Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

राज्यको दोहोरो चरित्रः एकातिर उत्कृष्ट करदाताको सम्मान,अर्कोतिर अर्बौको सम्पत्ति शुद्धीकरण मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
राज्यको दोहोरो चरित्रः एकातिर उत्कृष्ट करदाताको सम्मान,अर्कोतिर अर्बौको सम्पत्ति शुद्धीकरण  मुद्दा
Photo / Coverage: टक्सार

काठमाडौँ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ मा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रूपमा उद्योगी राजबहादुर शाहलाई सम्मानित गरेको छ । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आज आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विभागले शाहलाई ‘उत्कृष्ट करदाता’ को सम्मान प्रदान गरेका हुन् । जाउलाखेल ग्रुपका प्रबन्ध निर्देशक रहेका राजबहादुर गोर्खा ब्रुअरी, हिमालयन डिस्टिलरी, एसियन डिस्टिलरी, विजय डिस्टिलरी र राज ब्रुअरी लगायतका ठुला मदिरा उद्योगका मुख्य लगानीकर्ता हुन् । एकातिर राज्यबाट उत्कृष्ट करदाताको सम्मान पाएका शाहविरुद्ध १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण र धितोपत्र सम्बन्धी कसुर (सेयर बजार घोटाला) को गम्भीर फौजदारी मुद्दा विशेष अदालतमा विचाराधीन छ । विशेष सरकारी वकिल कार्यालयले शाहविरुद्ध १ अर्ब ४१ करोड ८० लाख ७२ हजार ९०१ रुपैयाँ ४० पैसा बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्सको संस्थागत कोषको रकम व्यक्तिगत स्वार्थमा प्रयोग गरी सेयर मूल्यमा कृत्रिम प्रभाव पारेको तथा गैरकानुनी रूपमा आर्जित सम्पत्तिको स्रोत लुकाएको अभियोग उनीमाथि छ। यसका साथै नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनले उल्लेख गरेअनुसार आपसी मिलोमतोमा ‘सर्कुलर ट्रेडिङ’ गरी नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य अस्वाभाविक बढाएको, उधारोमा १० लाख ५१ हजार २०४ कित्ता सेयर किनेर भृकुटी स्टक ब्रोकिङलाई करिब ८९ करोड ७० लाख रुपैयाँ भुक्तानी नदिएको आरोपपत्रमा उल्लेख छ। धितोपत्र ऐन, २०६३ विपरीतको उक्त कसुरमा उनीमाथि २ वर्षसम्म कैद र जरिवानाको मागदाबी गरिएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले गत साउन २९ गते थुनछेक बहसपछि शाहलाई १ करोड ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । हाल उनी धरौटीमा रिहा भई अदालतको तारेख धाइरहेका छन् । हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्सको रकम अपचलन गरेको आरोपमा शाहसहित व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायत ३९ जना व्यक्ति तथा संस्थाविरुद्ध कुल २२ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सामूहिक बिगो दाबीसहित मुद्दा चलिरहेको छ । भट्ट र अग्रवाल हाल पुर्पक्षका लागि थुनामा छन्। अदालतबाट अन्तिम फैसला नआउन्जेल अभियुक्त निर्दोष मानिने कानुनी सिद्धान्त र कर प्रशासनको छुट्टै मापदण्डका कारण शाहले उत्कृष्ट करदाताको सम्मान गरेको आन्तरिक राजस्व विभागको दाबी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सञ्चालनमा नआउँदै जीर्ण बन्यो थारू सांस्कृतिक ग्राम
Latest NewsJust now

सञ्चालनमा नआउँदै जीर्ण बन्यो थारू सांस्कृतिक ग्राम

सन्तोष दहितदाङ, मङ्सिर १ गते । थारू समुदायको कला, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको दंगीशरणस्थित थारू सांस्कृतिक ग्राम तथा पार्क सञ्चालनमा नआ... ...

गोरखापत्र
पहिलो चौमासिकमा सरकारको २३ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च भने ७.५३ प्रतिशतमै सीमित
Latest NewsJust now

पहिलो चौमासिकमा सरकारको २३ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च भने ७.५३ प्रतिशतमै सीमित

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल रु चार खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो । यो वार्षिक लक्ष्यको तुलनामा २३ दशमलव ३७ प्रतिशत हुन आउँछ । चालुगत शीर्षकमा यस आर्थिक ...

केन्द्रबिन्दु
३०० रुपैयाँको चिउरा किन्दा सूर्यविनायका राम श्रेष्ठलाई १० लाखको पुरस्कार
Latest NewsJust now

३०० रुपैयाँको चिउरा किन्दा सूर्यविनायका राम श्रेष्ठलाई १० लाखको पुरस्कार

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले १० लाख रुपैयाँको पुरस्कार जितेका छन्। श्रेष्ठले श्री चिउरा तथा राइस मिलबाट ३०० रुपैयाँको चिउरा खरिद गरेका थिए। सोही खरिदबाट उनले १० लाख रुपैयाँको पुरस्कार जितेका हुन्। करदाता प्रोत्साहन उपहारको घोषणा गभर्नर विश्वनाथ पौडेलले गरेका हुन्। राष्ट्रिय कर दिवसका अवसरमा नयाँ विजेता घोषणा गरिएको हो। सोही अवसरमा यसअघि घोषणा गरिएका विजेतालाई समेत सम्मान गरिएको ...

लुम्बिनी सञ्चार
बालेनको भारत भ्रमणमा ऊर्जाका यी विषयले पाउँदै छन् प्राथमिकता, विराजभक्त पनि जाँदै
Latest NewsJust now

बालेनको भारत भ्रमणमा ऊर्जाका यी विषयले पाउँदै छन् प्राथमिकता, विराजभक्त पनि जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को मंसिर ६ गतेदेखि हुने भारत भ्रमणमा ऊर्जा क्षेत्रका महत्त्वपूर्ण विषयले पनि प्राथमिकता पाउने भएका छन्।  प्रधानमन्त्रीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसमेत भारत जाने भएपछि ऊर्जा मन्त्रालयले दुई देशबीच छलफल हुने एजेन्डालाई अन्तिम रूप दिइरहेको छ। खासगरी मन्त्रालयले मंगलबारसम्म भ्रमणका एजेन्डा टुंग्याउने तयारी गरेको छ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play