Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

पहिलो चौमासिकमा सरकारको २३ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च भने ७.५३ प्रतिशतमै सीमित

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिलो चौमासिकमा सरकारको २३ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च भने ७.५३ प्रतिशतमै सीमित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल रु चार खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो । यो वार्षिक लक्ष्यको तुलनामा २३ दशमलव ३७ प्रतिशत हुन आउँछ । चालुगत शीर्षकमा यस आर्थिक वर्षका लागि रु १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको २७ दशमलव २९ प्रतिशतअर्थात् रु तीन खर्ब ४६ अर्ब ७५ करोड २४ लाख खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा रु चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख बराबर विनियोजन भएको सात दशमलव ५३ प्रतिशतअर्थात् रु ३२ अर्ब ४४ करोड ८६ लाख खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा यस वर्ष रु चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख बराबर बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा २७ दशमलव ७६ प्रतिशतअर्थात् रु एक खर्ब १७ अर्ब ३२ करोड खर्च भएको छ । सरकारले यस वर्ष रु १६ खर्ब ४२ अर्ब छ करोड ३७ लाख आम्दानी गर्ने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्ममा वार्षिक लक्ष्यको २३ दशमलव ३९ प्रतिशतअर्थात् रु तीन खर्ब ८४ अर्ब सात करोड बराबर प्राप्ति गरेको छ । कूल रु १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख राजस्व उठाउने लक्ष्य राखेको सरकारले पहिलो चौमासिकसम्ममा २३ दशमलव ५८ प्रतिशतअर्थात् रु तीन खर्ब ७२ अर्ब ७१ करोड ८० लाख बराबर राजस्व उठेको छ । वैदेशिक अनुदानतर्फ यस वर्ष रु ६१ अर्ब ७४ करोड ५४ लाख बराबरको वार्षिक लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा १४ दशमलव पाँच प्रतिशतअर्थात् रु आठ अर्ब ६७ करोड ३५ लाख बराबर अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सञ्चालनमा नआउँदै जीर्ण बन्यो थारू सांस्कृतिक ग्राम
Latest NewsJust now

सञ्चालनमा नआउँदै जीर्ण बन्यो थारू सांस्कृतिक ग्राम

सन्तोष दहितदाङ, मङ्सिर १ गते । थारू समुदायको कला, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको दंगीशरणस्थित थारू सांस्कृतिक ग्राम तथा पार्क सञ्चालनमा नआ... ...

गोरखापत्र
३०० रुपैयाँको चिउरा किन्दा सूर्यविनायका राम श्रेष्ठलाई १० लाखको पुरस्कार
Latest NewsJust now

३०० रुपैयाँको चिउरा किन्दा सूर्यविनायका राम श्रेष्ठलाई १० लाखको पुरस्कार

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले १० लाख रुपैयाँको पुरस्कार जितेका छन्। श्रेष्ठले श्री चिउरा तथा राइस मिलबाट ३०० रुपैयाँको चिउरा खरिद गरेका थिए। सोही खरिदबाट उनले १० लाख रुपैयाँको पुरस्कार जितेका हुन्। करदाता प्रोत्साहन उपहारको घोषणा गभर्नर विश्वनाथ पौडेलले गरेका हुन्। राष्ट्रिय कर दिवसका अवसरमा नयाँ विजेता घोषणा गरिएको हो। सोही अवसरमा यसअघि घोषणा गरिएका विजेतालाई समेत सम्मान गरिएको ...

लुम्बिनी सञ्चार
राज्यको दोहोरो चरित्रः एकातिर उत्कृष्ट करदाताको सम्मान,अर्कोतिर अर्बौको सम्पत्ति शुद्धीकरण  मुद्दा
Latest NewsJust now

राज्यको दोहोरो चरित्रः एकातिर उत्कृष्ट करदाताको सम्मान,अर्कोतिर अर्बौको सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौँ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ मा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रूपमा उद्योगी राजबहादुर शाहलाई सम्मानित गरेको छ । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आज आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विभागले शाहलाई ‘उत्कृष्ट करदाता’ को सम्मान प्रदान गरेका हुन् । जाउलाखेल ग्रुपका प्रबन्ध निर्देशक रहेका राजबहादुर गोर्खा ब्रुअरी, हिमालयन डिस्टिलरी, एसियन डिस्टिलरी, विजय डिस्टिलरी ...

टक्सार
बालेनको भारत भ्रमणमा ऊर्जाका यी विषयले पाउँदै छन् प्राथमिकता, विराजभक्त पनि जाँदै
Latest NewsJust now

बालेनको भारत भ्रमणमा ऊर्जाका यी विषयले पाउँदै छन् प्राथमिकता, विराजभक्त पनि जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को मंसिर ६ गतेदेखि हुने भारत भ्रमणमा ऊर्जा क्षेत्रका महत्त्वपूर्ण विषयले पनि प्राथमिकता पाउने भएका छन्।  प्रधानमन्त्रीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसमेत भारत जाने भएपछि ऊर्जा मन्त्रालयले दुई देशबीच छलफल हुने एजेन्डालाई अन्तिम रूप दिइरहेको छ। खासगरी मन्त्रालयले मंगलबारसम्म भ्रमणका एजेन्डा टुंग्याउने तयारी गरेको छ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play