Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

10/30/2026, 6:24:41 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोकिँदा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा कार्यरत प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको छ । हिजो राति भएको सो दुर्घटनामा माटरसाइकल चालक प्रहरी जवान चौधरीको निधन भएको र गम्भीर घाइते भएकी उनकी पत्नी प्रहरी जवान निशा खड्काको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख एवं प्रहरी निरीक्षक कृष्णदेव साहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार रौतहटको फतुवा विजयपुर नगरपालिकाअन्तर्गत दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना२त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिँदा प्रहरी जवान चौधरीको निधन भएको र घाइते अवस्थामा रहकी श्रीमती खड्काको उपचारपछि स्वास्थ्यमा सुधार भएको छ । मोटरसाइकलमा सवार दुवै जनालाई उपचारका लागि एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल लगी उपचार गर्ने क्रममा प्रहरी जवान चौधरीको राति नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए । सो घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

जेनजी अभियान्ता रवि किरण भन्छन्- सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु लोकतन्त्रमाथिको प्रहार
OthersJust now

जेनजी अभियान्ता रवि किरण भन्छन्- सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु लोकतन्त्रमाथिको प्रहार

जेनजी अभियान्ता रवि किरण हमालले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै यस्तो अराजकीय व्यवहार तत्काल बन्द गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सत्ता आलोचनादेखि डराएर प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु लोकतन्त्रविरुद्धको कदम भएको बताएका छन् । उनले राज्यका सम्पूर्ण संयन्त्र—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेत बिचौलियाको चङ्गुलमा फस्ने, लुटतन्त्रको साम्राज्य खडा हुने र गुण्डराज ...

पर्दाफास
पत्रकार नियन्त्रणबारे प्रधानमन्त्री सचिवालयको दाबी- यसबारे कुनै जानकारी छैन
OthersJust now

पत्रकार नियन्त्रणबारे प्रधानमन्त्री सचिवालयको दाबी- यसबारे कुनै जानकारी छैन

यी घटनाक्रमहरूमा सम्माननीय प्रधानमन्त्रीज्यू, सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कुनै पनि संलग्नता छैन । हामीलाई यसबारे कुनै जानकारी छैन- दीपा दाहाल ...

अनलाइन खबर
समाचारकै आधारमा पत्रकार पक्राउ गर्नु पार्टी नीति र संविधान विपरीत : जगदीश खरेल
OthersJust now

समाचारकै आधारमा पत्रकार पक्राउ गर्नु पार्टी नीति र संविधान विपरीत : जगदीश खरेल

रास्वपाका प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने वा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको बताएका छन्। ...

अनलाइन खबर
नयाँ वित्तीय उपकरण विकास गर्न धितोपत्र बोर्डले गठन गर्‍यो ७ सदस्यीय समिति
OthersJust now

नयाँ वित्तीय उपकरण विकास गर्न धितोपत्र बोर्डले गठन गर्‍यो ७ सदस्यीय समिति

१३ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालन व्यवस्थापनसम्बन्धी समिति गठन गरेको छ। नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउँदै बजारको गहिराइ तथा विविधीकरण गर्ने उद्देश्यले विविध उपकरणको विकास गर्न समिति गठन गरिएको बोर्डले जनाएको छ । कार्यवाहक कार्यकारी निर्देशकको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play