Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

करको भार बढाएर होइन, उत्पादन र आर्थिक गतिविधि विस्तार गरेर राजस्व बढाउनुपर्छ : मुख्यमन्त्री किरण थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
करको भार बढाएर होइन, उत्पादन र आर्थिक गतिविधि विस्तार गरेर राजस्व बढाउनुपर्छ : मुख्यमन्त्री किरण थापा
Photo / Coverage: जनताटाइम्स

हेटौंडा, मंसिर १ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने भन्दै उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरेर करको आधार फराकिलो बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य करको भार बढाउने होइन, उत्पादन र आर्थिक गतिविधि बढाएर कर तिर्न सक्ने नागरिक तथा व्यवसायको संख्या बढाउने हुनुपर्दछ ।” यस वर्ष ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस मनाइएको उल्लेख गर्दै उहाँले उक्त नारा दिवसको औपचारिक सन्देशमा मात्र सीमित नराखी राज्य सञ्चालन र आर्थिक विकासको व्यवहारिक आधार बनाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री थापा मगरले कर प्रणाली न्यायपूर्ण भए मात्रै आर्थिक असमानता घटाउन, सामाजिक न्याय कायम गर्न र आर्थिक समावेशीकरणलाई प्रवर्द्धन गर्न सकिने धारणा राख्नुभयो । “जसको आर्थिक क्षमता बढी छ, उसले आफ्नो क्षमताअनुसार बढी योगदान गर्नुपर्छ । न्यून आय भएका नागरिकमाथि अनावश्यक करको भार पर्नु हुँदैन,” उहाँले भन्नुभयो, “इमानदारीपूर्वक कर तिर्ने नागरिकलाई निरुत्साहित गर्ने र कर छली गर्नेले लाभ पाउने अवस्थाको अब अन्त्य हुनुपर्छ ।” उहाँले करको उद्देश्य राज्यको ढुकुटी भर्नु मात्र नभई न्यायपूर्ण र समावेशी अर्थतन्त्र निर्माण गर्नु पनि भएको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री थापा मगरले नागरिकले तिरेको करको सदुपयोग र सार्वजनिक खर्चको पारदर्शिता सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताउनुभयो । नागरिकले सरकारलाई कर तिरेपछि गुणस्तरीय शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ, सुरक्षा र सार्वजनिक सेवा प्राप्त गर्ने अपेक्षा राख्ने उहाँको भनाइ थियो । “सरकारको सफलता कति बजेट खर्च भयो भन्ने आधारमा मात्र मापन हुनु हुँदैन । सार्वजनिक खर्चबाट नागरिकको जीवनमा कस्तो परिवर्तन आयो भन्ने आधारमा मापन हुनुपर्छ,” उहाँले भन्नुभयो । सडक निर्माण भयो कि भएन भन्ने मात्र नभई त्यसले नागरिकको जीवन सहज बनायो कि बनाएन, अस्पताल बने कि बनेनन् भन्ने मात्र नभई नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाए कि पाएनन् भन्ने विषय पनि महत्त्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो । “करदाताको एक रुपैयाँ पनि राज्यको जिम्मेवारी हो भन्ने भावना हामीले शासन प्रणालीका हरेक तहमा स्थापित गर्नुपर्छ,” उहाँले भन्नुभयो, “कर उठाउने सरकारभन्दा करको सदुपयोग गरेर नागरिकको जीवन बदल्ने सरकार बन्नु हाम्रो लक्ष्य हुनुपर्छ ।” मुख्यमन्त्री थापा मगरले आन्तरिक राजस्व परिचालनलाई आर्थिक आत्मनिर्भरतासँग जोड्दै बाह्य ऋण र अनुदानमा अत्यधिक निर्भरता दीर्घकालीन रूपमा आर्थिक जोखिमको विषय बन्न सक्ने बताउनुभयो । उहाँले राज्यको वित्तीय क्षमता बलियो नभए विकासका प्राथमिकता निर्धारण गर्ने स्वतन्त्रता पनि कमजोर हुन सक्ने धारणा राख्नुभयो । “करको दर बढाएर मात्र राजस्व बढाउने होइन, अर्थतन्त्रको आकार बढाएर राजस्वको आधार फराकिलो बनाउनुपर्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार प्रदेश र स्थानीय तह आर्थिक रूपमा सक्षम भए मात्र संघीयताको वास्तविक लाभ नागरिकसम्म पुग्न सक्छ । त्यसका लागि वित्तीय अधिकार, स्रोत परिचालनको क्षमता र खर्च गर्ने संस्थागत दक्षता आवश्यक रहेको उहाँले बताउनुभयो । बागमती प्रदेशमा उद्योग, व्यापार, पर्यटन, कृषि, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, निर्माण तथा सूचना प्रविधिमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले त्यसलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री थापा मगरले युवालाई स्वदेशमै रोजगारी र सम्मानजनक आम्दानीको अवसर उपलब्ध गराउनु सरकारको प्रमुख चुनौती रहेको बताउनुभयो । “युवालाई विदेश नजान आग्रह गरेर मात्र हुँदैन । उनीहरूलाई आफ्नै देशमा काम गर्ने, उद्यम गर्ने र सम्मानजनक आम्दानी गर्ने वातावरण निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो । त्यसका लागि कृषि उत्पादनको उचित मूल्य, प्रशोधन र बजारीकरण, उद्योग स्थापनाका लागि सहज वातावरण तथा पर्यटन, सूचना प्रविधि र नवप्रवर्तनमा नयाँ पुस्ताका लागि अवसर सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा हेर्नुपर्ने बताउँदै उद्योगी तथा व्यवसायीलाई सम्मान, सुरक्षा र नीतिगत स्थिरता प्रदान गर्न सरकार प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो । “हामीलाई यस्तो अर्थतन्त्र चाहिएको छ, जहाँ लगानीकर्ताले अवसर देखून्, श्रमिकले रोजगारी पाऊन्, किसानले उचित मूल्य पाऊन् र राज्यले न्यायोचित रूपमा राजस्व प्राप्त गरोस्,” उहाँले भन्नुभयो । मुख्यमन्त्री थापा मगरले बदलिँदो डिजिटल अर्थतन्त्रअनुसार कर प्रशासनलाई पनि आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो । कर तिर्न नागरिकले अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्दै करदातालाई सम्मानजनक व्यवहार गर्नुपर्ने उहाँको भनाइ थियो । “कर कार्यालय नागरिकका लागि डर र झन्झटको केन्द्र होइन, सेवा र सहजीकरणको केन्द्र बन्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले राजस्व चुहावट, कर छली र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गर्दै कर प्रशासनलाई सरल, पारदर्शी र नागरिकमैत्री बनाउने प्रदेश सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो । थापा मगरले बागमती प्रदेश सरकार कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र उद्यमशीलताको विकासलाई प्राथमिकता दिँदै प्रदेशको आर्थिक आधार बलियो बनाउने तथा सार्वजनिक खर्चलाई परिणाममुखी बनाउने दिशामा अघि बढिरहेको पनि बताउनुभयो ।उहाँले करदाताको योगदानको सम्मान, निजी क्षेत्रबाट लगानी र रोजगारी सिर्जना तथा राज्यका सबै निकायबाट सार्वजनिक स्रोतको पारदर्शी उपयोग हुन सके मात्रै समृद्धिको प्रतिफल सबै वर्गसम्म पुग्ने धारणा राख्नुभयो । “कर नागरिकको योगदान हो, सुशासन सरकारको जिम्मेवारी हो र समृद्धि हामी सबैको साझा लक्ष्य हो,” उहाँले भन्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
करको भार न्यायोचित गराउनुपर्छ : मुख्यमन्त्री थापा
PoliticsJust now

