गुगलले सार्वजनिक गर्यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’

गुगलले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ । सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी पत्ता लगाउने, ती कमजोरीको परीक्षण गर्ने र समाधान विकास गर्ने क्षमतामा सुधार गरिएको यो मोडललाई साइबर सुरक्षा परीक्षणमा केन्द्रित गरिएको कम्पनीले जनाएको छ । गुगलको ब्लग पोस्टअनुसार कार्बनले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डेक्समा ५९ अंकसहित पहिलो स्थान हासिल गरेको छ । कम्पनीले यसलाई सुरुमा साइबर सुरक्षा क्षेत्रमा काम गर्ने सीमित विज्ञ तथा संस्थालाई उपलब्ध गराउने जनाएको छ । त्यसपछि ‘फेयरविन्ड प्रोग्राम’ मार्फत विश्वसनीय साझेदारलाई पहुँच दिइनेछ । गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले सामाजिक सञ्जाल एक्समार्फत नयाँ मोडल सार्वजनिक भएको जानकारी दिएका छन् । उनले गुगलले आफ्ना एआई मोडल नियमित रूपमा सार्वजनिक गर्ने योजनाअनुसार जेमिनाइ ४ कार्बन ल्याइएको बताएका छन् । जेमिनाइ ४ आर्गन सार्वजनिक भएको दुई सातापछि आएको कार्बनलाई लामो समयसम्म चल्ने जटिल इन्जिनियरिङ कार्य सम्पन्न गर्न सक्षम बनाइएको गुगल डीपमाइन्डले जनाएको छ । यसले ठूला सफ्टवेयर कोड संरचना र तल्लो तहका कम्प्युटर प्रणालीमा रहेका त्रुटिको मूल कारण पत्ता लगाउने तथा तिनको समाधान गर्ने काम गर्न सक्छ । सुरक्षा कमजोरी पत्ता लगाउन ८८.२ प्रतिशत सफलता गुगलका अनुसार सफ्टवेयर सुरक्षा कमजोरी पहिचान गर्ने एसईसी–बेन्च प्रो परीक्षणमा कार्बनले ८८.२ प्रतिशत अंक प्राप्त गरेको छ । त्यस्तै, सुरक्षा कमजोरीको दुरुपयोग सम्भव छ वा छैन भनेर परीक्षण गर्ने एक्सप्लोइटजिममा ५४.८ प्रतिशत र कमजोरी समाधान गर्ने क्षमता मापन गर्ने सीडब्ल्यूई–बेन्चमा ७१ प्रतिशत अंक प्राप्त गरेको कम्पनीले जनाएको छ । आन्तरिक परीक्षणमा सुरक्षित कोड निर्माण गर्ने क्षमतामा कार्बनले आर्गनको तुलनामा दोब्बरभन्दा बढी सफलता हासिल गरेको गुगलको दाबी छ । गुगलको क्रोम टोलीका अनुसार उच्च गुणस्तरका सफ्टवेयर सुधारसम्बन्धी कोड तयार गर्ने परीक्षणमा कार्बनले अर्को एआई प्रयोगशालाको अग्रणी मोडलको तुलनामा १० गुणाभन्दा बढी राम्रो प्रदर्शन गरेको छ । एआई मोडलहरू थप क्षमतावान् हुँदै जाँदा तिनको विश्वसनीयता र सुरक्षा सुनिश्चित गर्न पनि ध्यान दिइएको कम्पनीले जनाएको छ । आन्तरिक परीक्षणमा आर्गनको तुलनामा प्रमाणविहीन दाबी करिब आधाले घटेको र कोडिङ वातावरणमा गम्भीर प्रकृतिका सुरक्षा तथा व्यवहारगत जोखिमसम्बन्धी चेतावनी झन्डै ८० प्रतिशतले घटेको गुगलको भनाइ छ । टर्मिनल–बेन्च ४.० परीक्षणमा अनुचित तरिकाले सफलता हासिल गर्ने दर शून्यमा झरेको र त्यस्तो प्रयासको दर ०.४ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ । त्यस्तै, ग्रे स्वानको अप्रत्यक्ष प्रम्प्ट इन्जेक्सन परीक्षणमा मूल्यांकन गरिएका परीक्षणहरूमा आक्रमण सफल हुने दर शून्य प्रतिशत रहेको गुगलको दाबी छ । डेभलपरदेखि सर्वसाधारणसम्म विस्तार गर्ने योजना गुगलले नयाँ मोडललाई सुरुमा सीमित साइबर सुरक्षा विज्ञ तथा विश्वसनीय साझेदारलाई उपलब्ध गराएर प्रतिक्रिया संकलन गर्ने र सुरक्षा व्यवस्था थप मजबुत बनाउने योजना बनाएको छ । त्यसपछि डेभलपर, व्यावसायिक संस्था र सर्वसाधारणका लागि पहुँच विस्तार गरिने कम्पनीले जनाएको छ । मोडलको प्रारम्भिक मूल्य जेमिनाइ ४ आर्गनकै बराबर राखिएको छ । प्रति १० लाख इनपुट टोकनको मूल्य २ अमेरिकी डलर र प्रति १० लाख आउटपुट टोकनको मूल्य १० अमेरिकी डलर तोकिएको छ । क्यास गरिएका इनपुट टोकनमा भने ९५ प्रतिशत छुट दिइनेछ । नयाँ मोडलको क्षमता र सुरक्षासम्बन्धी परीक्षण जारी राख्दै चरणबद्ध रूपमा पहुँच विस्तार गरिने गुगलले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते
फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोकिँदा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा कार्यरत प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको छ । हिजो राति भएको सो दुर्घटनामा माटरसाइकल चालक प्रहरी जवान चौधरीको निधन भएको र गम्भीर घाइते भएकी उनकी पत्नी प्रहरी जवान निशा खड्काको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख एवं प्रहरी निरीक्षक कृष्णदेव साहले ...

दुई समूहको समानान्तर गतिविधिले निलम्बनमा पर्यो एनप्याब्सन
सरोकारवाला पक्षहरूलाई छलफल गराइ निर्देशन बमोजिमका कार्य गर्न आग्रह गर्दा नमानेकाले निलम्बन गरिएको गृहको दाबी छ । ...

दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी
अनामनगरस्थित अनलाइनको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेको हो। ...

कोशीमा १३ भाषाले पाउँदैछन् सरकारी मान्यता, कात्तिक २५ देखि ऐन लागू
कोशी प्रदेशमा नेपाली भाषासँगै थप १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको छ। प्रदेश सरकारले उक्त दिनलाई ‘प्रदेश भाषा दिवस’का रूपमा मनाउने र सरकारी कार्यालयमा दीपावली गर्ने निर्णय गरेको छ। १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीको अवसर पारेर सरकारी कामकाजको भाषा ऐन, २०८३ कार्यान्वयनमा ल्याउन लागिएको हो। शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले कात्तिक ...


