Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

ओप्पोको पकेट गिम्बल क्यामेरा यसै वर्ष सार्वजनिक हुने, वाइड फोल्डेबल फोन पनि चाँडै आउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओप्पोको पकेट गिम्बल क्यामेरा यसै वर्ष सार्वजनिक हुने, वाइड फोल्डेबल फोन पनि चाँडै आउने
Photo / Coverage: टेक्नोलोजी खबर

टिपस्टर डिजिटल च्याट स्टेसनले ओप्पोले चाँडै सार्वजनिक गर्ने तयारी गरेका विभिन्न फ्ल्यागसिप उत्पादनबारे विवरण सार्वजनिक गरेका छन्। यी उत्पादनमा पकेट गिम्बल क्यामेरा, वाइड स्क्रिन फोल्डेबल फोन र १६:९ डिस्प्ले भएको फराकिलो बार शैलीको फ्ल्यागसिप फोन रहनेछन्। लीक भएको जानकारीअनुसार ओप्पोको पकेट गिम्बल क्यामेरा यस वर्षको अन्त्यसम्ममा सार्वजनिक हुनेछ। यस क्यामेराको कोडनेम ‘फुयाओ’ रहेको बताइएको छ। यसअघि सार्वजनिक भएका विभिन्न विवरणअनुसार उक्त गिम्बल क्यामेरामा २०० मेगापिक्सेलको १/१.१२ इन्च सेन्सर रहनेछ। साथै, यसमा ह्यासलब्लाड ब्रान्डिङ पनि हुने जीएसएमएरिनाले उल्लेख गरेको छ। टिपस्टरका अनुसार ओप्पोको वाइड स्क्रिन फोल्डेबल फोन पनि सार्वजनिक गर्न तयार अवस्थामा छ। सम्भवतः यसको नाम फाइन्ड एन७ हुनेछ। यसमा २ न्यानोमिटर प्रविधिमा आधारित स्न्यापड्रागन चिपसेट, स्क्रिन खोल्दा बीचमा मोडिएको भाग नदेखिने भित्री डिस्प्ले र गिम्बल स्ट्याबिलाइजेसनसहितको २०० मेगापिक्सेलको पछाडिको क्यामेरा रहने बताइएको छ। त्यसैगरी, ओप्पोले ल्याउने तयारी गरेको वाइड स्क्रिन बार शैलीको फोन पनि विकासको अन्तिम चरणमा पुगेको छ। यसको नाम रेनो एक्स हुने अपेक्षा गरिएको छ। यसमा फ्ल्यागसिप डाइमेन्सिटी ९ सिरिजको चिपसेट, पातलो किनारा भएको १६:९ डिस्प्ले र २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहने बताइएको छ। The post ओप्पोको पकेट गिम्बल क्यामेरा यसै वर्ष सार्वजनिक हुने, वाइड फोल्डेबल फोन पनि चाँडै आउने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जेन्सन हुआङलाई पुनः सीईओ बनाउन आग्रह गर्दै इलन मस्कसहित प्रविधि क्षेत्रका अधिकारीहरूले गरे हस्ताक्षर
TechnologyJust now

जेन्सन हुआङलाई पुनः सीईओ बनाउन आग्रह गर्दै इलन मस्कसहित प्रविधि क्षेत्रका अधिकारीहरूले गरे हस्ताक्षर

एनभिडियाका हालै पदबाट हटाइएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पुनः पदमा फर्काउन माग गर्दै सुरु गरिएको अनलाइन याचिकामा शनिबार दिउँसोसम्म एक लाख १५ हजारभन्दा बढी हस्ताक्षर संकलन भएको देखिएको छ। याचिकाको वेबसाइटका अनुसार हस्ताक्षर गर्नेमा एनभिडियाका हाल कार्यरत ५ हजार ९६५ कर्मचारी, पूर्वकर्मचारी १ हजार १०८ जना र कम्पनीका ६३ हजार ६३ जना सेयरधनी छन्। याचिकालाई समर्थन गर्ने चर्चित व्यक्तिहरूमा ...

टेक्नोलोजी खबर
एलिस हुआङले सन् २०२५ अगस्टमै कम्पनी छाडेको मेगास्पिडको भनाइ
TechnologyJust now

एलिस हुआङले सन् २०२५ अगस्टमै कम्पनी छाडेको मेगास्पिडको भनाइ

एनभिडियाका प्रमुख जेन्सन हुआङसँगको सम्बन्ध र अमेरिकी राष्ट्रिय सुरक्षा चासोका कारण चर्चामा रहेकी चिनियाँ व्यवसायी एलिस हुआङले सन् २०२५ अगस्टमै मेगास्पिड कम्पनी छाडेको कम्पनीले जनाएको छ। सिंगापुरमा मुख्यालय रहेको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडले आइतबार वक्तव्य जारी गर्दै एलिस हुआङले सन् २०२५ अगस्ट ३० मा औपचारिक रूपमा कम्पनी छाडेको र अहिले कम्पनीमा उनको कुनै भूमिका नरहेको स्पष्ट पारेको हो। मेगास्पिड एसिया–प्रशान्त क्षेत्रमा एनभिडियाको ...

टेक्नोलोजी खबर
SpaceX completes 15th Starship flight test, spacecraft caught by launch tower for 1st time
TechnologyJust now

SpaceX completes 15th Starship flight test, spacecraft caught by launch tower for 1st time

SpaceX’s Starship spacecraft returned to its launch site on Saturday and was caught by the launch tower’s mechanical arms, completing Starship’s 15th flight test. It marked the first time a Starship spacecraft had been caught by the launch tower’s mechanical arms upon returning to the launch site. The giant rocket lifted off from SpaceX’s Starbase facility in the U.S. state of Texas ...

टेक्नोलोजी खबर
Megaspeed says Alice Huang left firm in August 2025
TechnologyJust now

Megaspeed says Alice Huang left firm in August 2025

Singapore-based data centre company Megaspeed International, under scrutiny for allegedly steering Nvidia chips to China, said on Sunday that suspected spy Alice Huang had left the firm more than a year ago. Megaspeed is suspected of helping Chinese firms get around US export controls by buying Nvidia chips for its data centers in Southeast Asia and routing them to China. Its former ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play