काठमाडौं। बाजुराको बुढीनन्दा नगरपालिका-१ की २० वर्षीया एक महिलाको हवाई उद्धार गरिएको छ। जटिल प्रसूति समस्यामा परेकी ती महिलालाई मङ्सिर ९ गते नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याइएको हो। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो। दुर्गम भेगका स्वास्थ्य सेवाको पहुँच नभएका गर्भवती तथा सुत्केरी महिलाको ज्यान बचाउने र मातृ तथा शिशु मृत्युदर घटाउने उद्देश्यले मन्त्रालयले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
बाजुराकी २० वर्षीया सुत्केरीको हवाई उद्धार

Read Complete Original Article
Published originally on नेपालन्युज






