सङ्गीतप्रेमी आफ्नै सहरमा ब्यान्डलाई प्रत्यक्ष हेर्न र सुन्न ठूलो सङ्ख्यामा उपस्थित भएका थिए। आयोजकले करिब १० हजार दर्शक व्यवस्थापन गर्ने तयारी गरेका थिए। तर उपस्थित दर्शकको सङ्ख्या अपेक्षाभन्दा झन्डै दोब्बर पुगेको थियो। दर्शकको उत्साहले रङ्गशालाको क्षमतासमेत चुनौतीमा परेको थियो। नेपथ्यको साङ्गीतिक प्रस्तुति। तस्बिरः नेपथ्य यी दुई कन्सर्ट नेपथ्यको पछिल्लो लोकप्रियताका प्रतिनिधि दृश्य मात्र हुन्। किनकि नेपथ्य जहाँ पुग्छ, त्यहाँ एउटा सांगीतिक कार्यक्रम मात्र हुँदैन। गीतसँग जोडिएका स्मृति, पुस्तौँदेखिको सांगीतिक सम्बन्ध र सामूहिक भावनाको विशाल जमघट बन्छ। देशभित्र होस् वा विदेशमा, नेपाली भाषा बुझ्ने र नेपाली सङ्गीतसँग आत्मीयता राख्ने मानिस एउटै आवाजमा मिसिन्छन्। तीन दशकभन्दा लामो यात्रामा नेपथ्यले कमाएको यो लोकप्रियता केवल दर्शकको भीड वा टिकट बिक्रीको हिसाब होइन। यो नेपाली सङ्गीतको त्यस्तो सांस्कृतिक शक्ति हो, जसले भूगोल, पुस्ता र राष्ट्रिय सीमाभन्दा पर पुगेर मानिसलाई एउटै धुनमा बाँधिरहेको छ। कुनै एउटा गीत मानिसले किन सम्झिरहन्छ? त्यसको धुनका कारण, शब्दका कारण, त्यससँग जोडिएको प्रेमका कारण वा जीवनको कुनै अविस्मरणीय समयका कारण? आखिर नेपथ्यका गीतमा यस्तो के छ, जसले हजारौँ मानिसलाई एकै ठाउँमा तान्छ? कन्सर्ट सकिएपछि पनि उनीहरूलाई गीत गाइरहन प्रेरित गर्छ? यसको उत्तर नेपथ्यको सांगीतिक यात्राभित्र मात्र छैन, नेपाली समाजको बदलिँदो जीवनशैली, स्मृति र सांस्कृतिक पहिचानभित्र पनि खोज्नुपर्छ। कुनै एउटा गीत मानिसले किन सम्झिरहन्छ? त्यसको धुनका कारण, शब्दका कारण, त्यससँग जोडिएको प्रेमका कारण वा जीवनको कुनै अविस्मरणीय समयका कारण? सङ्गीतको प्रभाव कहिलेकाहीँ गीत सकिएपछि सुरु हुन्छ। रेडियो बन्द हुन्छ, क्यासेट प्लेयर रोकिन्छ, मञ्चका बत्ती निभ्छन्, तर कुनै आवाज मानिसको स्मृतिमा रहिरहन्छ। नेपाली सङ्गीतमा त्यस्ता आवाजमध्ये एउटा हो- नेपथ्य। नेपथ्यको साङ्गीतिक प्रस्तुति। तस्बिरः नेपथ्य ‘छेक्यो छेक्यो’ सुन्दा कसैलाई पहाडको कुहिरो सम्झना आउन सक्छ। ‘जोमसोमै बजारमा’ सुन्दा कुनै पुरानो यात्राको तस्बिर खुल्न सक्छ। ‘रेशम’ ले प्रेम र जीवनका अनेक अर्थ सम्झाउन सक्छ। ‘भेडाको ऊन जस्तो’ ले लोकजीवनको आत्मीयता जगाउन सक्छ। ‘साः कर्णाली’ ले भूगोलको कुनै टाढाको किनारमा पुर्‍याउन सक्छ। ‘घटना’ सुन्दा भने देशले भोगेको हिंसा, अस्थिरता र निराशाको समय स्मृतिमा फर्किन सक्छ। यी सबै गीत एउटै ब्यान्डका सिर्जना हुन्। तर तिनले बोकेको समय, अनुभूति र सन्दर्भ एउटै छैन। तिनमा प्रेम छ, यात्रा छ, गाउँ छ, विस्थापन छ, सामाजिक पीडा छ र देशप्रतिको निरन्तर चासो पनि छ। नेपथ्यको सांगीतिक यात्रा यही विविधतालाई एउटै पहिचानमा जोड्ने प्रयासको कथा हो। क्यासेटको युगदेखि डिजिटल माध्यमसम्म, रेडियोदेखि सामाजिक सञ्जालसम्म र काठमाडौंका साना कार्यक्रमदेखि अन्तर्राष्ट्रिय कन्सर्ट हलसम्म यसको यात्रा फैलिएको छ। तीन दशकभन्दा बढी समयसम्म लोकप्रिय रहनु कुनै सांगीतिक समूहका लागि आफैँमा उल्लेखनीय उपलब्धि हो। तर नेपथ्यको विशेषता लामो समयसम्म मञ्चमा रहनुमा मात्र सीमित छैन। यसबीच नेपाली समाज, सङ्गीत उद्योग र श्रोताको रुचि सबै बदलिएका छन्। क्यासेटको युगदेखि डिजिटल माध्यमसम्म, रेडियोदेखि सामाजिक सञ्जालसम्म र काठमाडौंका साना कार्यक्रमदेखि अन्तर्राष्ट्रिय कन्सर्ट हलसम्म यसको यात्रा फैलिएको छ। यस अवधिमा