Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

आइएमई बिग सावधिक जीवन बीमा योजना

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइएमई बिग सावधिक जीवन बीमा योजना
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लक्ष्मीपूजाको अवसरमा लोयल्टी बोनस सहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । बचत र जीवन सुरक्षा एकसाथ समेट्ने योजनाले बीमा लेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनसमार्फत थप लाभ प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमांक रकम, बोनस तथा लोयल्टी बोनस एकमुष्ट प्राप्त हुनेछ । बीमा अवधिभित्र बीमितको मृत्यु भएमा नियमानुसार बीमांक रकम तथा बोनस र लोयल्टी बोनस भुक्तानी गरिनेछ । योजनाका प्रमुख विशेषतामा सहज बीमा शुल्क भुक्तानी, बोनस तथा लोयल्टी बोनसको लाभ, बीमा लेख धितोमा कर्जा सुविधा, प्रचलित कानुन अनुसार कर छुट तथा आकर्षक परिपक्वता लाभ रहेका छन् । योजना १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले खरिद गर्न सक्नेछन् । बीमा अवधि १० देखि २५ वर्षसम्म रहनेछ भने न्यूनतम् बीमांक रकम २५ हजार हुनेछ । साथै, पूरक करार सुविधाअन्तर्गत दुर्घटना मृत्यु लाभ, बीमा शुल्क मिनाहा, आम्दानी सुविधा, एकमुष्ट भुक्तानी तथा काजकिरिया खर्च जस्ता थप सुविधासमेत उपलब्ध हुनेछन् । योजना सार्वजनिक गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले बीमितलाई दीर्घकालीन बचत र जीवन सुरक्षासँगै थप लाभ प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बताउनुभयो । बीमा लेखलाई निरन्तरता दिने बीमितलाई प्रोत्साहन गर्दै बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्न योजनाले सहयोग पुर्‍याउने उहाँको भनाइ थियो । योजनामार्फत ग्राहकको दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्दै जीवन बीमाको पहुँच विस्तार र बीमा क्षेत्रको दीगो विकासमा योगदान पुग्ने विश्वास लिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने
Latest NewsJust now

एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने

काठमाडौं । कनेक्टिङ फर प्रोस्पेरेटी भन्ने नाराका साथ क्यानडाको टोरन्टोमा आगामी २०२७ अप्रिल २४ र २५ मा हुने १० औँ क्षेत्रीय सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनको तयारीको नेतृत्व अमेरिकाज क्षेत्रीय संयोजक (आरसी) भुवन खरेलको टिमले गरिरहेको छ । सम्मेलनलाई केवल औपचारिक भेला वा नियमित ...

हिमालय टाइम्स
युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह
Latest NewsJust now

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुग्नुभएका अध्यक्ष ढकालले दुबईमा युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो ...

हिमालय टाइम्स
‘एग्री मेक’को थप सपोर्टिङ पार्टनरमा ग्लोबल र ओविफर्ट
Latest NewsJust now

‘एग्री मेक’को थप सपोर्टिङ पार्टनरमा ग्लोबल र ओविफर्ट

काठमाडौं । कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि भन्ने नाराका साथ हुन गइरहेको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ अर्थात ‘एग्री मेक’को सपोर्टिङ पार्टनरमा ग्लोबल आइएमई बैंक र ओविफर्ट थपिएका छन । आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा दुवै संस्थाले सहकार्य गर्ने भएका हुन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)ले सामाजिक सञ्जालमार्फत दुवै ...

हिमालय टाइम्स
प्रोटोन ई.मास ५ लाइ दुई अन्तर्राष्ट्रिय अवार्ड
Latest NewsJust now

प्रोटोन ई.मास ५ लाइ दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपुल्स एण्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड जित्दै आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । उक्त सवारी साधनले उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक- पिपुल्स च्वाइस र उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो । उक्त उपलब्धिले उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विज्ञहरूमाझ प्रोटोन ई.मास ५ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play