Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

गाजामा इजरायली हवाई आक्रमणबाट हमासका आन्तरिक सुरक्षा प्रमुख मारिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
गाजामा इजरायली हवाई आक्रमणबाट हमासका आन्तरिक सुरक्षा प्रमुख मारिए
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ९ । गाजामा रहेको हमासको आन्तरिक सुरक्षा एजेन्सीका प्रमुख नइम अबु नाहल इजरायली आक्रमणमा मारिएका छन्। गाजामा हमासद्वारा सञ्चालित गृह मन्त्रालयका अनुसार गाजा शहरको पश्चिमी भागमा गरिएको हवाई आक्रमणमा नइम अबु नहललाई लक्षित गरिएको थियो। ५० वर्षीय नइम अबु नहललाई यस वर्षको सेप्टेम्बरमा उक्त पदमा नियुक्त गरिएको थियो। उनका पूर्ववर्तीलाई इजरायली सेनाको विशेष बलको अपरेशनको क्रममा पक्राउ गरिएको थियो र नाहललाई यो जिम्मेवारी दिइएको थियो। अर्कोतर्फ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले पनि सैन्य कारबाहीमा नइम अबु नाहल मारिएको घोषणा गरेका छन् । यसअघि, प्यालेस्टिनी सहायताकर्मी र चिकित्सा अधिकारीहरूले मंगलबार गाजामा भएका दुई अन्य इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु भएको बताएका थिए । अधिकारीहरूका अनुसार गाजा शहरको दक्षिणमा रहेको वादी गाजा क्षेत्रमा भएको आक्रमणमा एक युवकसहित तीन जनाको मृत्यु भएको छ । यसैबीच, खान युनिसको पश्चिममा रहेको अल(मवासी क्षेत्रमा रहेको प्रहरी चौकीमा भएको दोस्रो आक्रमणमा दुई प्रहरीसहित तीन जनाको मृत्यु भएको छ। गृह मन्त्रालय अन्तर्गत कार्यरत गाजा प्रहरीले दोस्रो आक्रमणको निन्दा गर्दै यो क्षेत्रमा अराजकता फैलाउने उद्देश्यले प्रहरी संस्थाहरूलाई लक्षित गर्ने चलिरहेको अभियानको एक हिस्सा भएको बताएको छ । इजरायली सेनाले उक्त क्षेत्रमा आतंकवादीहरूलाई लक्षित गरेको बताएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज
Latest NewsJust now

राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज

काठमाडाैँ । नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयले कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित राष्ट्रिय मनिचेञ्जर प्रा.लि. को इजाजतपत्र खारेज गरेको छ। भीमदत्तनगर–४, महेन्द्रनगरमा रहेको उक्त मनिचेञ्जरले राष्ट्र बैंकबाट भारतीय मुद्रा खरिद–बिक्री कारोबार गर्न इजाजतपत्र पाएको थियो। कम्पनीले कारोबार बन्द गरेपछि इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएको थियो। निवेदनका आधारमा बैंकले नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ ...

टक्सार
बाजुराकी २० वर्षीया सुत्केरीको हवाई उद्धार
Latest NewsJust now

बाजुराकी २० वर्षीया सुत्केरीको हवाई उद्धार

काठमाडौं। बाजुराको बुढीनन्दा नगरपालिका-१ की २० वर्षीया एक महिलाको हवाई उद्धार गरिएको छ। जटिल प्रसूति समस्यामा परेकी ती महिलालाई मङ्सिर ९ गते नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो। दुर्गम भेगका स्वास्थ्य सेवाको पहुँच नभएका गर्भवती तथा ...

नेपालन्युज
पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर–कमला सडक निर्माण अन्तिम चरणमा
Latest NewsJust now

पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर–कमला सडक निर्माण अन्तिम चरणमा

जीवछ यादव सिरहा, मङ्सिर १० गते । पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुर–कमला सडक निर्माण प्रगति ८० प्रतिशतभन्दा बढी भएको छ । ८७ किलोमिटर चार लेन सडकको पश्चिमी खण्ड कुशहा–कमला ४७.२ किल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement