Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार

गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार

काठमाडौं।शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढिरहेको जनाएको छ । मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी, चिकित्सा शिक्षा आयोगको स्थापना, छात्रवृत्ति व्यवस्थापन र देशभर चिकित्सा शिक्षाको पहुँच विस्तारलाई सहमति कार्यान्वयनका प्रमुख उपलब्धिका रूपमा उल्लेख गरेको हो । मन्त्रालयका अनुसार चिकित्सा शिक्षालाई नीतिगत तथा संस्थागत रूपमा व्यवस्थित बनाउने, शैक्षिक अवसर विस्तार गर्ने र सुशासन कायम गर्ने दिशामा विभिन्न सुधारका काम भएका छन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी भएपछि चिकित्सा शिक्षा आयोग स्थापना भएको र आयोगमार्फत साझा प्रवेश परीक्षा सञ्चालन, तहगत तथा विधागत कोटा निर्धारण, छात्रवृत्तिमा विद्यार्थी छनोट तथा व्यवस्थापन र शैक्षिक संस्थाको नियमनसम्बन्धी काम हुँदै आएको छ । “विभिन्न समयमा यस विषयमा भएका अध्ययन, कार्यदलका प्रतिवेदन एवम् अपेक्षित सुधारका विषयहरूको चरणबद्ध कार्यान्वयनबाट आज चिकित्सा शिक्षा सापेक्षित रूपमा व्यवस्थित, नेपालको आकर्षणको विषय बनेको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिकित्सा शिक्षाको पहुँच विस्तारका लागि सरकारले विभिन्न प्रदेशमा शैक्षिक संस्था स्थापना तथा पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षाका लागि पूर्वाधार विकाससँगै पठनपाठनसमेत सुरु भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गेटामा शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना भएर यस वर्षदेखि चिकित्सा शिक्षाका विभिन्न विधामा पठनपाठन सुरु भएको छ । त्यस्तै, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको बुटवल र मधेश प्रदेशको बर्दिबासमा चिकित्सा शिक्षाका लागि शैक्षिक संस्थाको पूर्वाधार विकास भइरहेको मन्त्रालयले जनाएको छ। चिकित्सा शिक्षा आयोगमार्फत शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया, तहगत तथा विधागत कोटा निर्धारण र विद्यार्थी भर्ना व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी तथा मापदण्डमा आधारित बनाइएको मन्त्रालयको भनाइ छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५, नियमावली २०७७ तथा सम्बन्धित मापदण्डअनुसार छात्रवृत्ति कोटा निर्धारण गरी ठूलो सङ्ख्यामा विद्यार्थीलाई निःशुल्क अध्ययनको अवसर प्रदान गरिएको पनि मन्त्रालयले जनाएको छ । प्रा. डा. केसीले चिकित्सा शिक्षामा सुधार, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न समयमा उठाएका विषयले नीतिगत तथा संस्थागत सुधारमा योगदान पुर्‍याएको मन्त्रालयले उल्लेख गरेको छ । पछिल्लो पटक २०८३ साउन ११ गते प्रा. डा. केसीसँग भएको सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन भई क्रियाशील रहेको मन्त्रालयले जनाएको छ । “पछिल्लो सहमतिमा भएका बुँदा कार्यान्वयनका लागि कार्यदलहरू गठन भई क्रियाशील छन्,” मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले चिकित्सा शिक्षा सुधारका साथै शिक्षा क्षेत्रको सेवा प्रवाह र सुशासनका विषयलाई आगामी दिनमा पनि प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

तीन महिनामा १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात
ताजा खबरJust now

तीन महिनामा १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात

काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा १२ करोड ९२ लाख रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्मको अवधिमा नेपालबाट १२ करोड ९२ लाख १ हजार रुपैयाँ बराबरको २०७ किलो यार्सागुम्बा विदेश निर्यात भएको हो । नेपालबाट निर्यात भएको यार्सागुम्बा कम्बोडिया, चीन, हङकङ, मलेसिया, मेक्सिको, नेदरल्यान्ड्स, पोल्यान्ड, सिंगापुर, स्विट्जरल्यान्ड, ताइवान, संयुक्त अधिराज्य र ...

केन्द्रबिन्दु
डोल्पामा हिमपातले ६ भारतीय पर्यटक सम्पर्कविहीन
ताजा खबरJust now

डोल्पामा हिमपातले ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं।भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। कात्तिक १४ गते राति करिब ९ बजे उनीहरू हिमपातमा फसेको जानकारी जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो। सम्पर्कविहीन हुनेमा प्याली कोल्ली, ममता हल्दार र जजला त्रिवेदी कुमारलगायत ६ जना छन्। घटनाबारे जानकारी पाएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर हेलिकप्टरमार्फत उद्धारको प्रक्रिया अघि बढाइएको छ। सञ्चार सम्पर्कमा समस्या हुँदा पर्यटकहरूको ...

नेपालन्युज
भोलिदेखि ३ महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने
ताजा खबरJust now

भोलिदेखि ३ महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

भोलि (कात्तिक १६ गते)देखि तीन महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएको छ।  सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।  गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो।  पेट्रोलियम पद... ...

नेपालखबर
तिहारमा पानी पर्ने सम्भावना कति ?
ताजा खबरJust now

तिहारमा पानी पर्ने सम्भावना कति ?

काठमाडौं । जलवायु तथा मौसमविज्ञ उज्ज्वल उपाध्यायले आगामी दुई सातासम्म नेपालमा ठूलो मौसमी प्रणाली विकसित हुने सम्भावना कम रहेको बताएका छन्। उनले बंगालको खाडीमा विकसित भइरहेको भनिएको ‘मुरासु’ नामक चक्रवाती वर्षा प्रणालीको प्रभाव नेपालमा पर्ने सम्भावना नरहेको बताएका हुन्। उपाध्यायका अनुसार उक्त प्रणालीको प्रभाव भारतको बिहारसम्म पनि पुग्न कठिन देखिएकाले नेपालमा त्यसको प्रभावबारे अनावश्यक चिन्ता लिनुपर्ने अवस्था छैन। नेपालमा अबको कम्तीमा दुई सातासम्म ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play