Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

मंसिर १७ देखि नवौँ बर्दघाट महोत्सव

Share:WhatsAppFacebookX (Twitter)Telegram
मंसिर १७ देखि नवौँ बर्दघाट महोत्सव
Photo / Coverage: हिमालय टाइम्स

नवलपरासी । कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध बर्दघाटको बलियो आधार भन्ने नाराका साथ पश्चिम नवलपरासीको बर्दघाट उद्योग वाणिज्य संघले आगामी मंसिर १७ देखि २९ गतेसम्म ‘नवौँ बर्दघाट महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । महोत्सवमा करिब तीन करोड रुपैयाँ बराबरको कारोबार गर्ने र दुई लाख दर्शक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ । संघले पत्रकार सम्मेलन गरी महोत्सव आयोजनाबारे जानकारी गराएको हो । बर्दघाट–४ हरियालीनगरस्थित बर्दघाट मण्डपमा सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि तथा घरेलु उत्पादन, राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति र बाल उद्यान मुख्य आकर्षणका रूपमा रहने बताइएको छ । महोत्सव सम्पन्न गर्न करिब ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संघका सचिव डिल्लीराज कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, व्यापारिक गतिविधि विस्तार तथा धार्मिक, ऐतिहासिक र मौलिक संस्कृतिको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । आयोजकका अनुसार महोत्सवमा विभिन्न क्षेत्रका गरी कुल दुई सय ५० स्टल रहनेछन् । संघमा आबद्ध तथा नवीकरण भएका व्यवसायीलाई मंसिर १५ गतेसम्म स्टल बुकिङ गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने स्थानीय पालिका तथा घरेलु उद्योगबाट सिफारिस प्राप्त कृषि, हस्तकला र घरेलु उत्पादनका सामग्रीका लागि निःशुल्क स्टल उपलब्ध गराइनेछ । महोत्सव प्रवेशका लागि साधारण टिकट दर सय रुपैयाँ निर्धारण गरिएको छ भने विद्यार्थीलाई ३० प्रतिशत छुट तथा जेष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । टिकट काटेर प्रवेश गर्ने सम्पूर्ण दर्शकका लागि दुर्घटना बिमाको समेत व्यवस्था गरिएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर महोत्सव आयोजना गर्न लागिएको जानकारी गराउँदै संघले विपत् व्यवस्थापन कोषलाई एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्यसमेत लिएको जानकारी दिनुभयो । महोत्सवमा जिल्लाभित्र उत्पादित घरेलु तथा कुटिर उद्योगका सामग्री, दैनिक उपभोग्य वस्तु, जडीबुटी, कृषि उत्पादन, शैक्षिक तथा स्वास्थ्य सामग्री, बैंकिङ तथा वित्तीय संस्था, होटल तथा रेस्टुरेन्टका स्टल रहनेछन् । साथै बाल उद्यान र चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति पनि महोत्सवका आकर्षण हुने संघका वरिष्ठ उपाध्यक्ष तारा गौतमले जानकारी दिनुभयो । आयोजकका अनुसार महोत्सवले स्थानीय उद्यमी, किसान, व्यवसायी तथा साना उद्योगीलाई आफ्नो उत्पादन र सेवा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्नुका साथै बर्दघाट क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधि बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने
Latest NewsJust now

एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने

काठमाडौं । कनेक्टिङ फर प्रोस्पेरेटी भन्ने नाराका साथ क्यानडाको टोरन्टोमा आगामी २०२७ अप्रिल २४ र २५ मा हुने १० औँ क्षेत्रीय सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनको तयारीको नेतृत्व अमेरिकाज क्षेत्रीय संयोजक (आरसी) भुवन खरेलको टिमले गरिरहेको छ । सम्मेलनलाई केवल औपचारिक भेला वा नियमित ...

हिमालय टाइम्स
युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह
Latest NewsJust now

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुग्नुभएका अध्यक्ष ढकालले दुबईमा युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो ...

हिमालय टाइम्स
‘एग्री मेक’को थप सपोर्टिङ पार्टनरमा ग्लोबल र ओविफर्ट
Latest NewsJust now

‘एग्री मेक’को थप सपोर्टिङ पार्टनरमा ग्लोबल र ओविफर्ट

काठमाडौं । कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि भन्ने नाराका साथ हुन गइरहेको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ अर्थात ‘एग्री मेक’को सपोर्टिङ पार्टनरमा ग्लोबल आइएमई बैंक र ओविफर्ट थपिएका छन । आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा दुवै संस्थाले सहकार्य गर्ने भएका हुन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)ले सामाजिक सञ्जालमार्फत दुवै ...

हिमालय टाइम्स
आइएमई बिग सावधिक जीवन बीमा योजना
Latest NewsJust now

आइएमई बिग सावधिक जीवन बीमा योजना

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लक्ष्मीपूजाको अवसरमा लोयल्टी बोनस सहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । बचत र जीवन सुरक्षा एकसाथ समेट्ने योजनाले बीमा लेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनसमार्फत थप लाभ प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमांक रकम, बोनस तथा लोयल्टी बोनस ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play