Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एलिस हुआङले सन् २०२५ अगस्टमै कम्पनी छाडेको मेगास्पिडको भनाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
एलिस हुआङले सन् २०२५ अगस्टमै कम्पनी छाडेको मेगास्पिडको भनाइ
Photo / Coverage: टेक्नोलोजी खबर

एनभिडियाका प्रमुख जेन्सन हुआङसँगको सम्बन्ध र अमेरिकी राष्ट्रिय सुरक्षा चासोका कारण चर्चामा रहेकी चिनियाँ व्यवसायी एलिस हुआङले सन् २०२५ अगस्टमै मेगास्पिड कम्पनी छाडेको कम्पनीले जनाएको छ। सिंगापुरमा मुख्यालय रहेको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडले आइतबार वक्तव्य जारी गर्दै एलिस हुआङले सन् २०२५ अगस्ट ३० मा औपचारिक रूपमा कम्पनी छाडेको र अहिले कम्पनीमा उनको कुनै भूमिका नरहेको स्पष्ट पारेको हो। मेगास्पिड एसिया–प्रशान्त क्षेत्रमा एनभिडियाको व्यावसायिक साझेदार हो। पछिल्लो समय एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङ र पूर्वमेगास्पिड कार्यकारी एलिस हुआङबीच व्यक्तिगत सम्बन्ध रहेको भन्ने समाचार सार्वजनिक भएपछि कम्पनी चर्चामा आएको छ। अमेरिकी अधिकारीहरूले एलिसलाई चिनियाँ जासुस भएको आशंका गरेको विवरणसमेत सार्वजनिक भएका छन्। मेगास्पिडले एलिस हुआङको व्यक्तिगत तथा निजी मामिलाबारे टिप्पणी नगर्ने जनाएको छ। रोयटर्सका अनुसार यसअघि सन् २०२५ अक्टोबरमा न्युयोर्क टाइम्सले मेगास्पिडमाथि अमेरिकी अधिकारीहरूले अनुसन्धान गरिरहेको समाचार प्रकाशित गरेको थियो। अमेरिकी निर्यात नियन्त्रणमा रहेका एनभिडियाका कम्प्युटर चिप चिनियाँ ग्राहकसम्म पुर्‍याउन कम्पनीले सहयोग गरेको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको समाचारमा उल्लेख थियो। तर, मेगास्पिडले अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी नियम उल्लंघन गरेको पुष्टि भएको छैन। चीनले पनि उक्त आरोप अस्वीकार गर्दै आएको छ। आइतबारको वक्तव्यमा मेगास्पिडले आफ्नो व्यवसाय, आपूर्ति शृङ्खला र विश्वव्यापी सञ्चालनबारे पछिल्लो समय आएका केही सञ्चारमाध्यमका दाबी पुष्टि गर्न सकिने प्रमाणमा आधारित नरहेको जनाएको छ। कम्पनीले आफूले वैध र कानुनसम्मत व्यवसाय सञ्चालन गर्दै आएको दाबी गरेको छ। साथै, आफ्नो व्यवसाय र आपूर्ति शृङ्खलासम्बन्धी नियन्त्रण प्रणाली अमेरिकी निर्यात नियन्त्रणसहित लागू कानुन तथा नियम पालना गर्ने गरी बनाइएको जनाएको छ। मेगास्पिडले यस विषयमा विस्तृत आन्तरिक अनुसन्धान गर्न बाह्य कानुनी परामर्शदाता पनि नियुक्त गरेको जनाएको छ। वासिङ्टनस्थित अनुसन्धान संस्था सीफोरएडिएसले कर्पोरेट अभिलेख अध्ययन गर्दा एलिस हुआङ सन् २०२३ मार्चमा मेगास्पिडको नियन्त्रणकारी सेयरधनी बनेको पाइएको जनाएको थियो। मेगास्पिडको पछिल्लो वक्तव्यबारे अमेरिकी सरकार र एनभिडियाले रोयटर्सको टिप्पणी मागसम्बन्धी अनुरोधमा तत्काल प्रतिक्रिया दिएका थिएनन्। The post एलिस हुआङले सन् २०२५ अगस्टमै कम्पनी छाडेको मेगास्पिडको भनाइ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
SpaceX completes 15th Starship flight test, spacecraft caught by launch tower for 1st time
TechnologyJust now

SpaceX completes 15th Starship flight test, spacecraft caught by launch tower for 1st time

SpaceX’s Starship spacecraft returned to its launch site on Saturday and was caught by the launch tower’s mechanical arms, completing Starship’s 15th flight test. It marked the first time a Starship spacecraft had been caught by the launch tower’s mechanical arms upon returning to the launch site. The giant rocket lifted off from SpaceX’s Starbase facility in the U.S. state of Texas ...

टेक्नोलोजी खबर
Megaspeed says Alice Huang left firm in August 2025
TechnologyJust now

Megaspeed says Alice Huang left firm in August 2025

Singapore-based data centre company Megaspeed International, under scrutiny for allegedly steering Nvidia chips to China, said on Sunday that suspected spy Alice Huang had left the firm more than a year ago. Megaspeed is suspected of helping Chinese firms get around US export controls by buying Nvidia chips for its data centers in Southeast Asia and routing them to China. Its former ...

टेक्नोलोजी खबर
एन्ड्रोइड प्रयोगकर्ताका फोटो र भिडियोमा अनुमतिबिना पहुँच बनाएको भन्दै मेटालाई ८८ करोड ७० लाख डलर जरिवाना
TechnologyJust now

एन्ड्रोइड प्रयोगकर्ताका फोटो र भिडियोमा अनुमतिबिना पहुँच बनाएको भन्दै मेटालाई ८८ करोड ७० लाख डलर जरिवाना

प्रयोगकर्ताको अनुमति नलिई एन्ड्रोइड डिभाइसमा रहेका फोटो तथा भिडियोमा पहुँच बनाएको भन्दै इटालीले सामाजिक सञ्जाल कम्पनी मेटालाई ८८ करोड ७० लाख अमेरिकी डलर जरिवाना गरेको छ। इटालीको डाटा संरक्षण निकायले शनिबार मेटालाई ८० करोड ५० लाख यूरो जरिवाना गरेको हो। कम्पनीले प्रयोगकर्तालाई जानकारी नदिई र उनीहरूको सहमति नलिई व्यक्तिगत ग्यालरीमा रहेका फोटो तथा भिडियोमा पहुँच बनाएको अनुसन्धानबाट पुष्टि भएको निकायले जनाएको ...

टेक्नोलोजी खबर
सामाजिक सञ्जालमा चेतावनी सन्देश राख्नुपर्ने कानुनविरुद्ध न्युयोर्कमाथि मुद्दा
TechnologyJust now

सामाजिक सञ्जालमा चेतावनी सन्देश राख्नुपर्ने कानुनविरुद्ध न्युयोर्कमाथि मुद्दा

सम्भावित रूपमा लत लगाउने सुविधा भएका सामाजिक सञ्जाल प्लेटफर्ममा सरकारी स्वीकृत चेतावनी सन्देश राख्नुपर्ने न्युयोर्क राज्यको कानुन रोक्न माग गर्दै इन्टरनेट व्यापारसम्बन्धी समूह नेटच्वाइसले शुक्रबार मुद्दा दायर गरेको छ। संघीय अदालतमा दायर गरिएको उजुरीमा नेटच्वाइसले उक्त कानुनले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लङ्घन गरेको दाबी गरेको छ। राज्यले अनलाइन सुरक्षाबारे व्यक्त गर्न चाहेको सन्देश आफ्ना सदस्य कम्पनीलाई ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play