‘काठमाडौंलाई दौडिएर होइन, महसुस गरेर अपनत्व लिनुपर्छ’ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली, मन्दिर र सम्पदा केवल भौतिक संरचना नभई यहाँको मौलिक जीवनशैली र पहिचान भएको बताएकी छन्। उनले काठमाडौंलाई केवल दौडिएर पार गर्ने नभई यसको संस्कृति, सम्पदा र जनजीवनलाई नजिकबाट महसुस गर्नुपर्नेमा जोड दिएकी छन्। काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्रबाट आयोजना गरेको १० किलोमिटर लामो ‘हेरिटेज रन’ लाई सम्बोधन गर्दै डंगोलले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले आफ्ना कार्यक्रम अघि बढाइरहेको बताइन्। उनका अनुसार काठमाडौंका मन्दिर, ऐतिहासिक गल्ली, भजन–कीर्तन, परम्परागत खानपान र बिहानको मौलिक वातावरणले सहरलाई जीवन्त बनाएको छ। पैदल हिँड्दा वा दौडिँदा सहरसँग आत्मीय सम्बन्ध स्थापित हुने उनको भनाइ छ। ‘हेरिटेज रन केवल दौड प्रतियोगिता होइन, काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर हो। हाम्रो उद्देश्य दौडिनु मात्र नभई काठमाडौंलाई महसुस गर्नु र यसप्रति अपनत्व बढाउनु हो,’ डंगोलले भनिन्। हेरिटेज रनमा विभिन्न पुस्ताको उत्साहजनक सहभागिता देखिएको थियो। हजुरबुवा–हजुरआमादेखि नातिनातिनासम्म सहभागी भएको कार्यक्रममा ७५ वर्षका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकासम्मले १० किलोमिटर दूरी पूरा गरेका थिए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु, ५ बेपत्ता
काठमाडौं । सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीमा दिउँसो करिब २ बजे दुर्घटना भएको हो । भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोटमा १४ जना सवार थिए । दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली परिचालन गरिएको छ । बेपत्ताको खोजी तथा ...

उदयपुरमा स्कुटरको ठक्करबाट ५२ वर्षीय पैदलयात्रीको मृत्यु
उदयपुर । उदयपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–११ संगम टोलस्थित सडकमा इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ठाउँका ५२ वर्षीय रामबहादुर कार्की रहेका छन्। स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। दुर्घटनापछि ...

दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो
• ताप्लेजुङको पाथीभरामा आइतबार २,३५५ जना भक्तजनले दर्शन गरेका छन्, जुन शनिबारको ४,३०९ जनाको तुलनामा घटेको हो। • पाथीभरा दर्शनको संख्या दशैंको नवरात्रि यता सबैभन्दा बढी रहेको छ, भक्तजन नेपालका विभिन्न जिल्लासँगै भारतका सिक्किम र दार्जिलिङबाट पनि आएका छन्। • पाथीभरा पुग्नका लागि काफ्ले पाटीबाट पाँच किलोमिटरको उकालो पदमार्ग प्रयोग गर्न सकिन्छ, जहाँ सहयोगीहरूको व्यवस्था पनि गरिएको छ। ...



