क्रिकेटमा प्रविधिको नयाँ फड्को, एनपीएलमा डीआरएसकाे प्रयोग हुने

कीर्तिपुर मैदानमा यही कात्तिक ९ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) काे प्रयोग हुने भएको छ । नेपाल प्रिमियर लिगकाे अफिसियल फेसबुक पेजमार्फत यसपटकको एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो । डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ जसका कारण बलिङ टिमले विकेट प्राप्त गर्न सक्छ भने ब्याटिङ टिमले विकेट फर्काउन सक्छ । अब एनपीएलमा एलबीडब्लुको रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङको प्रयोगका साथै रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू हुनेछ । यस्तै एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन पनि हुनेछ भने हाइटको वाइड, छक्काको लम्बाई र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुने जनाएको छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलमा डीआरएस प्रयोग हुने कुरा नेपाली क्रिकेटका लागि काेशेढुंगा सावित हुने बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कर्णालीमा साढे ५ लाख पर्यटक पुगे
कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख ४० हजार ७२८ जना आन्तरिक तथा बाह्य पर्यटक आएको सरकारी तथ्यांक छ । तर, प्रदेशको साहसिक पर्यटनको महत्वपूर्ण क्षेत्र जलयात्रा (¥याफ्टिङ) का लागि आउने पर्यटकको संख्या भने मन्त्रालयले सार्वजनिक गरेको विवरणमा समेटिएको छैन । यसले प्रदेशको पर्यटन तथ्यांक संकलन प्रणाली र विवरणको पूर्णतामाथि प्रश्न उठाएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण ...

सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा
बडादशैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बलले नेपालको निशान, मौलो तथा कोत पूजा गरेको छ । कार्तिक ३ गते महानवमीका दिन सशस्त्र प्रहरी बलले नेपालको निशान, मौलो तथा कोत पूजा हलचोक स्वयम्भूस्थित नम्बर १९ बगलामुखी विशेष कार्यदल गणमा आयोजना गरेको हो । संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यतामा बिहान ७ बजेर ३५ मिनेटको पूजाको संकल्प साइतमा सुरु भएको पूजा ...

सलमान खानलाई बिश्नोई समाजले भन्यो, ‘माफी माग’
बलिउड अभिनेता टाइगर श्रॉफमाथि गोली प्रहारको घटना सार्वजनिक भएपछि अभिनेता सलमान खान र लरेन्स बिश्नोईबीचको पुरानो विवाद फेरि चर्चामा आएको छ । यसैबीच, जोधपुरका बिश्नोई समाजसँग सम्बन्धित देवन्द्र बुढियाले सलमान खानलाई समाजसँग माफी मागेर विवाद अन्त्य गर्न आग्रह गरेका छन् । बुढियाका अनुसार, कुनै समुदायसँग माफी माग्दैमा व्यक्तिको प्रतिष्ठा घट्दैन । सलमान खानले आफैँ अघि… ...



