Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘ककरोच’को प्रदर्शनअघि दिल्लीको सेन्ट्रल पार्क दुई दिन बन्द, निषेधाज्ञा जारी

‘ककरोच’को प्रदर्शनअघि दिल्लीको सेन्ट्रल पार्क दुई दिन बन्द, निषेधाज्ञा जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘ककरोच’को प्रदर्शनअघि दिल्लीको सेन्ट्रल पार्क दुई दिन बन्द, निषेधाज्ञा जारी

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी)ले प्रदर्शन गर्ने घोषणा गरेपछि कनट प्लेसस्थित सेन्ट्रल पार्क यही अक्टोबर १६ र १७ का निम्ति बन्द गरिएको छ । दिल्ली प्रहरीले भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ अन्तर्गत निषेधाज्ञा समेत जारी गरेको छ । सीजेपीले शुक्रबार बेलुका ५ बजे राष्ट्रिय झन्डा बोकेर पार्कमा भेला हुन आह्वान गरेको छ । आम आदमी पार्टीले पनि आफ्ना कार्यकर्ता र समर्थकलाई प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ । सुरक्षा अवस्थालाई ध्यानमा राख्दै पार्क र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको दिल्ली प्रहरीकी जनसम्पर्क अधिकारी नेहा यादवले बताइन् । प्रहरीले प्रदर्शनमा सहभागी नहुन सर्वसाधारणलाई आग्रह गर्दै कानुनी कारबाही हुन सक्ने चेतावनी दिएको छ । प्रदर्शन रोक्ने प्रहरीको प्रतिबद्धता सीजेपीको प्रदर्शन रोक्न माग गर्दै अनिलकुमार गुप्ताले दिल्ली उच्च अदालतमा जनहित याचिका दायर गरेका थिए । बिहीबार अदालतमा प्रहरीले प्रदर्शन नियन्त्रण गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको बार एन्ड बेन्चले उल्लेख गरेको छ । अदालतले सीजेपीका संस्थापक अभिजीत दीपके, पार्टीका पदाधिकारी र अरू सम्बन्धित व्यक्तिहरूका गतिविधि नियन्त्रण गर्न आवश्यक कदम चालिने जनाएको छ । पत्रकार सम्मेलनमा मोदी सरकारको आलोचना प्रदर्शनको अघिल्लो दिन बिहीबार सीजेपीले दिल्ली प्रेस क्लबमा पत्रकार सम्मेलन गरेको थियो । कार्यक्रममा संस्थापक दीपके, अखिल भारतीय विद्यार्थी संघकी राष्ट्रिय अध्यक्ष नेहा बोरा, अभिनेता प्रकाश राज, वरिष्ठ अधिवक्ता प्रशान्त भूषणलगायत सहभागी थिए । पत्रकार सम्मेलनमा दीपकेले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना गर्दै त्यसलाई तानाशाही प्रवृत्तिको संज्ञा दिए । उनले नागरिकमाथि प्रहरी दमन र गिरफ्तारी भइरहेको आरोप लगाउँदै राष्ट्रिय झन्डा फहराउनु अपराध नभएको बताए । दुई दिनअघि सीजेपीका सहसंयोजक आशुतोष रांका र सौरभ दासलाई जन्तरमन्तरमा राष्ट्रिय झन्डा बोकेर पुगेको आरोपमा पक्राउ गरी पाँच दिनको न्यायिक हिरासतमा पठाइएको थियो । दीपकेले नागरिकमाथि भएको भनिएको अन्याय र पार्टीका नेताहरूको गिरफ्तारीविरुद्ध शुक्रबार बेलुका ५ बजे सेन्ट्रल पार्कमा भेला हुन आह्वान गरे । सीजेपीले यसअघि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ४८ घण्टे ‘अल्टिमेटम’ दिएको थियो । आफू निगरानीमा रहेको दीपकेको दाबी दीपकेले आफू बसेको स्थान वरपर सादा पोसाकका प्रहरी परिचालन गरिएको र सेतो स्कोर्पियो गाडीले पछ्याइरहेको आरोप लगाएका छन् । बिहीबार राति सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले शुक्रबार ‘लहरा दो तिरंगा’ र्‍याली निकाल्ने घोषणा पनि गरेका छन् । सेन्ट्रल पार्क दुई दिन बन्द गर्ने निर्णयप्रति उनले कटाक्ष गरेका छन् । प्रदर्शनका निम्ति १०० ठाउँ घोषणा गरिए सबै स्थान बन्द गर्ने हो ? भन्दै उनले प्रश्न गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पाकिस्तानका उसामा मिरले चितवनबाट एनपिएल खेल्ने
ताजा खबरJust now

पाकिस्तानका उसामा मिरले चितवनबाट एनपिएल खेल्ने

काठमाडौँ, असोज ३० गते । पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्... ...

गोरखापत्र
नदीबाट सकुशल मानव उद्धार गर्ने दुई प्रहरीलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान
ताजा खबरJust now

नदीबाट सकुशल मानव उद्धार गर्ने दुई प्रहरीलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान

काठमाडौँ । नदीबाट सकुशल मानव उद्धार गर्ने दुईजना प्रहरी कर्मचारीलाई योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार प्रदान गरिएको छ । ७१ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले... ...

रातोपाटी
प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने, साइबर अपराध नियन्त्रणमा नयाँ संयन्त्र ल्याइँदै
ताजा खबरJust now

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने, साइबर अपराध नियन्त्रणमा नयाँ संयन्त्र ल्याइँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन् । नेपाल प्रहरीको ७१औँ स्थापना दिवस, २०८३ का अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । प्रधानमन्त्री शाहले प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध ...

केन्द्रबिन्दु
सुन-चाँदीको मूल्य बढ्यो
ताजा खबरJust now

सुन-चाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले बढेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार १५० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार छापावाल सुन ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play