Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

‘परिवेश’ ५२औं शृंखलामा, कलाकार तथा प्राविधिक सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘परिवेश’ ५२औं शृंखलामा, कलाकार तथा प्राविधिक सम्मानित
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । निरन्तर प्रसारण हुँदै आएको टेलिसिरियल ‘परिवेश’ ५२औं शृंखलामा प्रवेश गरेको छ । सिरियलले ५२ भागको यात्रा पूरा गरेको अवसरमा आइतबार काठमाडौंको जरङखुस्थित साझा पार्टी प्यालेसमा कलाकारलाई सम्मान गरिएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्र तथा संघसंस्थामा आबद्ध व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रममा सिरियलका कलाकार, प्राविधिक तथा निर्माण टोलीका सदस्यहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि केसीले कलाकारिता क्षेत्रमा निरन्तर मिहिनेत, लगनशीलता र समर्पण आवश्यक रहेको बताउनुभयो । स्थानीय कलाकारहरूलाई समेटेर ‘परिवेश’ निर्माण गरिएकोमा खुशी व्यक्त गर्दै उहाँले कलाकार संघका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाउनुभयो । त्यस्तै, उद्योग वाणिज्य संघ काठमाडौं जिल्लाका सदस्य तथा व्यवसायी चन्द्रबहादुर थापाले सिरियलको सफलताको शुभकामना व्यक्त गर्दै सकारात्मक र सिर्जनात्मक कार्यमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । सिरियलकी लेखक तथा निर्देशक दीपा घिमिरेले विभिन्न चुनौती र उतारचढावका बाबजुद ‘परिवेश’लाई ५२औं शृंखलासम्म पुर्‍याउन सफल भएको बताउनुभयो । यस यात्रामा साथ, सहयोग र हौसला प्रदान गर्ने कलाकार, प्राविधिक, सहयोगी तथा दर्शकप्रति उनले आभार व्यक्त गर्नुभयो । डीएस इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘परिवेश’ दीपा युट्युब च्यानलमार्फत प्रत्येक शुक्रबार साँझ ७ बजे प्रसारण हुँदै आएको छ । सामाजिक परिवेश, पारिवारिक सम्बन्ध र जीवनका विविध पक्षलाई कथावस्तु बनाइएको सिरियलले ५२औं भागसम्मको यात्रा पूरा गर्नुलाई निर्माण टोलीले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । सिरियलमा दीपा घिमिरे, भगवान भण्डारी, रामप्रसाद महर्जन, देवराज लामिछाने, इच्छाराम दुलाल, योगेश्वरी श्रेष्ठ, सावित्रा भट्ट, लक्ष्मण भण्डारी, नीलु श्रेष्ठ, विकास श्रेष्ठ, अमृतमान श्रेष्ठ, सुशान फुयाँल, अम्बिका खतिवडा, दिलीप थापा, सुप्रीम राउत, सरला गौतम, नमराज तिवारी र सलिना थापालगायत कलाकारले अभिनय गर्दै आउनुभएको छ । सिरियलका निर्माता सुदर्शन घिमिरे हुनुहुन्छ भने सम्पादन कविता राईले गर्नुभएको छ । त्यसैगरी, छायांकनको जिम्मेवारी मनोज मल्ल र मेकअपको जिम्मेवारी शर्मिला श्रेष्ठले सम्हाल्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ
Latest NewsJust now

पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

भोजपुर । पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग, प्रवेशद्वार तथा सुम्निमा–पारुहाङको सालिकलगायतका संरचना... ...

रातोपाटी
टेलिकमको नाफा ३७.३५ प्रतिशतले बढ्यो
Latest NewsJust now

टेलिकमको नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमले नाफा बढाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा एक अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ३७.३५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद मुनाफा एक अर्ब ...

हिमालय टाइम्स
मंसिर १७ देखि नवौँ बर्दघाट महोत्सव
Latest NewsJust now

मंसिर १७ देखि नवौँ बर्दघाट महोत्सव

नवलपरासी । कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध बर्दघाटको बलियो आधार भन्ने नाराका साथ पश्चिम नवलपरासीको बर्दघाट उद्योग वाणिज्य संघले आगामी मंसिर १७ देखि २९ गतेसम्म ‘नवौँ बर्दघाट महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । महोत्सवमा करिब तीन करोड रुपैयाँ बराबरको कारोबार गर्ने र दुई लाख दर्शक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ । संघले पत्रकार सम्मेलन गरी महोत्सव आयोजनाबारे जानकारी गराएको ...

हिमालय टाइम्स
प्रचारको ‘स्टन्ट’ : ‘ककाकिकी’
Latest NewsJust now

प्रचारको ‘स्टन्ट’ : ‘ककाकिकी’

काठमाडौं । चलचित्रको प्रचारका लागि अपनाइने नयाँ-नयाँ शैली कहिलेकाहीँ चर्चाको विषय बन्छन् । तर, प्रचारको नाममा वास्तविक घटनाकै भ्रम सिर्जना गरियो भने त्यसले मनोरञ्जनभन्दा बढी विवाद निम्त्याउनसक्छ । यस्तै भएको छ, प्रदर्शनको तयारीमा रहेको हास्यप्रधान नेपाली चलचित्र ‘ककाकिकी’को प्रचारका क्रममा । शनिबार काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा चलचित्रको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम चलिरहेको थियो । कार्यक्रमको अन्त्यतिर अचानक प्रहरीको टोली हलभित्र प्रवेश ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play