गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नगरपालिकामा हाटबजार ठेक्कामा अनियमितता गरी १ करोड ६० लाख रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजार सञ्चालनसम्बन्धी ठेक्कामा अनियमितता भएको उजुरीका आधारमा अनुसन्धान गर्दा १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिकाले वडा नम्बर ६ र ७ मा पशु, बाख्रा तथा गुदरी हाटबजार सञ्चालनबापतको राजस्व संकलन गर्न वडा नम्बर ८ का ठेकेदार वीरेन्द्र कुमार यादवलाई अमानतमा जिम्मेवारी दिएको थियो । नगरपालिकाको २०७८ साउन ४ गतेको कार्यपालिका बैठकले बुझाउनुपर्ने राजस्वमा २७ लाख ३४ हजार ९१३ रुपैयाँ छुट दिने निर्णय गरेको थियो । स्थानीय तहमा कर छुट दिनुपर्ने बाध्यात्मक अवस्था भएमा नगरसभाबाट मात्रै छुट दिन सकिने व्यवस्था रहे पनि कार्यपालिकाले नै छुट दिने निर्णय गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । त्यस्तै, २०७८ साउन १४ गतेको बैठकबाट प्रतिस्पर्धाविना सोझै अमानतमा ठेकेदारलाई जिम्मेवारी दिने निर्णय गरिएको थियो । ठेकेदारबाट असुल गरी नगरपालिकाको सञ्चित कोषमा दाखिला गर्नुपर्ने रकमसमेत असुल नगरिएको अख्तियारको आरोप छ । अख्तियारले तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थारू, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्त कुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतो, तत्कालीन राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पावरप्लेमै कर्णालीले गुमायो ३ विकेट
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले कमजोर सुरुवात गरेको छ। पावरप्ले सकिँदा कर्णालीले ३ विकेट क्षतिमा ३८ रन मात्र बनाएको हो। कर्णालीले ओपनर मार्क वाटलाई १ रनमा, दीपक डुम्रेलाई १३ र हुसेन तलातलाई ३ रनमा गुमाएको हो। जनकपुरका लागि राहुल यादवले २ तथा मोइन अलीले १ विकेट लिएका हुन्। ...

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर
सप्तरी। मधेस प्रदेशको सप्तरीलगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ। मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्याउन ग्रामीण क्षेत्रमा गोरुगाडा (बैलगाडा) प्रयोग हुँदै आएको छ। देशमा सुविधायुक्त नवीनतम यातायाताका साधन र प्रविधिको विकास भए पनि अझै पनि कतिपय ग्रामीण क्षेत्रमा कृषिजन्य सामग्री ओसार्ने गोरु गाडा निर्विकल्प साधनको रुपमा प्रयोग भइरहेको ...

हिमाली भेगमा हिमआँधी र हिम पहिरोको जोखिम, पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह
काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने भएकाले अध्यागमन विभागले पर्यटकलाई पदयात्रा नगर्न आग्रह गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते हिमाली क्षेत्रमा मौसम खराब हुने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उक्त समयमा […] ...

‘अर्नब’ चक्रवात : उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह
काठमाडौँ, कात्तिक १० गते । बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ... ...


