Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कांग्रेस नरहरिनाथ गाउँपालिकाले प्रत्येक हप्ता श्रमदान गर्ने

कांग्रेस नरहरिनाथ गाउँपालिकाले प्रत्येक हप्ता श्रमदान गर्ने

10/18/2026, 5:36:37 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस नरहरिनाथ गाउँपालिकाले प्रत्येक हप्ता श्रमदान गर्ने

नेपाली कांग्रेस कालीकोटको नरहरिनाथ गाउँ कार्यसमितिले प्रत्येक हप्ता जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँ कार्यसमितिको प्रथम बैठकले महिनाको प्रत्येक हप्ता जनश्रमदान गर्ने निर्णय गरेको हो । पार्टीलाई जनतासँग जोड्ने, सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने तथा स्थानीय विकास निर्माणमा जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले साप्ताहिक जन श्रमदान कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका सभापति रामबहादुर बटालाले बताए । नरहरिनाथ गाउँपालिकाभरि प्रत्येक आइतबार दुईदेखि तीन वटा स्थान छनोट गरी बिग्रिएका, भत्किएका तथा मर्मतसम्भार गर्नुपर्ने साना विकास निर्माणका योजना तथा संरचनाहरूको श्रमदानमार्फत मर्मतसम्भार गर्ने, क्रियाशील सदस्यको अनिवार्य सहभागिता जनाउने निर्णय भएको सभापति बटालाको भनाई छ । कांग्रेसका प्रत्येक क्रियाशील सदस्यले महिनामा कम्तिमा एक दिन पार्टीले आयोजना गर्ने सामाजिक सेवा, श्रमदान, विकास निर्माण तथा जनहितका कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुने व्यवस्था मिलाउने र सम्बन्धित वडा कार्यसमिति, टोल समिति तथा पार्टीका क्रियाशील सदस्यहरूसँग समन्वय गरी श्रमदान गर्नुपर्ने स्थान पहिचान गर्ने, आवश्यक जनशक्ति परिचालन गर्ने र कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ । सञ्चालित श्रमदान कार्यक्रमको विवरण, सहभागी सदस्यहरूको उपस्थिति तथा सम्पन्न कामको अभिलेख राख्ने, पार्टीका नेता, कार्यकर्ता, युवा तथा स्थानीय नागरिकलाई विकास निर्माण र सामाजिक सेवाका कार्यमा सहभागी गराउँदै जनताको सुखदुःखमा साथ दिने, जनताको समस्या समाधानमा अग्रसर हुने र पार्टीप्रति जनविश्वास अभिवृद्धि गर्ने सभापति बटालाले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते
OthersJust now

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् । आज दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फको नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा ...

पर्दाफास
म फिल्म बनाउने सोचले फर्किएकी हुँ : विपना थापा
OthersJust now

म फिल्म बनाउने सोचले फर्किएकी हुँ : विपना थापा

पछिल्लो दुई वर्ष यता विपना थापाको अभिनयमा सक्रियता बढेको छ । ‘वरमाला’ मा अभिनय गरेपछि आफ्नो श्रीमानसँग भारत पुगेकी अभिनेत्री थापाले केही समय पारिवारिक गृहस्थी जीवनमै आफूलाई समर्पित गरिन् । करिब एक सय भन्दा बढी फिल्ममा देखिएकी थापा नेपालको सर्वाधिक व्यस्त अभिनेत्रीको रुपमा परिचित थिइन् । यद्यपि, डिजिटल प्रविधिको प्रवेशसँगै नेपाली फिल्मको कथ्य शैलीमा आएको परिवर्तनसँगै बदलिँदो अवस्थालाई मध्यनजर गर्दै उनले ...

पर्दाफास
सुनसरीमा ९०० किलो गाँजासहित ४ जना पक्राउ
OthersJust now

सुनसरीमा ९०० किलो गाँजासहित ४ जना पक्राउ

१ असोज, सुनसरी । प्रहरीले सुनसरीको इनरुवा नगरपालिका-४ ज्ञानोदय टोलबाट आइतबार दिउँसो साढे १ बजे ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ । इनरुवाको हनुमान मन्दिर नजिकैका स्थानीय बुलबुल यादवको घरमा गाँजा बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरीले घरको खानतलासी गर्दा गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना… ...

अनलाइन खबर
लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्ति बदर गर्न माग
OthersJust now

लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्ति बदर गर्न माग

वित्तीय पारदर्शिता र नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै स्थानीय योग्य व्यक्तिलाई नियुक्त गर्न लुम्बिनी बचाउ महाअभियानले सरकारसंग माग गर्दै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play