ब्यान्डका सदस्य फेरिएका छन्, सङ्गीतका शैलीमा परिवर्तन आएको छ, प्रविधि बदलिएको छ। तर नेपथ्यको नाम र मूल सांगीतिक पहिचान भने कायम छ। नेपथ्यको साङ्गीतिक प्रस्तुतिमा अमृत गुरुङ। तस्बिरः नेपथ्य पोखराबाट सुरु भएको सपना सन् १९९० को समय नेपाली सङ्गीत बजार आजको जस्तो थिएन। डिजिटल रेकर्डिङको सुविधा थिएन। सामाजिक सञ्जाल र इन्टरनेटमार्फत विश्वभर तत्काल सङ्गीत पुर्‍याउने प्रविधि पनि उपलब्ध थिएन। रेडियो, क्यासेट, टेलिभिजन र प्रत्यक्ष प्रस्तुति नै सङ्गीतको पहुँच विस्तार गर्ने प्रमुख माध्यम थिए। यही समयमा पोखराका तीन युवा दीपक राणा, भीम पुन र अमृत गुरुङ ले एउटा सांगीतिक समूह बनाउने सपना देखे। उनीहरू आधुनिक पश्चिमेली सङ्गीतबाट प्रभावित थिए। प्रारम्भिक दिनमा द बिटल्स, क्रिडेन्स क्लियरवाटर रिभाइभल, द इगल्स र पिंक फ्लोइडका गीत प्रस्तुत गर्थे। आफ्नै भाषा, आफ्नै समाज र सांस्कृतिक परिवेशबाट सङ्गीत सिर्जना गर्ने चाहना क्रमशः बलियो हुँदै गयो। यही चाहनाले नेपथ्यलाई नेपाली सङ्गीतमा छुट्टै पहिचान स्थापित गर्ने बाटोतर्फ डोर्‍यायो। तर उनीहरूको उद्देश्य विदेशी गीतको नक्कल गरेर मात्र अघि बढ्नु थिएन। आफ्नै भाषा, आफ्नै समाज र सांस्कृतिक परिवेशबाट सङ्गीत सिर्जना गर्ने चाहना क्रमशः बलियो हुँदै गयो। यही चाहनाले नेपथ्यलाई नेपाली सङ्गीतमा छुट्टै पहिचान स्थापित गर्ने बाटोतर्फ डोर्‍यायो। नेपथ्यको पहिलो एल्बम २०४९ चैत १९ अर्थात् सन् १९९३ अप्रिल १ मा सार्वजनिक भयो। त्यसपछि समूहले क्रमशः आफ्ना सिर्जनामार्फत श्रोतामाझ पहिचान बनाउँदै गयो। ‘छेक्यो छेक्यो’ जस्ता गीतले ब्यान्डलाई व्यापक श्रोता वर्गसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले। नेपथ्यको साङ्गीतिक प्रस्तुति। तस्बिरः नेपथ्य पोखरामा सुरु भएको यो सांगीतिक प्रयास विस्तारै राष्ट्रिय सङ्गीतको नक्सामा स्थापित हुन थाल्यो। त्यसबेला नेपाली लोकप्रिय सङ्गीतको विकासमा काठमाडौंको प्रभाव बलियो थियो। यस्तो अवस्थामा उपत्यकाबाहिर आधारित समूहले राष्ट्रिय लोकप्रियता हासिल गर्नु आफैँमा महत्वपूर्ण उपलब्धि थियो। सन् १९९० को दशकमा नेपाली पप सङ्गीतको विकास भइरहेको थियो। यही परिवेशमा पोखराबाट उदाएको नेपथ्यले नेपाली लोकधुनलाई आधुनिक सङ्गीतसँग जोड्ने नयाँ प्रयोग अघि बढायो। लोकभाकालाई नयाँ पुस्ताको रुचिसँग जोड्ने यो प्रयासले नेपाली लोकप्रिय सङ्गीतको विकासमा पनि प्रभाव पार्‍यो। लोकधुन र आधुनिकताको संगम नेपथ्यलाई बुझ्न यसका गीत मात्र सुनेर पुग्दैन। त्यसले निर्माण गरेको सांगीतिक भाषालाई पनि बुझ्नुपर्छ। नेपाली लोकसङ्गीतको परम्परा कुनै एउटा शैलीमा सीमित छैन। भौगोलिक क्षेत्र, जातीय समुदाय, भाषा, चाडपर्व, श्रम, प्रेम, दुःख र सामाजिक जीवनअनुसार सङ्गीतका रूप फरक छन्। गन्धर्व र दमाइ समुदायका बाजागाजा, पञ्चेबाजा, मादल, बाँसुरी र स्थानीय भाका नेपाली सांगीतिक परम्पराका महत्वपूर्ण आधार हुन्। लोकभाकाको मौलिकता कायम राख्दै त्यसमा गिटार, ड्रम, बास र आधुनिक प्रस्तुति शैली मिसाउनु यसको पहिचान बन्यो। नेपथ्यले यिनै सांगीतिक आधारलाई आधुनिक पप र रक संरचनामा प्रस्तुत गर्ने बाटो रोज्यो। लोकभाकाको मौलिकता कायम राख्दै त्यसमा गिटार, ड्रम, बास र आधुनिक प्रस्तुति शैली मिसाउनु यसको पहिचान बन्यो। यो प्रयोग केवल पुरानो सङ्गीतलाई नयाँ बाजामा बजाउनु थिएन। लोकसङ्गीतको भाव, शब्द र सामाजिक सन्दर्भलाई नयाँ पुस्तासम्म पुर्‍याउने माध्यम पनि