ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । निगमका निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यसअघि पनि मिति २०८१ साउन ३० र २०८१ माघ १० गते सम्बन्धित सङ्घलाई पत्राचार गरिएको स्मरण गराइएको छ । पत्रमा ग्यास उद्योगबाट नियुक्त बिक्रेताले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गरी बिक्री वितरणको व्यवस्था मिलाउन भनिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

ग्यास अभाव समाधान : मोतिहारी-सर्लाही पाइपलाइन र ५० हजार टनको भण्डारण बन्दै
ग्यास भण्डारणमा हालसम्म सरकारको उपस्थिति शून्यप्राय: रहेको अवस्थामा नेपाल आयल निगमले आफ्नै स्वामित्वमा भण्डारण गृह र सीमापार ग्यास पाइपलाइन निर्माण प्रक्रियालाई तीव्रता दिएको हो । ...

कांग्रेस देउवा समूहको महाधिवेशन : ३५ मध्ये नौ जिल्लामा नेतृत्व चयन
सम्पर्क कार्यालयका अनुसार देउवा समूहले एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका ३५ मध्ये नौ जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरेको हो । ...

एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर भेट्टायो । लुम्बिनीको जितमा आशिफ शेखले ३२ रन बनाए । २५ बलको सामना गरेका उनले २ ...

गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिप कुमार बगाले, ...


