जेनजी अभियान्ता रवि किरण भन्छन्- सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु लोकतन्त्रमाथिको प्रहार

जेनजी अभियान्ता रवि किरण हमालले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै यस्तो अराजकीय व्यवहार तत्काल बन्द गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सत्ता आलोचनादेखि डराएर प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु लोकतन्त्रविरुद्धको कदम भएको बताएका छन् । उनले राज्यका सम्पूर्ण संयन्त्र—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेत बिचौलियाको चङ्गुलमा फस्ने, लुटतन्त्रको साम्राज्य खडा हुने र गुण्डराज चल्ने अवस्था सिर्जना हुँदा त्यसविरुद्ध सत्य उजागर गर्ने पत्रकारलाई नै दबाउने प्रवृत्ति गम्भीर निरंकुशता र अराजकताको पराकाष्ठा भएको टिप्पणी गरेका छन्। ‘पत्रकारको कलम तर्साएर सत्यलाई कैद गर्न सकिँदैन,’ हमालले भनेका छन् । उनले लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रतामाथि हमला हुँदा मौन नबस्नसमेत नागरिकलाई आह्वान गरेका छन् । ‘विनाशकाले विपरीत बुद्धि’ भन्दै आफ्नो धारणा सुरु गरेका हमालले प्रेस स्वतन्त्रताको रक्षा लोकतन्त्र र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षासँग जोडिएको बताएका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पत्रकार पक्राउलाई रास्वपाले भन्यो- ‘विधिको शासनको ठाडो उल्लङ्घन’
विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा खोजी जारी राखेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक प्रणालीमाथि प्रहार गर्ने यस्तो कार्यप्रति कडा आपत्ति जनाइएको छ । खरेलका अनुसार लोकतन्त्रको प्राण र सौन्दर्य नै यसका स्वायत्त, सक्षम र उत्तरदायी संस्था हुन् । नागरिकको आवाज ...

पक्राउ परेका सबै पत्रकार रिहा भएको सञ्चारमन्त्रीको भनाइ, प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता
सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमील्सीनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्। विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको तथा पत्रकारको खोजी गर्दै सञ्चारगृहमा पुगेको घटनाप्रति विरोध भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत रिहाइको जानकारी दिएका हुन्। ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ सञ्चारमन्त्रीले लेखेका छन्। उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वतन्त्र प्रेस ...

रास्वपा सचेतकले भने- पुलिस स्टेट बन्द गर
‘समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयाससप्रति घोर भर्त्सना गर्दछु ।’ ...

पत्रकार पक्राउविरुद्ध रास्वपासहितका ठूला दलको एकस्वर
पत्रकारहरूलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सहितका ठूला दलले विरोध गरेका छन् । ...