थियो। परम्परागत सङ्गीतलाई आधुनिक स्वरूप दिँदा त्यसको मौलिकता कति सुरक्षित रहन्छ भन्ने प्रश्न पनि यससँग जोडिएको छ। लोकसङ्गीतलाई आधुनिक बनाउनु र त्यसको मूल चरित्र परिवर्तन गर्नुबीचको सीमारेखा सधैँ स्पष्ट हुँदैन। नेपथ्यको साङ्गीतिक प्रस्तुति। तस्बिरः नेपथ्य अमृत गुरुङ को सिर्जनात्मक यात्राको महत्वपूर्ण पक्ष लोकगीत सङ्कलन पनि हो। उनले नेपालको पूर्वदेखि पश्चिमसम्म यात्रा गरेर गाउँघरका भाका, शब्द र सांस्कृतिक सन्दर्भ बुझ्ने प्रयास गरेका छन्। स्थानीय समुदायमा प्रचलित गीत सुन्ने, त्यसको भाव र पृष्ठभूमि पहिचान गर्ने तथा त्यसलाई आफ्नै सांगीतिक भाषामा प्रस्तुत गर्ने अभ्यासले नेपथ्यको सिर्जनात्मक संसारलाई फराकिलो बनाएको छ। ‘जोमसोमै बजारमा’ जस्ता गीतले भौगोलिक र सांस्कृतिक परिवेशलाई लोकप्रिय सङ्गीतको हिस्सा बनाए। ‘रेशम’ ले ब्यान्डलाई नयाँ उचाइ दियो। ‘भेडाको ऊन जस्तो’ ले लोकजीवनको सौन्दर्यलाई आधुनिक सङ्गीत र दृश्य कथामार्फत प्रस्तुत गर्‍यो। नेपथ्यको सङ्गीतमा गाउँ केवल सजावटी पृष्ठभूमि होइन। गाउँ गीतको विषय हो, भाषा हो र भावनात्मक आधार पनि हो। यही विशेषताले नेपथ्यलाई अन्य समकालीन सांगीतिक समूहभन्दा फरक पहिचान दिलाएको छ। ‘रेशम’ ले बदलेको दिशा सन् २००१ मा सार्वजनिक भएको ‘रेशम’ नेपथ्यको सांगीतिक यात्राको महत्वपूर्ण मोड मानिन्छ। यसले ब्यान्डलाई नयाँ पुस्तामाझ थप लोकप्रिय बनायो। प्रारम्भिक पप पहिचानबाट रक सङ्गीततर्फको रूपान्तरणमा पनि यस गीतको भूमिका महत्वपूर्ण रह्यो। ‘भेडाको ऊन जस्तो’ ले नेपथ्यको सांगीतिक यात्रालाई अर्को आयाम दियो। यससँगै ‘साः’ र ‘तालको पानी’ जस्ता सिर्जनाले ब्यान्डको लोक–रक पहिचानलाई थप फराकिलो बनाए। ‘रेशम’ केवल एउटा लोकप्रिय गीत बनेन। यसले नेपथ्यको सांगीतिक पहिचानलाई थप स्थापित गर्‍यो। ब्यान्डको यात्रामा यसलाई पुनर्जीवन दिने सिर्जनाका रूपमा समेत चर्चा गरिन्छ। तर एउटा गीतको लोकप्रियताले मात्र कुनै सांगीतिक समूहको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्दैन। त्यसका लागि निरन्तर सिर्जना, प्रस्तुति, संगीतकर्मीबीचको सहकार्य र श्रोतासँगको सम्बन्ध आवश्यक हुन्छ। ‘भेडाको ऊन जस्तो’ ले नेपथ्यको सांगीतिक यात्रालाई अर्को आयाम दियो। यससँगै ‘साः’ र ‘तालको पानी’ जस्ता सिर्जनाले ब्यान्डको लोक–रक पहिचानलाई थप फराकिलो बनाए। यस अवधिसम्म आइपुग्दा नेपथ्यको सङ्गीत लोकप्रिय मनोरञ्जनमा मात्र सीमित रहेन। गाउँको जीवन, प्रकृति, सामाजिक परिवेश र मानिसको सङ्घर्ष पनि यसका गीतका विषय बन्न थाले। लोकभाकाको आधारमा आधुनिक सङ्गीत सिर्जना गर्ने यसको अभ्यासले श्रोतामाझ छुट्टै सम्बन्ध स्थापित गर्‍यो। द्वन्द्वकालमा संगीतको आवाज नेपथ्यको इतिहासमा महत्वपूर्ण पक्ष देशको राजनीतिक तथा सामाजिक अवस्थासँग यसको सङ्गीतले राखेको सम्बन्ध पनि हो। नेपालमा सशस्त्र द्वन्द्व चर्किएको समयमा गाउँ, विद्यालय र सार्वजनिक जीवन प्रभावित थिए। हिंसाका कारण मानिसको दैनिक जीवन असुरक्षित बन्दै गएको थियो। यही समयका घटनाले अमृत गुरुङ र नेपथ्यको सांगीतिक दृष्टिकोणमा समेत प्रभाव पारेको देखिन्छ। पूर्वी नेपालको ग्रामीण क्षेत्रमा यात्राका क्रममा अमृतले निराश अवस्थामा रहेका एक बालक भेटेका थिए। विद्यालयमा सेना र माओवादी पक्षबीचको द्वन्द्वका कारण विद्यार्थीका आवेदन फाराम जलेको प्रसंग उनले सुनाएका थिए। त्यस घटनाले उनको सोच र नेपथ्यको सामाजिक चेतनामा प्रभाव पारेको