Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

शाओमी १८ मा १०० वाटको फास्ट चार्जिङसहित ७२०० एमएएचको ब्याट्री हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
शाओमी १८ मा १०० वाटको फास्ट चार्जिङसहित ७२०० एमएएचको ब्याट्री हुने
Photo / Coverage: टेक्नोलोजी खबर

शाओमी १८ स्मार्टफोन डिसेम्बर महिनामा आउने अपेक्षा गरिएको छ र यसको सार्वजनिक हुनुअघि नै यसका विशेषताहरू बाहिर आउन थालेका छन्। यो डिभाइस विभिन्न प्रमाणीकरण प्लेटफर्महरूमा पनि देखिएको छ। पछिल्लो जानकारीले यसको चार्जिङ क्षमताका बारेमा प्रकाश पारेको छ। चीनमा यो फोनले एक महत्त्वपूर्ण प्रमाणीकरण प्राप्त गरेको छ, जसले यसमा ‘फास्ट चार्जिङ’ सुविधा र ब्याट्री क्षमता रहने कुरा खुलाएको छ। प्राप्त जानकारी अनुसार, शाओमी १८ (Xiaomi 18) मा २०० मेगापिक्सेलको डुअल-क्यामरा सेटअप रहनेछ। शाओमी १८ सार्वजनिक हुनुअघि नै यसका विशेषताहरू बाहिर आउन थालेका छन्। हालै यो डिभाइस चीनको ‘थ्रीसी’ प्रमाणीकरण डाटाबेसमा देखिएको छ। ‘M261DB’ मोडल नम्बर अन्तर्गत सूचीकृत यो डिभाइसलाई शाओमी १८ को रूपमा पहिचान गरिएको छ— जुन नोभेम्बर ६ मा दर्ता भएको हो। यसले फोनमा १०० वाटको फास्ट चार्जिङ सुविधा रहने कुरा पुष्टि गर्छ। यद्यपि यस सूचीमा डिभाइसको नाम, सार्वजनिक हुने मिति वा अन्य प्राविधिक विवरणहरू स्पष्ट रूपमा उल्लेख छैनन्, तर विभिन्न सञ्चारमाध्यमका रिपोर्टहरूले कम्पनीले यो मोडल बजारमा ल्याउने तयारी गरिरहेको संकेत गरेका छन्। ‘डिसीएस’ नामक टिप्सटरका अनुसार, यो फोन डिसेम्बर महिनामा सार्वजनिक हुने तालिका छ। शाओमी १८ का सम्भावित विशेषताहरूका बारेमा केही समयदेखि चर्चा चलिरहेको छ। यसमा करिब ६.५ इन्चको डिस्प्ले रहने अपेक्षा गरिएको छ र यसमा ‘स्न्यापड्रागन ८ ईलाइट जेन ६’ चिपसेट प्रयोग हुन सक्छ। साथै, यसमा २०० मेगापिक्सेलको मुख्य क्यामरा र ७२०० एमएएच सम्मको ठूलो ब्याट्री रहने चर्चा छ। शाओमी ले शाओमी १८ को क्यामरा डिजाइनमा पनि परिवर्तन ल्याउन सक्छ। हालैका रिपोर्टहरू अनुसार, यसको पछाडिको भागलाई नयाँ डिजाइन दिइनेछ जसमा ठूलो क्यामरा मोड्युल रहनेछ। यो फोन कम्प्याक्ट (सानो र आकर्षक) डिजाइनमा आउने अपेक्षा गरिएको छ र यसमा ‘स्मार्ट प्राइभेसी डिस्प्ले’ पनि समावेश हुन सक्छ। शाओमी १८ मा २०० मेगापिक्सेलको डुअल-क्यामरा सेटअप रहने बताइएको छ। यसको तुलनामा, कम्पनीको अघिल्लो मोडलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहितको ट्रिपल-क्यामरा सेटअप थियो। The post शाओमी १८ मा १०० वाटको फास्ट चार्जिङसहित ७२०० एमएएचको ब्याट्री हुने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सामाजिक सञ्जालमा चेतावनी सन्देश राख्नुपर्ने कानुनविरुद्ध न्युयोर्कमाथि मुद्दा
TechnologyJust now

