एनपीएल : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर बलिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया जस्ता खेलाडी छन् । त्यस्तै, इमरान शेख, प्रतिक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने, चरिथ असलंका लगायतका खेलाडी पनि विराटनगरको टिममा रहेका छन् । चितवन राइनोज कुशल मल्लको नेतृत्वमा रहेको छ । चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना लगायतका खेलाडी समावेश छन् । त्यस्तै, चितवनमा विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान, उसामा मीर लगायतका खेलाडी छन् । यस्तै, आजै अपराह्न साढे ४ बजे हुने खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्ने छन् । जनकपुरको नेतृत्व कप्तान हर्मित सिंह र कर्णालीको नेतृत्व सोमपाल कामीले गर्दै छन् । सोमबारदेखि सुरु भएको एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । एनपीएल समूह चरणका खेलहरु कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । यस पटकको एनपीएलमा केही नयाँ सुविधा थपिएका छन् । एनपिएलमा पहिलो पटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डिआरएस)को व्यवस्था गरिएको छ । यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पहिलोपटक एनपीएललाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरस्कार राशि पनि वृद्धि गरेको छ । प्रतियोगितामा उपाधि विजेता टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीलाई ८० लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

२० प्रतिशत घट्यो निफ्राको नाफा
१० कात्तिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै… ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा
१० कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ । बैंकले साधारणसभाको मिति भने तय गरिसकेको छैन । … ...

क्यान्सर देखिएपछि १९ वर्षको उमेरमा फ्रिज गरिएको डिम्बबाट ४३ वर्षमा आमा
बेलायतकी क्यासान्ड्रा बेकन १७ वर्षकी हुँदा उनलाई हजकिन लिम्फोमा नामक रगतको क्यान्सर भएको पत्ता लाग्यो । केमोथेरापीको पहिलो चरणपछि क्यान्सर नियन्त्रणमा आयो । तर, एक वर्ष नबित्दै रोग फेरि बल्झियो । यसपटकको क्यान्सर झन् गम्भीर थियो । क्यान्सरजस्तो गम्भीर रोगसँग जुधिरहेकी किशोरीलाई त्यतिबेला आफ्नो ज्यान बचाउनु नै सबैभन्दा ठूलो चुनौती थियो । डाक्टरहरूले तत्काल पहिलेभन्दा… ...

ट्रम्प समर्थित दलहरूको पराजयको बढ्दो लहर, कस्तो होला इजरायलको नतिजा ?
अब, मङ्गलबार अर्को एउटा अत्यन्तै महत्त्वपूर्ण निर्वाचन हुँदैछ, जहाँ ट्रम्पका सहयोगी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आफ्नो राजनीतिक अस्तित्व जोगाउने कठिन लडाइँको सामना गर्दैछन्। ...