थियो। सङ्गीतलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी शान्ति र सामाजिक सद्भावको सन्देश फैलाउने माध्यम बनाउने प्रयास गरिएको थियो। त्यसपछि ‘एजुकेसन फर पिस’ अभियानअन्तर्गत काठमाडौं, विराटनगर, हेटौँडा, नारायणगढ र पोखरामा सांगीतिक कार्यक्रम आयोजना गरियो। कार्यक्रमबाट सङ्कलित रकम विद्यालयका पुस्तकालय निर्माण तथा सहयोगका लागि प्रयोग गरियो। त्यसपछिको ‘सुन्दर शान्त नेपाल’ अभियानमा नेपथ्य अन्य नेपाली संगीतकर्मीसँग पनि जोडियो। सङ्गीतलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी शान्ति र सामाजिक सद्भावको सन्देश फैलाउने माध्यम बनाउने प्रयास गरिएको थियो। ‘घटना’ एल्बमले द्वन्द्वकालीन नेपालको अनुभूतिलाई सङ्गीतमा उतार्‍यो। देशले भोगेको हिंसा, अस्थिरता र मानवीय पीडालाई गीतमार्फत अभिव्यक्त गर्ने प्रयास यसमा देखिन्छ। यस बिन्दुबाट नेपथ्यको सङ्गीतको अर्थ थप फराकिलो हुन्छ। श्रोताले अब प्रेम, यात्रा र गाउँका गीत मात्र सुन्दैनन्, आफूले बाँचेको समयको प्रतिध्वनि पनि सुन्न थाल्छन्। यसले नेपथ्यलाई लोकप्रिय सांगीतिक समूहबाट सामाजिक चेतना अभिव्यक्त गर्ने सांस्कृतिक माध्यमका रूपमा समेत स्थापित गर्‍यो। अमृत गुरुङ : ब्यान्डभन्दा ठूलो यात्रा नेपथ्यका संस्थापक तीन जनामध्ये अहिले ब्यान्डको नेतृत्व र मुख्य स्वर अमृत गुरुङ सँग छ। तीन दशकभन्दा बढी समयसम्म एउटै सांगीतिक पहिचानलाई निरन्तरता दिनु उनको यात्राको विशिष्ट पक्ष हो। काठमाडौंको व्यस्त सहरी जीवनबाट टाढा रहेर गाउँ र प्रकृतिको नजिक बस्ने निर्णय उनले गरेका छन्। स्वच्छ हावा, पानी र प्रकृतिसँगको निकटता गाउँ फर्किनुको प्रमुख कारण रहेको उनले बताएका छन्। तर अमृतलाई लोकप्रिय गायकका रूपमा मात्र बुझ्दा उनको कामको अर्को महत्वपूर्ण आयाम छुट्छ। उनी लोकसङ्गीतको खोजीमा गाउँगाउँ पुग्ने यात्री पनि हुन्। स्थानीय सङ्गीत, समुदायका भाका र ग्रामीण जीवनका कथा उनका सिर्जनात्मक संसारका आधार हुन्। उनको जीवनशैली पनि यही सांगीतिक दृष्टिकोणसँग जोडिएको देखिन्छ। काठमाडौंको व्यस्त सहरी जीवनबाट टाढा रहेर गाउँ र प्रकृतिको नजिक बस्ने निर्णय उनले गरेका छन्। स्वच्छ हावा, पानी र प्रकृतिसँगको निकटता गाउँ फर्किनुको प्रमुख कारण रहेको उनले बताएका छन्। उनको दैनिक जीवनमा हिँडाइ, योगाभ्यास, गोठको काम, रियाज, पुस्तक अध्ययन र प्रकृतिको अवलोकन समावेश छन्। उनले गोठमा बस्दा १६–१७ वटा नयाँ गीत सिर्जना गरेको अनुभवसमेत सुनाएका छन्। यो जीवनशैलीलाई कलाकारको निजी छनोटका रूपमा मात्र हेर्न सकिँदैन। सिर्जनात्मक अभ्यासमा प्रकृतिसँगको सम्बन्ध, गाउँको परिवेश र एकान्तको भूमिका पनि महत्वपूर्ण हुन्छ। लोकप्रियताको शिखरमा पुगेपछि पनि बजार र सार्वजनिक उपस्थितिमा मात्र केन्द्रित नभई आफ्नै सिर्जनात्मक संसारमा फर्किनु अमृतको यात्राको अर्को पक्ष हो। सन् १९९० मा दीपक राणा, भीम पुन र अमृत गुरुङ ले सुरु गरेको ब्यान्डमा त्यसयता २१ जनाभन्दा बढी संगीतकर्मी सहभागी भएर बाहिरिएका छन्। संस्थापक सदस्यमध्ये अमृत गुरुङले भने यसको नेतृत्व निरन्तर गरिरहेका छन्। नेपथ्यको पहिचानमा अमृतको स्वर जति महत्वपूर्ण छ, उनको लोकसङ्गीतप्रतिको खोज र सांस्कृतिक चेतना पनि उत्तिकै महत्वपूर्ण छ। यही कारण उनको व्यक्तिगत सांगीतिक यात्राले ब्यान्डको समग्र पहिचानलाई निरन्तरता दिइरहेको छ। सदस्य फेरिए, पहिचान टिक्यो नेपथ्यको अर्को महत्वपूर्ण पक्ष यसको सदस्य परिवर्तनसँग सम्बन्धित