Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

एचएचएफ नेपालद्वारा विश्व एड्स दिवसमा सांगीतिक कन्सर्ट आयोजना गर्ने घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एचएचएफ नेपालद्वारा विश्व एड्स दिवसमा सांगीतिक कन्सर्ट आयोजना गर्ने घोषणा
Photo / Coverage: कर्पोरट खबर

एड्स हेल्थ केयर फाउन्डेसन (एचएचएफ) नेपालले विश्व एड्स दिवसको अवसरमा सांगीतिक कन्सर्ट आयोजना गर्ने घोषणा गरेको छ । एचएचएफ नेपालले मंगलबार काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसको संगम स्वर्णिम हलमा पत्रकार सम्मेलन गरी आगामी डिसेम्बर १, २०२६ मा ‘विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६’ आयोजना गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व तथा एचएचएफका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा एचएचएफका प्रतिनिधिहरूले आगामी सांगीतिक कन्सर्टको उद्देश्य र महत्वबारे जानकारी गराएका थिए । कार्यक्रमको व्यवस्थापन तथा सञ्चार समन्वयको काम मार्स एड्भर्टाइजिङ एन्ड रिसर्च प्रालिले गरेको थियो । आगामी डिसेम्बर १ मा आयोजना हुने उक्त कन्सर्टले संगीत र मनोरञ्जनमार्फत एचआईभी/एड्ससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । सांगीतिक प्रस्तुतिसँगै कार्यक्रमले समयमै एचआईभी परीक्षण गर्न प्रोत्साहित गर्ने, उपचारको महत्वबारे जनचेतना फैलाउने र एचआईभी संक्रमित व्यक्तिहरूका लागि सहयोगी वातावरण निर्माण गर्न जोड दिनेछ । कन्सर्टमा सहभागी हुन इच्छुकले खल्ती एपमार्फत निःशुल्क नाम दर्ता गर्न सक्नेछन् । यसले सहभागीहरूलाई सहज रूपमा दर्ता प्रक्रिया पूरा गरी संगीत, जनचेतना र ऐक्यबद्धताको उक्त कार्यक्रममा सहभागी हुन मद्दत पुग्ने आयोजकले जनाएको छ । त्यसैगरी, यस अभियानले एचआईभी/एड्ससँग जोडिएका सामाजिक लाञ्छना र भेदभावविरुद्ध एकजुट हुनुपर्ने आवश्यकतामा समेत जोड दिएको छ । संगीत, जनसहभागिता र चेतनामूलक गतिविधिमार्फत खुला संवादलाई प्रोत्साहन गर्ने, गलत धारणाहरूलाई चिर्ने तथा थप सुसूचित र समावेशी समाज निर्माणका लागि सामूहिक जिम्मेवारीको भावना जगाउने एचएचएफ नेपालको लक्ष्य छ । कन्सर्टले कलाकार, दर्शक र आम समुदायलाई एउटै स्थानमा जोड्नेछ । मनोरञ्जन, जनचेतना र पैरवीको संयोजनमार्फत विश्व एड्स दिवस मनाइने आयोजकले जनाएको छ । The post एचएचएफ नेपालद्वारा विश्व एड्स दिवसमा सांगीतिक कन्सर्ट आयोजना गर्ने घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन
Latest NewsJust now

मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन

काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौँको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन्। मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी कोल्ड स्टोरेजमा पुगेकी हुन्। छड्के अनुगमनका क्रममा उनले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा ...

नेपालन्युज
बीमा दाबी भुक्तानीमा ढिलाइ भए उजुरी गर्न प्राधिकरणको आग्रह
Latest NewsJust now

बीमा दाबी भुक्तानीमा ढिलाइ भए उजुरी गर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा ढिलाइ भएमा आवश्यक प्रमाणसहित उजुरी गर्न बीमितलाई आग्रह गरेको छ । प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो, सरल र सहज बनाउन विभिन्न व्यवस्था गरेको जनाएको छ । बीमा क्षेत्रलाई पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले दाबी भुक्तानी प्रक्रियालाई प्रविधिमैत्रीसमेत बनाइएको प्राधिकरणले जनाएको छ । बीमा ऐन, नियमावली तथा […] ...

लोकपथ
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
Latest NewsJust now

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई लक्षित गर्दै उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न पाँच स्वादमा उपलब्ध इनर्जी ड्रिंकको प्रवर्द्धन गर्दै उपभोक्तालाई सुनको क्यान जित्ने अवसरसहित नयाँ योजना ल्याएको हो । योजनाअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक खरिद गर्ने उपभोक्तामध्ये ६ जना भाग्यशाली विजेताले सुनको क्यान उपहारस्वरूप प्राप्त गर्नेछन् । अफरमा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान ...

फरकधार
अस्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश
Latest NewsJust now

अस्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश

क्यानबेरा । अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् । लिबरल पार्टीबाट निर्वाचित ब्लिथले बिहीबार आफ्नो राजनीतिक दल परिवर्तनको घोषणा गरेकी हुन् । उनको यो निर्णयसँगै संघीय संसद्को माथिल्लो सदन सिनेटमा वान नेशनको उपस्थिति थप बलियो बनेको छ । ब्लिथको पार्टी परिवर्तनलाई लिबरल पार्टीका लागि अर्को ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement