Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

सामाजिक सञ्जालमा चेतावनी सन्देश राख्नुपर्ने कानुनविरुद्ध न्युयोर्कमाथि मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक सञ्जालमा चेतावनी सन्देश राख्नुपर्ने कानुनविरुद्ध न्युयोर्कमाथि मुद्दा
Photo / Coverage: टेक्नोलोजी खबर

सम्भावित रूपमा लत लगाउने सुविधा भएका सामाजिक सञ्जाल प्लेटफर्ममा सरकारी स्वीकृत चेतावनी सन्देश राख्नुपर्ने न्युयोर्क राज्यको कानुन रोक्न माग गर्दै इन्टरनेट व्यापारसम्बन्धी समूह नेटच्वाइसले शुक्रबार मुद्दा दायर गरेको छ। संघीय अदालतमा दायर गरिएको उजुरीमा नेटच्वाइसले उक्त कानुनले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लङ्घन गरेको दाबी गरेको छ। राज्यले अनलाइन सुरक्षाबारे व्यक्त गर्न चाहेको सन्देश आफ्ना सदस्य कम्पनीलाई अनिवार्य रूपमा प्रस्तुत गर्न लगाउनु संविधानविपरीत भएको समूहको भनाइ छ। न्युयोर्कका कानुन कार्यान्वयन गर्ने महान्यायाधिवक्ता लेटिसिया जेम्सको कार्यालयले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ। रोयटर्सका अनुसार नेटच्वाइसमा गुगल र युट्युबको मातृ कम्पनी अल्फाबेट, फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटा, स्न्यापच्याटको मातृ कम्पनी स्न्याप तथा बाइटडान्सको टिकटकसहित ३० भन्दा बढी सदस्य छन्। यस समूहले सामाजिक सञ्जाल व्यवसायलाई नियमन गर्ने विभिन्न कानुनविरुद्ध यसअघि पनि धेरै मुद्दा दायर गरिसकेको छ। गभर्नर क्याथी होकुलले गत डिसेम्बरमा हस्ताक्षर गरेको न्युयोर्कको उक्त कानुनअनुसार अनन्तसम्म स्क्रोल गर्न मिल्ने, भिडियो आफैँ चल्ने र एल्गोरिदममा आधारित सामग्री देखाउने सुविधा भएका सामाजिक सञ्जाल प्लेटफर्मले युवा प्रयोगकर्तालाई हुन सक्ने सम्भावित हानिबारे चेतावनी दिनुपर्नेछ। कानुनले अमेरिकी सर्जन जनरलको चेतावनी सन्देश देखाउन पनि अनिवार्य गरेको छ। उक्त सन्देशमा सामाजिक सञ्जालले केही युवा प्रयोगकर्तालाई फाइदा पुर्‍याउन सक्ने भए पनि यसको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उल्लेख छ। यो चेतावनी सन् २०२३ मा अमेरिकाका तत्कालीन सर्जन जनरल विवेक मूर्तीले सार्वजनिक गरेको निष्कर्षमा आधारित छ। नेटच्वाइसले न्युयोर्कको कानुनले प्रयोगकर्तालाई सामाजिक सञ्जालमा लगइन गर्दा र लामो समय प्रयोग गरेपछि पटकपटक चेतावनी देखाएर उनीहरूको पहुँचमा अवरोध पुर्‍याउने दाबी गरेको छ। प्रयोगकर्ताले उक्त चेतावनी हटाउन वा छल्न नसक्ने व्यवस्था गरिएको पनि समूहको भनाइ छ। नेटच्वाइसले भनेको छ, “कुनै उत्पादनको लेबलमा राखिने स्थिर चेतावनीभन्दा फरक, यी चेतावनीले प्रयोगकर्तालाई पटकपटक अवरोध गर्छन् र संविधानले संरक्षण गरेको अभिव्यक्तिमा पहुँच रोक्छन्।” नेटच्वाइसले गत महिना क्यालिफोर्नियाविरुद्ध पनि यस्तै मुद्दा दायर गरेको थियो। न्युयोर्कको कानुन कोलोराडो राज्यको कानुनसँग मिल्दोजुल्दो रहेको पनि समूहले जनाएको छ। उक्त कानुनलाई अमेरिकी संघीय अदालतका एक न्यायाधीशले सन् २०२५ को नोभेम्बरमा संविधानको पहिलो संशोधनलाई आधार बनाउँदै रोक लगाएका थिए। उक्त निर्णयविरुद्ध कोलोराडोले अपिल गरिरहेको छ। न्युयोर्कको नयाँ कानुन आगामी जनवरी १ देखि कार्यान्वयनमा आउने तय भएको छ। The post सामाजिक सञ्जालमा चेतावनी सन्देश राख्नुपर्ने कानुनविरुद्ध न्युयोर्कमाथि मुद्दा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शाओमी १८ मा १०० वाटको फास्ट चार्जिङसहित ७२०० एमएएचको ब्याट्री हुने
TechnologyJust now