छ। सन् १९९० मा दीपक राणा, भीम पुन र अमृत गुरुङ ले सुरु गरेको ब्यान्डमा त्यसयता २१ जनाभन्दा बढी संगीतकर्मी सहभागी भएर बाहिरिएका छन्। संस्थापक सदस्यमध्ये अमृत गुरुङले भने यसको नेतृत्व निरन्तर गरिरहेका छन्। सांगीतिक समूहमा सदस्य परिवर्तन हुनु असामान्य होइन। तर सदस्य फेरिँदै जाँदा पनि ब्यान्डको नाम, पहिचान र श्रोताको विश्वास कायम राख्नु सहज काम होइन। यसका लागि सिर्जनात्मक नेतृत्वसँगै व्यवस्थापकीय संरचना र दीर्घकालीन योजनाको आवश्यकता पर्छ। नेपालमा सङ्गीतलाई स्थिर र दीर्घकालीन पेसाका रूपमा स्थापित गर्न कठिन रहेको यथार्थ पनि नेपथ्यको इतिहाससँग जोडिन्छ। संगीतकर्मीका लागि निरन्तर अवसर, आर्थिक सुरक्षा र व्यावसायिक स्थायित्वका चुनौती छन्। त्यसैले ब्यान्डमा आउने र जाने संगीतकर्मीको कथा व्यक्तिगत करिअरको मात्र विषय होइन, नेपालको सङ्गीत उद्योगको संरचनासँग पनि सम्बन्धित छ। नेपालमा धेरै सांगीतिक समूह केही समय लोकप्रिय भएर हराएका उदाहरण छन्। तर नेपथ्यले लामो समयसम्म आफ्नो पहिचान कायम राख्नुमा सिर्जना, नेतृत्व, संगीतकर्मीको सहकार्य र व्यवस्थापनबीचको सम्बन्ध महत्वपूर्ण देखिन्छ। सन् २००१ पछिको नेपालयसँगको सहकार्यले नेपथ्यको व्यवस्थापन, प्रस्तुति र अन्तर्राष्ट्रिय विस्तारमा नयाँ आधार तयार गर्‍यो। ब्यान्डको पुनर्गठन र व्यवस्थापनमा किरणकृष्ण श्रेष्ठ को भूमिका महत्वपूर्ण रह्यो। उनी नेपथ्यका आधिकारिक प्रवर्द्धक तथा व्यवस्थापकका रूपमा संलग्न छन्। कुनै सांगीतिक समूहको सफलता कलाकारको प्रतिभामा मात्र निर्भर हुन्छ कि त्यसलाई दीर्घकालसम्म सञ्चालन गर्ने व्यवस्थापकीय संरचना पनि उत्तिकै महत्वपूर्ण हुन्छ नेपालमा धेरै सांगीतिक समूह केही समय लोकप्रिय भएर हराएका उदाहरण छन्। तर नेपथ्यले लामो समयसम्म आफ्नो पहिचान कायम राख्नुमा सिर्जना, नेतृत्व, संगीतकर्मीको सहकार्य र व्यवस्थापनबीचको सम्बन्ध महत्वपूर्ण देखिन्छ। विश्वमञ्चमा नेपाली आवाज नेपथ्यको यात्रा नेपाली सङ्गीतलाई देशभित्रको श्रोता वर्गबाट बाहिर पुर्‍याउने अभियानसँग पनि जोडिएको छ। सन् २०१३ अगस्ट ३ मा लन्डनस्थित वेम्बली एरिनामा प्रस्तुति दिँदै नेपथ्य उक्त मञ्चमा पुग्ने पहिलो नेपाली ब्यान्ड बन्यो। ब्यान्डको दुई दशक लामो यात्रामा यो महत्वपूर्ण उपलब्धि थियो। वेम्बलीको प्रस्तुति ठूलो हलमा कार्यक्रम गर्ने उपलब्धिमा मात्र सीमित थिएन। विदेशमा बसोबास गर्ने नेपाली समुदायका लागि त्यो आफ्नो भाषा, सङ्गीत र सांस्कृतिक पहिचानसँग जोडिने अवसर पनि थियो। त्यसपछि बेलायत, अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, क्यानडा, युरोपका विभिन्न देशलगायत अन्तर्राष्ट्रिय गन्तव्यमा नेपथ्यले प्रस्तुति दिँदै आएको छ। भाषा, कला, साहित्य र सङ्गीत पनि त्यसका महत्वपूर्ण आधार हुन्। नेपथ्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भाषाका गीत प्रस्तुत गरेर नेपालको सांस्कृतिक उपस्थिति विस्तार गर्ने काम गरेको छ। प्रवासी नेपालीका लागि नेपथ्यका गीत कहिलेकाहीँ देशसँगको भावनात्मक सम्बन्ध जोड्ने माध्यम बन्छन्। हजारौँ किलोमिटर टाढा बसेका मानिसले नेपाली भाषा र लोकभाकामा आधारित सङ्गीत सुन्दा त्यसमा आफ्नै गाउँ, परिवार र विगत भेट्न सक्छन्। नेपथ्यको अन्तर्राष्ट्रिय उपस्थितिको महत्व प्रवासी नेपाली समुदायमा मात्र सीमित छैन। नेपाली लोकधुन र आधुनिक रकको संयोजनलाई विश्वका विभिन्न मञ्चमा प्रस्तुत गर्नुले नेपालको सांगीतिक पहिचानलाई