करको भार न्यायोचित गराउनुपर्छ : मुख्यमन्त्री थापा

सरिता दाहालहेटौंडा, मंसिर १ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको भार सबैमाथि समान रूपमा पर्नु न्यायोचित नहुने बताउनुभएको छ। जसको आर्थिक क्षमता बढी छ, उसले आफ्नो... ...

गोरखापत्र
जापानी हवाई क्षेत्रमा रुसी सैन्य विमानको प्रवेश, टोकियोद्वारा कडा विरोध
PoliticsJust now

जापानी हवाई क्षेत्रमा रुसी सैन्य विमानको प्रवेश, टोकियोद्वारा कडा विरोध

दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेपछि जापानले लडाकू विमान परिचालन गर्दै रुससँग कडा विरोध जनाएको छ । जापान सरकारका प्रवक्ता मिनोरु किहाराका अनुसार मङ्गलबार बिहान फुकुओकाको दक्षिणपश्चिममा पर्ने ओकिनोसिमा टापुनजिकै रुसी विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि जापानको आत्मरक्षा बलले ती विमानलाई चेतावनी दिन लडाकू जेट परिचालन गरेको थियो । किहाराले हवाई क्षेत्रको उल्लङ्घन जापानको ...

फरकधार
बेलायतमा गर्भपतनसम्बन्धी ऐतिहासिक निर्णय, दोषी ठहरिएका महिलालाई स्वतः माफी
PoliticsJust now

बेलायतमा गर्भपतनसम्बन्धी ऐतिहासिक निर्णय, दोषी ठहरिएका महिलालाई स्वतः माफी

इङ्ल्यान्ड र वेल्समा १९औँ शताब्दीको कानुनअन्तर्गत गर्भपतनसम्बन्धी कसुरमा दोषी ठहरिएका महिलाहरूलाई सोमबार स्वतः माफी दिइएको छ । गर्भपतनलाई अपराधको दायराबाट हटाउने ऐतिहासिक कानुनी व्यवस्था लागू भएसँगै उनीहरूलाई यस्तो माफी दिइएको हो । गत वर्ष सांसदहरूले पारित गरेको नयाँ कानुनअनुसार अब महिलाले गर्भावस्थाको जुनसुकै चरणमा गर्भपतन गराए पनि त्यसलाई फौजदारी अपराध मानिने छैन । बेलायतको न्याय मन्त्रालयले विज्ञप्ति जारी गर्दै गर्भावस्थासँग सम्बन्धित गर्भपतनको ...

फरकधार
पाथीभरामा भक्तजनको ओइरो, कात्तिकमा मात्रै ६४ हजारभन्दा बढीले गरे दर्शन
PoliticsJust now

पाथीभरामा भक्तजनको ओइरो, कात्तिकमा मात्रै ६४ हजारभन्दा बढीले गरे दर्शन

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा झजनहरुले दर्शन गरेका छन् । एक महिनाको अवधिमा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ।  पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाका अनुसार गत शनिबार यस वर्षकै सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले एकै दिन मन्दिरको दर्शन गरेका थिए । यसअघि कात्तिक तेस्रो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play