कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी । कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ । विपद्का समयमा आकस्मिक रुपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण गरिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा र ६ धिरच्याङमा प्रसारण लाइनका तीनवटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित एक सय ७६ मेगावाट विद्युत् गत असोज ११ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन् । नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेश ग्रिड शाखा पोखराका प्रमुख रोशन खड्काले बाढीले ढलाएका तीन वटा टावरको विकल्पमा एक वटा अस्थायी टावर बनाई तार तान्ने काम सकिएपछि शनिबार राती साढे १० बजे लाइन चार्ज गरिएको जानकारी दिनुभयो । “नेपाल विद्युत प्राधिकरण र कालीग्ण्डकी वेसिनमा रहेका जलविद्युत आयोजनाका प्राबिधिक जनशक्ति परिचालन गरेर बाढीले क्षति पु¥याएको २० दिनमै मर्मत गरेर विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न सफल भएका हौ,” उहाँले भन्नुभयो “यस क्षेत्रका सबै आयोजनाले उत्पादन गरेको विद्युत खपत हुने वातावरण बनेको छ ।” प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीले क्षतिग्रस्त भएका तीनवटा टावरको विकल्पमा क्यानाडा प्रविधिको एकवटा अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गरिएको बताउनुभयो । बेनी–जोमसोम सडकको भिरकाटे खण्ड देखि पारी रहेको अन्नपूर्ण गाउँपालिका–१ दोबाको औलामा अस्थायी टावर निर्माण भएको छ । कालीगण्डकी वेसिनमा रहेका जलविद्युत आयोजनाहरु र महाशाखाका गरी २० जनाभन्दा बढी इन्जिनियर, त्यति नै संख्यामा प्राविधिक र ५० जना भन्दा बढी मजदुरहरु पछिल्लो १५ दिनयता परिचालन भएका थिए । अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्ने र क्षतिग्रस्त टावरको पुनर्निर्माणको प्रक्रिया पनि सँगसँगै अगाडी बढाउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्रसारणलाइनको टावरमा क्षति पुगेपछि दाना–खुर्कोट प्रसारणलाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ती गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२, ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना र मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको थियो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान नगर्ने
काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान कार्यक्रम नगर्ने भएको छ। देश शोकमा रहेकाले यसपालि चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ। कांग्रेसले जारी गरेको विज्ञप्तिमा भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको तथा बूढीगण्डकीमा आएको बाढीले समेत थप क्षति पुर्याएको उल्लेख गरिएको छ। देशले दुःखद् परिस्थिति सामना गरिरहेका बेला कोजाग्रत पूर्णिमाको ...

बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब आठ लाख सहयोग
म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरुबाट करिब आठ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामाअष्ट्रेलिया मा रहेका जलजला जन्मथलो भएकाहरु आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ले रु सात लाख ८३ हजार ३५८ दशमलव पाँच सहयोग गरेको हो। अष्ट्रेलियामा रहेका विक्रम खत्रीको नेतृत्वमा संकलन गरिएको उक्त रकम जलजला गाउँपालिकाको विपद् कोषमा ...

करदाता प्रोत्साहन कार्यक्रम : ३ हजारको किनमेलमा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार
काठमाडाैं । आन्तरिक राजश्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् । दशैंका अवसरमा नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’ बाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका लागि छनोट भएको हो । काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममार्फत ...

कोजाग्रत पूर्णिमामा यस पटक कांग्रेसको चियापान कार्यक्रम नहुने
काठमाडौं।नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। देशका विभिन्न क्षेत्रमा बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्याएको र मुलुक शोकमा रहेकाले कार्यक्रम नगर्ने निर्णय गरिएको पार्टीले जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा भोटेकोसी र बूढीगण्डकीमा आएको बाढीबाट ठूलो क्षति भएको उल्लेख छ। विपद्का कारण जनधनको क्षति भएको तथा धेरै ...


