Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं-तराई/मधेश द्रुतमार्ग : राष्ट्रपतिको उपस्थितिमा आज महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं-तराई/मधेश द्रुतमार्ग : राष्ट्रपतिको उपस्थितिमा आज महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ हुँदै
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर २ । काठमाडौं–तराई/मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त सुरुङ छिचोल्न लागिएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार राष्ट्रपति पौडेलका उपस्थितिमा आज महादेवटार सुरुङ ब्रेक थ्रु हुँदैछ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये आज ब्रेक थ्रु गरिने सुरुङको लम्बाइ करिब ३.४५ किलोमिटर छ । यसअघि भदौ महिनामै ब्रेक थ्रु भइसकेको अर्को सुरुङको लम्बाई ३ किलोमिटर ४८६ मिटर लामो छ । आजको ब्रेक थ्रुसँगै महादेवटारमा समानान्तर रूपमा निर्माण गरिएका दुवै सुरुङको खन्ने काम पूरा हुनेछ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म जोड्ने द्रुतमार्गको कुल लम्बाइ ७० किलोमिटर ९७७ मिटर रहेको छ । यसमा सातवटा सुरुङ निर्माण भइरहेका छन् । सात सुरुङको कुल लम्बाइ ११.२ किलोमिटर रहेको छ । महादेवटारसँगै यसअघि मकवानरमै पर्ने धेद्रे र लेनडाँडा सुरुङको पनि ब्रेक थ्रु भइसकेको छ । धेद्रे सुरुङ एक हजार ६९१ मिटर र लेनडाँडा सुरुङ एक हजार ६२३ मिटर लामो छ। यी सुरुङमा अहिले फिनिसिङको काम भइरहेको छ। द्रुतमार्गमा भित्रिने र बाहिरिने सवारीका लागि समानान्तर सुरुङ निर्माण गरिएको हो। अन्य सुरुङमा भने खनाइ र निर्माणको काम जारी छ। दुई किलोमिटरभन्दा लामो चन्द्रामभीरसुरुङसहित देवीचौर, सिसौटार र मौरीभीर सुरुङ निर्माणाधीन छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने तयारी, प्रधानमन्त्री शाहको भ्रमणमा यस्ता छन् एजेन्डा
Economy & BusinessJust now

नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने तयारी, प्रधानमन्त्री शाहको भ्रमणमा यस्ता छन् एजेन्डा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ । उनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदै छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल ...

आजको अर्थ
काठमाडौँ–तराई द्रुतमार्गमा ठूलो उपलब्धि, ३ हजार ३९९ मिटर लामो महादेवटार सुरुङ छिचोलियो
Economy & BusinessJust now

काठमाडौँ–तराई द्रुतमार्गमा ठूलो उपलब्धि, ३ हजार ३९९ मिटर लामो महादेवटार सुरुङ छिचोलियो

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधिन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्र्तगत मकवानपुर महादेवटार सुरुङको ( ३.३९९ मिटर) बुधबार ‘ब्रैक थ्रु’ गरेका छन् । बुधबार सो समारोहलाई ...

अर्थडबली
बजेट खर्चमा सरकारको कमजोर प्रदर्शन : पहिलो चौमासिकमा लक्ष्यकाे २३.३७ प्रतिशत मात्रै खर्च
Economy & BusinessJust now

बजेट खर्चमा सरकारको कमजोर प्रदर्शन : पहिलो चौमासिकमा लक्ष्यकाे २३.३७ प्रतिशत मात्रै खर्च

काठमाडौँ / करिब दुई तिहाइ बहुमत पाएकाे बालेन्द्र शाह (बालेन) नेतृत्वकाे सरकारले बजेट खर्चमा लक्ष्यअनुसार सन्तोषजनक प्रगति हासिल गर्न सकेको छैन। सरकारले चालु आर्थिक वर्ष ...

अर्थडबली
प्रधानमन्त्री शाहको पहिलो औपचारिक भारत भ्रमण, कनेक्टिभिटी र पूर्वाधार विकास प्राथमिकतामा
Economy & BusinessJust now

प्रधानमन्त्री शाहको पहिलो औपचारिक भारत भ्रमण, कनेक्टिभिटी र पूर्वाधार विकास प्राथमिकतामा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा हवाई तथा रेल कनेक्टिभिटी विस्तार, पूर्वाधार विकास र ऊर्जा सहकार्य मुख्य एजेन्डा बन्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ गते दुईदिने औपचारिक भ्रमणका लागि भारत जाँदै छन्। प्रधानमन्त्री बनेपछि छिमेकी मुलुक भारतको यो उनको पहिलो औपचारिक भ्रमण हो। भ्रमणको तयारी परराष्ट्र मन्त्रालयल… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play