कुरियरमार्फत गाँजा पठाउने दुई भारतीय नागरिक पक्राउ

काठमाडौं। लागुऔषध नियन्त्रण ब्यूरोले अमेरिकाबाट कुरियरमार्फत नेपाल पठाइएको लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका २३ वर्षीय भावर्सिङ र सोही स्थानका ३३ वर्षीय वन्दित पटेल रहेका छन्। ब्यूरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले १० कात्तिकमा कागजातको आवरणमा लुकाइछिपाई ल्याइएको एक किलो ३३८ ग्राम गाँजा बरामद गरेको थियो। विदेशबाट कुरियरमार्फत लागुऔषध आएको सूचना पाएपछि ब्यूरोको टोलीले निगरानी बढाएको थियो। सोही क्रममा शङ्कास्पद सामग्री जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो। प्रहरीले डेलिभरी नियन्त्रण विधि प्रयोग गरी उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले गाँजा नेपाल ल्याउनुको मुख्य उद्देश्य, यसको गन्तव्य र अन्य व्यक्तिको संलग्नताका विषयमा अनुसन्धान केन्द्रित गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा छुट्टै इजलास गठन गरिँदै
काठमाडौं । सहकारीसम्बन्धी मुद्दाहरूको सुनुवाइ छुट्टै इजलासबाट हुने भएको छ । सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ छिटोछरितो बनाउन एक थानभन्दा बढी मुद्दा रहेका जिल्ला अदालतमा समर्पित इजलास (डेडिकेटेड बेञ्च) गठन गरी सुनुवाइको व्यवस्था गर्न निर्देशन दिएसँगै सहकारीसम्बन्धी मुद्दाहरूको सुनुवाइ छुट्टै इजलासबाट हुने भएको हो । सहकारीसम्बन्धी मुद्दाको संख्या एक सयभन्दा बढी भएका जिल्ला अदालतमा समर्पित इजलास गठन गर्ने र त्यसभन्दा कम मुद्दा ...

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो
नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्रा महँगिएका छन्। तर, युरो, पाउन्ड लगायत कतिपय मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ। हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो ... ...

नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
काठमाडौँ, कात्तिक १२ गते । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली ‘अर्णव’ चक्रवात भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा बुधबार प्रवेश गरेको छ । चक्रवातले भारतक... ...

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, आजदेखि नेपालमा जोखिम
काठमाडौं । बंगालको खाडीबाट विकसित भएर आएको ‘अर्नब’ चक्रवातले छिमेकी देश भारतको आन्ध्र प्रदेश र ओडिसाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार यानमको दक्षिणमा, बापटला र विशाखापट्टनमको बीचमा तटमा ठोक्किएको यस भीषण चक्रवातका कारण प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्मको तीव्र गतिमा हावा चलेको थियो । यसको असर भारतका एक दर्जनभन्दा बढी राज्यहरूमा फैलिसकेको छ ...


