काठमाडौँ । पश्चिम नेपालमा पश्चिमी वायुको आंशिक प्रभावमा छ भने पूर्वी नेपालमा भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावमा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो मधेश र कोसी प्रदेशका साथै गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र मधेश प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना

Read Complete Original Article
Published originally on नेपालन्युज