समेत फराकिलो बनाएको छ। कुनै देशको पहिचान भूगोल, इतिहास र राजनीतिक व्यवस्थाबाट मात्र निर्माण हुँदैन। भाषा, कला, साहित्य र सङ्गीत पनि त्यसका महत्वपूर्ण आधार हुन्। नेपथ्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भाषाका गीत प्रस्तुत गरेर नेपालको सांस्कृतिक उपस्थिति विस्तार गर्ने काम गरेको छ। सामाजिक चेतनाको सांगीतिक पदचिह्न नेपथ्यका गीतलाई समयक्रमअनुसार सुन्दा एउटा देशको सामाजिक र सांस्कृतिक परिवर्तनसमेत अनुभव गर्न सकिन्छ। प्रारम्भिक गीतमा प्रेम, यात्रा र रमाइलो जीवनका भाव बढी भेटिन्छन्। त्यसपछि ‘रेशम’ र ‘भेडाको ऊन जस्तो’ जस्ता गीतले ग्रामीण जीवन र सांस्कृतिक अनुभूतिलाई अगाडि ल्याए। ‘घटना’ र ‘मेरो देश’ जस्ता सिर्जनामा सामाजिक तथा राष्ट्रिय चेतनाको स्वर बलियो हुँदै गयो। ‘मेरो देश’ एल्बममा नयाँ सिर्जनासँगै पुराना गीतका पुनः रेकर्ड गरिएका तथा पुनः संयोजन गरिएका संस्करणसमेत समावेश थिए। यसले नेपथ्यको सांगीतिक यात्रालाई विगतका सिर्जना र वर्तमानको अभिव्यक्तिबीच जोड्ने काम गर्‍यो। समयअनुसार नयाँ सिर्जना गर्दै आफ्नो मूल सांगीतिक आधारसँग सम्बन्ध कायम राख्ने प्रयास गरेको छ। यही निरन्तरताले फरक पुस्ताका श्रोतामाझ यसको सम्बन्ध स्थापित गरेको देखिन्छ। त्यसपछि सार्वजनिक भएको ‘ऐनाझ्याल’ अमृतको गाउँ यात्राबाट प्रभावित लोक–रक शैलीको निरन्तरता थियो। यसपछि ‘शिरफूल शिरैमा’, ‘नैनताल’ र ‘साइँली मोरीलाई’ जस्ता गीत सार्वजनिक भए। नेपथ्यले आफूलाई एउटै सांगीतिक शैलीमा सीमित राखेको छैन। समयअनुसार नयाँ सिर्जना गर्दै आफ्नो मूल सांगीतिक आधारसँग सम्बन्ध कायम राख्ने प्रयास गरेको छ। यही निरन्तरताले फरक पुस्ताका श्रोतामाझ यसको सम्बन्ध स्थापित गरेको देखिन्छ। लोकप्रियताभित्रका प्रश्न लोकप्रियता र सांगीतिक योगदान एउटै कुरा होइनन्। कुनै कलाकारका गीत धेरै सुनिनु एउटा उपलब्धि हो, तर त्यसले सङ्गीतको विकासमा के परिवर्तन ल्यायो भन्ने प्रश्न अलग हो। नेपथ्यको सन्दर्भमा यो प्रश्न विशेष महत्वको छ। यसले लोकधुनलाई आधुनिक सङ्गीतसँग जोड्यो, नेपाली भाषाका गीतलाई राष्ट्रिय लोकप्रियताको केन्द्रमा ल्यायो र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली ब्यान्डको उपस्थिति स्थापित गर्न सहयोग गर्‍यो। तर यसको यात्रालाई आलोचनात्मक रूपमा मूल्यांकन गर्नुपर्ने पक्ष पनि छन्। लोकसङ्गीतलाई रक शैलीमा रूपान्तरण गर्दा मौलिक भाका र सांस्कृतिक सन्दर्भ कति सुरक्षित रहन्छन्? नयाँ पुस्ताले लोकसङ्गीतलाई नेपथ्यको प्रस्तुतिबाट मात्र बुझ्ने जोखिम छ कि छैन? परम्परागत संगीतकर्मी र समुदायको योगदानलाई आधुनिक ब्यान्ड सङ्गीतले पर्याप्त स्थान दिएको छ कि छैन? नेपथ्यको वास्तविक मूल्यांकनका लागि यसले के सिर्जना गर्‍यो भन्ने मात्र होइन, त्यसको प्रभावले नेपाली सङ्गीतको भविष्यलाई कसरी आकार दियो भन्ने पनि बुझ्नुपर्छ। यी प्रश्नको उत्तर प्रशंसात्मक लेखनबाट मात्र प्राप्त हुँदैन। लोकसङ्गीतका अध्येता, परम्परागत संगीतकर्मी, पूर्वब्यान्ड सदस्य, संगीत समीक्षक र नयाँ पुस्ताका कलाकारसँगको संवाद आवश्यक हुन्छ। नेपथ्यको वास्तविक मूल्यांकनका लागि यसले के सिर्जना गर्‍यो भन्ने मात्र होइन, त्यसको प्रभावले नेपाली सङ्गीतको भविष्यलाई कसरी आकार दियो भन्ने पनि बुझ्नुपर्छ। लोकप्रियताको लामो यात्रासँगै सिर्जनात्मक प्रयोग, मौलिकता र सांस्कृतिक प्रतिनिधित्वका प्रश्नमा निरन्तर संवाद आवश्यक हुन्छ। सिक्किमको पाल्जोर