टिपस्टर डिजिटल च्याट स्टेसनले ओप्पोले चाँडै सार्वजनिक गर्ने तयारी गरेका विभिन्न फ्ल्यागसिप उत्पादनबारे विवरण सार्वजनिक गरेका छन्। यी उत्पादनमा पकेट गिम्बल क्यामेरा, वाइड स्क्रिन फोल्डेबल फोन र १६:९ डिस्प्ले भएको फराकिलो बार शैलीको फ्ल्यागसिप फोन रहनेछन्। लीक भएको जानकारीअनुसार ओप्पोको पकेट गिम्बल क्यामेरा यस वर्षको अन्त्यसम्ममा सार्वजनिक हुनेछ। यस क्यामेराको कोडनेम ‘फुयाओ’ रहेको बताइएको छ। यसअघि सार्वजनिक भएका विभिन्न विवरणअनुसार उक्त गिम्बल क्यामेरामा २०० मेगापिक्सेलको १/१.१२ इन्च सेन्सर रहनेछ। साथै, यसमा ह्यासलब्लाड ब्रान्डिङ पनि हुने जीएसएमएरिनाले उल्लेख गरेको छ। टिपस्टरका अनुसार ओप्पोको वाइड स्क्रिन फोल्डेबल फोन पनि सार्वजनिक गर्न तयार अवस्थामा छ। सम्भवतः यसको नाम फाइन्ड एन७ हुनेछ। यसमा २ न्यानोमिटर प्रविधिमा आधारित स्न्यापड्रागन चिपसेट, स्क्रिन खोल्दा बीचमा मोडिएको भाग नदेखिने भित्री डिस्प्ले र गिम्बल स्ट्याबिलाइजेसनसहितको २०० मेगापिक्सेलको पछाडिको क्यामेरा रहने बताइएको छ। त्यसैगरी, ओप्पोले ल्याउने तयारी गरेको वाइड स्क्रिन बार शैलीको फोन पनि विकासको अन्तिम चरणमा पुगेको छ। यसको नाम रेनो एक्स हुने अपेक्षा गरिएको छ। यसमा फ्ल्यागसिप डाइमेन्सिटी ९ सिरिजको चिपसेट, पातलो किनारा भएको १६:९ डिस्प्ले र २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहने बताइएको छ। The post ओप्पोको पकेट गिम्बल क्यामेरा यसै वर्ष सार्वजनिक हुने, वाइड फोल्डेबल फोन पनि चाँडै आउने appeared first on Technology Khabar.
ओप्पोको पकेट गिम्बल क्यामेरा यसै वर्ष सार्वजनिक हुने, वाइड फोल्डेबल फोन पनि चाँडै आउने

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर





