Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कोशीमा १३ भाषाले पाउँदैछन् सरकारी मान्यता, कात्तिक २५ देखि ऐन लागू

कोशीमा १३ भाषाले पाउँदैछन् सरकारी मान्यता, कात्तिक २५ देखि ऐन लागू

10/30/2026, 6:19:50 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कोशीमा १३ भाषाले पाउँदैछन् सरकारी मान्यता, कात्तिक २५ देखि ऐन लागू

कोशी प्रदेशमा नेपाली भाषासँगै थप १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको छ। प्रदेश सरकारले उक्त दिनलाई ‘प्रदेश भाषा दिवस’का रूपमा मनाउने र सरकारी कार्यालयमा दीपावली गर्ने निर्णय गरेको छ। १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीको अवसर पारेर सरकारी कामकाजको भाषा ऐन, २०८३ कार्यान्वयनमा ल्याउन लागिएको हो। शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले कात्तिक २५ गतेदेखि ऐन लागू गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए। उनका अनुसार प्रत्येक वर्ष उक्त दिन प्रदेश भाषा दिवस मनाइनेछ। भाषा दिवसका अवसरमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायका कार्यालयमा दीपावली गरिने निर्णयसमेत बैठकले गरेको छ। प्रदेश सरकारले राजनीतिक दल, गैरसरकारी संघसंस्था र नागरिक समाजलाई पनि दीपावली गरी दिवस मनाउन आह्वान गरेको छ। कोशी प्रदेशसभाले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक, २०८३ असोज २४ गते सर्वसम्मत रूपमा पारित गरेको थियो। प्रदेश प्रमुख परशुराम खापुङले प्रमाणीकरण गरेपछि विधेयकले कानुनी रूप लिएको हो। ऐनले नेपाली भाषाका अतिरिक्त मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था गरेको छ। यससँगै प्रदेशका विभिन्न भाषिक समुदायले आफ्ना भाषा सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी आधार पाउनेछन्। भाषा, संस्कृति र समुदायबीच समान सम्मानको भावना विकास गर्दै सामाजिक एकता सुदृढ गर्न ऐनले सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

पत्रकारहरू पक्राउबारे गृह प्रवक्ता भन्छन्- जानकारी छैन भन्दिनँ, तर थप बुझ्नुपर्छ
OthersJust now

पत्रकारहरू पक्राउबारे गृह प्रवक्ता भन्छन्- जानकारी छैन भन्दिनँ, तर थप बुझ्नुपर्छ

झण्डै दुई मिनेटको कुराकानीमा गृह प्रवक्ता काफ्ले पटक–पटक आफूलाई ‘जानकारी नरहेको नभन्ने, तर थप बुझ्नुपर्ने’ शब्द मात्रै दोहोर्‍याइरहे । ...

अनलाइन खबर
आउने चुनावमा मिल्दैछन् एमाले–नेकपा ?
OthersJust now

आउने चुनावमा मिल्दैछन् एमाले–नेकपा ?

दुवै तर्फका उच्च स्रोतका अनुसार प्रदेश सरकारमा सहकार्य गर्दा नै आगामी स्थानीय र प्रदेश सभा चुनावमा सहकार्य गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ । ...

अनलाइन खबर
नेपाल प्रेस र मोटिभेट न्युजका पत्रकार पक्राउ, नयाँ पत्रिका र दियो पोस्टमा प्रहरी परिचालन
OthersJust now

नेपाल प्रेस र मोटिभेट न्युजका पत्रकार पक्राउ, नयाँ पत्रिका र दियो पोस्टमा प्रहरी परिचालन

पत्रकारहरूमाथि प्रहरीले धरपकड थालेको छ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटाको मोबाइलमा भेटिएको सम्पर्क विवरण सार्वजनिक गर्ने पत्रकारहरूमाथि प्रहरीले धरपकड गरेको हो। प्रहरीले प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्दै विवरण सार्वजनिक गरेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई शुक्रबार पक्राउ गरेको छ। प्रहरीले आजै मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई पक्राउ गरेको थियो । बराल ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play