रंगशालामा नेपथ्यको प्रस्तुति। तस्बिरः दिपित राज पुस्तकमा सुरक्षित सांगीतिक इतिहास नेपथ्यको यात्रा अब गीत र कन्सर्टमा मात्र सीमित छैन। लेखक गिरीश गिरी द्वारा लिखित ‘नेपथ्य’ पुस्तक सार्वजनिक भएसँगै ब्यान्डको सांगीतिक इतिहासलाई दस्तावेजीकरण गर्ने प्रयास पनि अघि बढेको छ। पुस्तकमा ब्यान्डको स्थापना, उतारचढाव, चर्चित गीतका पछाडिका संघर्ष र सामाजिक अभियानमा सङ्गीतको प्रयोगबारे चर्चा गरिएको छ। अमृत गुरुङसँग लेखकको लामो सम्बन्ध र सहकार्य यस पुस्तकको आधार बनेको छ। कुनै सांगीतिक समूहको इतिहासलाई पुस्तकमा अभिलेख गर्नु सांगीतिक स्मृतिका लागि महत्वपूर्ण काम हो। लोकप्रिय गीतहरू समयसँगै श्रोताको स्मृतिमा रहन्छन्, तर ती सिर्जना हुँदाका परिस्थिति, संगीतकर्मीबीचको सहकार्य, असफल प्रयास र पर्दापछाडिका संघर्ष हराउन सक्छन्। अमृत गुरुङ को जीवनशैलीमा देखिने सादगी, गाउँप्रतिको आकर्षण र लोकसङ्गीतको खोजीले नेपथ्यको पहिचानलाई मानवीय आयाम दिएको छ। नेपथ्यको पुस्तकले यस्ता अनुभवलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको छ। यसले नेपाली सङ्गीतको इतिहास अध्ययन गर्न चाहने नयाँ पुस्ताका लागि समेत एउटा आधार तयार पार्न सक्छ। समयसँगै बदलिएको आवाज नेपथ्यको कथा अन्ततः एउटा ब्यान्डको मात्र कथा होइन। यो नेपाली समाजले सङ्गीतमार्फत आफूलाई कसरी व्यक्त गर्‍यो भन्ने कथासँग जोडिएको छ। पोखराका तीन युवाले सुरु गरेको सांगीतिक प्रयास आज विभिन्न पुस्ताले चिनेको नाम बनेको छ। यसको सङ्गीतमा पुरानो पुस्ताले आफ्नो युवावस्थाका सम्झना भेट्छ। नयाँ पुस्ताले आफ्नै तरिकाले लोकधुन र आधुनिक रकको संयोजन अनुभव गर्छ। विदेशमा बस्ने नेपालीले यसमा आफ्नो देशको आवाज सुन्छन्। अमृत गुरुङ को जीवनशैलीमा देखिने सादगी, गाउँप्रतिको आकर्षण र लोकसङ्गीतको खोजीले नेपथ्यको पहिचानलाई मानवीय आयाम दिएको छ। अर्कोतर्फ, नेपालयसँगको दीर्घकालीन व्यवस्थापकीय सहकार्य, बदलिँदो संगीतकर्मीको समूह र अन्तर्राष्ट्रिय प्रस्तुतिले यसलाई संस्थागत यात्राको उदाहरण बनाएको छ। मादल, सारङ्गी र बाँसुरीजस्ता लोकवाद्यले नेपाली संगीतको मौलिक धुन निर्माण गरेका छन्। स्रोत: नेपाली लोकवाद्यसम्बन्धी सामग्री नेपथ्यको सांगीतिक सफलताको अर्को पक्ष यसको समयसँगै बदलिने क्षमता पनि हो। क्यासेटको समयदेखि डिजिटल माध्यमसम्म आइपुग्दा सङ्गीत सुन्ने तरिका फेरिएको छ। श्रोताको रुचि, बजार र प्रविधिमा परिवर्तन आएको छ। तर नेपथ्यले आफ्नो सांगीतिक आधारलाई कायम राख्दै नयाँ पुस्तासँग सम्बन्ध विस्तार गर्न सकेको छ। सायद त्यसैले नेपथ्य सुन्दा मानिसले केवल एउटा ब्यान्ड सुनिरहेको हुँदैन। उसले कतै आफ्नो गाउँ, कतै आफ्नो समय, कतै आफ्नो प्रेम र कतै आफ्नै देशको आवाज सुनिरहेको हुन्छ। सङ्गीतको सबैभन्दा ठूलो उपलब्धि पनि यही हो- कलाकार मञ्चबाट ओर्लिएपछि पनि उसको आवाज मानिसको जीवनमा बाँकी रहनु। तीन दशकको नेपथ्य : एल्बम र सांगीतिक यात्रा नेपथ्यको सांगीतिक यात्रा एल्बम सार्वजनिक गर्ने क्रम मात्र होइन। यो नेपाली समाज, राजनीतिक संक्रमण, द्वन्द्व, शान्तिको आकांक्षा र पुस्तान्तरणसँगै अघि बढेको सांगीतिक इतिहास पनि हो। पहिलो एल्बम : नेपथ्य- २०४९ चैत १९ मा सार्वजनिक भएको पहिलो एल्बमले ब्यान्डको औपचारिक सांगीतिक यात्रा अघि बढायो। ‘आँगनै भरि’ र ‘वर्षातको मौसम’ लगायतका गीतले श्रोतामाझ परिचित गराउन सहयोग गरे। दोस्रो एल्बम : हिमाल चुचुरे- यसमा समावेश ‘छेक्यो