शाओमी १८ मा १०० वाटको फास्ट चार्जिङसहित ७२०० एमएएचको ब्याट्री हुने

शाओमी १८ स्मार्टफोन डिसेम्बर महिनामा आउने अपेक्षा गरिएको छ र यसको सार्वजनिक हुनुअघि नै यसका विशेषताहरू बाहिर आउन थालेका छन्। यो डिभाइस विभिन्न प्रमाणीकरण प्लेटफर्महरूमा पनि देखिएको छ। पछिल्लो जानकारीले यसको चार्जिङ क्षमताका बारेमा प्रकाश पारेको छ। चीनमा यो फोनले एक महत्त्वपूर्ण प्रमाणीकरण प्राप्त गरेको छ, जसले यसमा ‘फास्ट चार्जिङ’ सुविधा र ब्याट्री क्षमता रहने कुरा खुलाएको छ। प्राप्त जानकारी ...

टेक्नोलोजी खबर
भेराइजनले टेम्स फ्रिपोर्टमा निजी फाइभजी नेटवर्क सञ्चालनमा ल्यायो
TechnologyJust now

भेराइजनले टेम्स फ्रिपोर्टमा निजी फाइभजी नेटवर्क सञ्चालनमा ल्यायो

अमेरिकी दूरसञ्चार कम्पनी भेराइजनले बेलायतको टेम्स फ्रिपोर्ट क्षेत्रमा निजी फाइभजी नेटवर्क जडान गर्ने काम पूरा गरेको छ। युरोपकै सबैभन्दा ठूला निजी फाइभजी नेटवर्कमध्ये एक मानिएको यो परियोजना लन्डननजिकै रहेको टेम्स फ्रिपोर्ट क्षेत्रमा सञ्चालनमा आएको हो। यस क्षेत्रमा बन्दरगाह, सामान ढुवानी तथा भण्डारण केन्द्र र उत्पादन उद्योगहरू रहेका छन्। नेटवर्क सञ्चालनमा आएसँगै विभिन्न निजी फाइभजीमा आधारित सेवाहरूको परीक्षण सुरु गरिएको छ। यो नेटवर्क ...

टेक्नोलोजी खबर
थेसिस वा अन्य शोधपत्रमा एआई प्रयोगलाई स्वतः बौद्धिक चोरी मान्ने त्रिविको नियमविरुद्ध सर्वोच्चमा रिट
TechnologyJust now

थेसिस वा अन्य शोधपत्रमा एआई प्रयोगलाई स्वतः बौद्धिक चोरी मान्ने त्रिविको नियमविरुद्ध सर्वोच्चमा रिट

शैक्षिक तथा अनुसन्धान सामग्री तयार पार्दा कृत्रिम बुद्धिमता (एआई) प्रयोग गरेको आधारमा विद्यार्थीलाई स्वतः साहित्यिक/बौद्धिक चोरीको आरोप लगाउने अभ्यासविरुद्ध कानुनका ६ विद्यार्थीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। निवेदकहरूले एआईको प्रयोग र वास्तविक साहित्यिक चोरीबीच स्पष्ट कानुनी भिन्नता कायम गर्न तथा विदेशी एआई डिटेक्टरको नतिजालाई मात्र आधार बनाएर विद्यार्थीमाथि कारबाही गर्ने अभ्यास रोक्न माग गरेका छन्। त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पसमा ...

टेक्नोलोजी खबर
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
TechnologyJust now

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन्। चार घण्टाभन्दा बढी समयसम्म जारी उडान रोक शनिबार राति करिब ८ः१५ बजे (स्थानीय समय) अन्त्य भएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन्। यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन्। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार शुक्रबारको अवरोधका कारण ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play