सामाजिक सञ्जालमा चेतावनी सन्देश राख्नुपर्ने कानुनविरुद्ध न्युयोर्कमाथि मुद्दा

सम्भावित रूपमा लत लगाउने सुविधा भएका सामाजिक सञ्जाल प्लेटफर्ममा सरकारी स्वीकृत चेतावनी सन्देश राख्नुपर्ने न्युयोर्क राज्यको कानुन रोक्न माग गर्दै इन्टरनेट व्यापारसम्बन्धी समूह नेटच्वाइसले शुक्रबार मुद्दा दायर गरेको छ। संघीय अदालतमा दायर गरिएको उजुरीमा नेटच्वाइसले उक्त कानुनले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लङ्घन गरेको दाबी गरेको छ। राज्यले अनलाइन सुरक्षाबारे व्यक्त गर्न चाहेको सन्देश आफ्ना सदस्य कम्पनीलाई ...

टेक्नोलोजी खबर
भेराइजनले टेम्स फ्रिपोर्टमा निजी फाइभजी नेटवर्क सञ्चालनमा ल्यायो
TechnologyJust now

भेराइजनले टेम्स फ्रिपोर्टमा निजी फाइभजी नेटवर्क सञ्चालनमा ल्यायो

अमेरिकी दूरसञ्चार कम्पनी भेराइजनले बेलायतको टेम्स फ्रिपोर्ट क्षेत्रमा निजी फाइभजी नेटवर्क जडान गर्ने काम पूरा गरेको छ। युरोपकै सबैभन्दा ठूला निजी फाइभजी नेटवर्कमध्ये एक मानिएको यो परियोजना लन्डननजिकै रहेको टेम्स फ्रिपोर्ट क्षेत्रमा सञ्चालनमा आएको हो। यस क्षेत्रमा बन्दरगाह, सामान ढुवानी तथा भण्डारण केन्द्र र उत्पादन उद्योगहरू रहेका छन्। नेटवर्क सञ्चालनमा आएसँगै विभिन्न निजी फाइभजीमा आधारित सेवाहरूको परीक्षण सुरु गरिएको छ। यो नेटवर्क ...

टेक्नोलोजी खबर
थेसिस वा अन्य शोधपत्रमा एआई प्रयोगलाई स्वतः बौद्धिक चोरी मान्ने त्रिविको नियमविरुद्ध सर्वोच्चमा रिट
TechnologyJust now

थेसिस वा अन्य शोधपत्रमा एआई प्रयोगलाई स्वतः बौद्धिक चोरी मान्ने त्रिविको नियमविरुद्ध सर्वोच्चमा रिट

शैक्षिक तथा अनुसन्धान सामग्री तयार पार्दा कृत्रिम बुद्धिमता (एआई) प्रयोग गरेको आधारमा विद्यार्थीलाई स्वतः साहित्यिक/बौद्धिक चोरीको आरोप लगाउने अभ्यासविरुद्ध कानुनका ६ विद्यार्थीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। निवेदकहरूले एआईको प्रयोग र वास्तविक साहित्यिक चोरीबीच स्पष्ट कानुनी भिन्नता कायम गर्न तथा विदेशी एआई डिटेक्टरको नतिजालाई मात्र आधार बनाएर विद्यार्थीमाथि कारबाही गर्ने अभ्यास रोक्न माग गरेका छन्। त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पसमा ...

टेक्नोलोजी खबर
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
TechnologyJust now

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन्। चार घण्टाभन्दा बढी समयसम्म जारी उडान रोक शनिबार राति करिब ८ः१५ बजे (स्थानीय समय) अन्त्य भएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन्। यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन्। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार शुक्रबारको अवरोधका कारण ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play