छेक्यो’ गीतले समूहलाई व्यापक लोकप्रियता दिलायो। तेस्रो एल्बम : मीन पचासमा- ‘जोमसोमे बजारमा’ र ‘चरी मर्यो सिसाको गोलीले’ जस्ता गीतले नेपाली लोकलयलाई आधुनिक ब्यान्ड सङ्गीतसँग जोड्ने शैलीलाई स्थापित गरे। चौथो एल्बम : शृङ्गार- ‘सरुमारानी’, ‘यार्लिङ’ र ‘यात्रा’ जस्ता गीतले समूहको सांगीतिक दायरा फराकिलो बनाए। पाँचौँ एल्बम : रेशम- शीर्ष गीत ‘रेशम’ नेपथ्यको सर्वाधिक लोकप्रिय र कालजयी सिर्जनामध्ये एक बन्यो। छैटौँ एल्बम : भेडाको ऊन जस्तो- ‘भेडाको ऊन जस्तो’, ‘सा कर्णाली’ र ‘तालको पानी’ जस्ता गीतले नेपाली लोकधुनलाई रक सङ्गीतको ऊर्जासँग जोडेर नयाँ पुस्तासम्म पुर्‍याए। सातौँ एल्बम : घटना- यसमा द्वन्द्वकालीन नेपालको पीडा, सामाजिक अस्थिरता र मानवीय संवेदनाका पक्षलाई अभिव्यक्त गर्ने गम्भीर प्रकृतिका गीत समेटिए। आठौँ एल्बम : मेरो देश- ‘मेरो देश’, ‘आमा’, ‘कसैले सोधे’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता गीतले राष्ट्रिय भावना, माटोसँगको सम्बन्ध र व्यक्तिगत अनुभूतिलाई जोडेर प्रस्तुत गरे। नवौँ एल्बम : ऐनाझ्याल- ‘सिरानमा फोटो छ’, ‘जोगले हुन्छ भेट’ र ‘सालै जो’ जस्ता गीतले नेपथ्यको सांगीतिक पहिचानलाई थप फराकिलो बनाए। दशौँ एल्बम : एल्बम एक्स- नयाँ गीत र पुराना सिर्जनालाई समेटेर एल्बम एक्सको अवधारणा अघि बढाइयो। ‘भटभटे’ गीत सार्वजनिक गर्दै समूहले एघारौँ एल्बमको यात्रासमेत सुरु गर्‍यो। सांगीतिक दस्तावेज : नेपथ्य- गिरीश गिरीद्वारा लिखित पुस्तकले ब्यान्डको स्थापना, सांगीतिक विकास, संघर्ष र ऐतिहासिक यात्रालाई अभिलेख गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ग्राहकको माग बढेपछि दराज ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो
Latest NewsJust now

ग्राहकको माग बढेपछि दराज ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले आफ्नो सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता र माग बढेपछि कम्पनीले अभियान नोभेम्बर १९ अर्थात् मंसिर ३ गतेसम्म सञ्चालन गर्ने भएको हो । यसअघि छोटो अवधिका लागि सञ्चालन गरिएको अभियानलाई ग्राहकको मागअनुसार विस्तार गरिएको दराजले जनाएको छ । अभियानको […] ...

लोकपथ
१४औँ ओभरमा काठमान्डुले गुमायो पहिलो विकेट
Latest NewsJust now

१४औँ ओभरमा काठमान्डुले गुमायो पहिलो विकेट

काठमाडौँ । लुम्बिनीविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको काठमान्डुले १४औँ ओभरमा पहिलो विकेट गुमाएको छ । ओपनर साहिल पटेल ३६ बलमा ३८ रन बनाएर आउट भए । योसँगै १०४ रनको पार्टरसिप... ...

रातोपाटी
जुवातास खेल्दाखेल्दै ५९ जना पक्राउ
Latest NewsJust now

जुवातास खेल्दाखेल्दै ५९ जना पक्राउ

काठमाण्डु – देशभर जुवातास खेल्दाखेल्दै प्रहरीले ५९ जनालाई पक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने ४० वर्षीय सुरेश कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४५ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ […] ...

काठमाण्डुपाटी
गौतमबुद्ध विमानस्थल छिटै पूर्ण क्षमतामा चल्छ : सांसद अग्रवाल
Latest NewsJust now

गौतमबुद्ध विमानस्थल छिटै पूर्ण क्षमतामा चल्छ : सांसद अग्रवाल

रुपन्देही समाचारदातारुपन्देही, कात्तिक २१ गते । रुपन्देहीका प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटै पूण क्षमतामा चल्ने बताउनुभ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play