काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जानकारी दिएको छ । हाल कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । त्यस्तै आज राति कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । The post कस्तो होला आज देशभरको मौसम ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
कस्तो होला आज देशभरको मौसम ?

Read Complete Original Article
Published originally on कर्पोरट खबर






