काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर नयाँ ऊर्जा मिश्रण नीति ल्याउने तयारी गरेको छ । नयाँ नीतिमार्फत जलविद्युत्का विभिन्न प्रकारसँगै सौर्य, वायु र अन्य वैकल्पिक ऊर्जाको उत्पादन हिस्सा निर्धारण गरी लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता ९पीपीए० खुलाउने सरकारको योजना छ । ऊर्जा मिश्रणमा विविधता ल्याउँदै वर्षायाममा बढी र हिउँदमा कम विद्युत् उत्पादन हुने समस्या समाधान गर्ने सरकारको रणनीति छ । त्यसका लागि जलाशययुक्त, अर्धजलाशययुक्त र पम्प स्टोरेज आयोजनालाई समेत प्राथमिकता दिने तयारी छ । हाल ४ हजार २०० मेगावाट हाराहारी जडित क्षमता रहेको नेपालमा पीपीएका लागि १६ हजार ४२५ मेगावाटभन्दा बढी क्षमताका २८१ आयोजना प्रतीक्षामा छन् । पीपीए रोकिँदा निजी क्षेत्रको लगानी र आयोजना निर्माण प्रभावित हुँदै आएको छ । नयाँ ऊर्जा मिश्रणले पीपीए प्रक्रियालाई गति दिनुका साथै विद्युत् उत्पादन, आन्तरिक खपत र निर्यातबीच सन्तुलन कायम गर्ने अपेक्षा गरिएको छ । तर ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न उत्पादनसँगै प्रसारण पूर्वाधार, स्वदेशी बजार विस्तार र भारत तथा बंगलादेशमा निर्यात सुनिश्चित गर्नु सरकारका लागि मुख्य चुनौती हुनेछ ।
ऊर्जा मिश्रण बदल्ने सरकारको तयारी, रोकिएको पीपीए खुल्ने संकेत

Read Complete Original Article
Published originally on टक्सार






