एनपीएल क्रिकेट : सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दैछ । गत संस्करणमा हारेको बदला लिने पक्षमा सुदूरपश्चिम रहेको छ भने लुम्बिनी गत वर्षकै नतिजा दाहोर्याउने दाउमा हुनेछ । लुम्बिनी रोहितकुमार पौडेल र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन भएको प्रतियोगिता आगामी ५ मंसिरसम्म चल्नेछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । च्याम्पियन बन्ने टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख,तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ । यस्तै सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्नेछ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

ग्लोवल हंगर इण्डेक्स २०२६ मा नेपाल ‘मध्यम श्रेणी’ मा
भोकमरी केवल पेटको खालीपन मात्र होइन, यो समाजको सामाजिक संरचना, राज्यको दूरदृष्टि र नागरिकको भान्सासम्म पुग्ने अर्थतन्त्रको संवेदनशील तस्बिर पनि हो । खाद्य सुरक्षा र पोषण कुनै एउटा नीतिगत घोषणा वा एउटा मन्त्रालयको प्रयासले मात्र सम्हालिने विषय होइन । जब खेतको गरा, स्थानीय चुलो, आमाको चेतना र बजारको आपूर्ति श्रृङ्खला आपसमा जोडिन्छन्, तब मात्र भोकविरुद्धको लडाइँले सार्थकता पाउँछ । भर्खरै सार्वजनिक ...

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
९ कात्तिक, गण्डकी । सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन् । पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उनले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे । ‘विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ’, उनले भने, ‘निजी क्षेत्रसँग… ...

भूमिहीनको समस्या समाधान र सहकारीपीडितको रकम फिर्ता गर्ने काम तीव्र बनाउँछौँ : मन्त्री रावल
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले दशैँ–तिहारपछि भूमिहीन नागरिकको समस्या समाधान र सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिने बताएकी छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री रावलले भूमिहीन नागरिक र सहकारीपीडितका समस्या सरकारको प्राथमिकतामा रहेको बताएकी हुन् । दुवै क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत जटिलता हटाउँदै काम अघि बढाइएको उनले जानकारी ...

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी
धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना । कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको छ । रानाको रायो सागका तीन ठूला बारीका फाँटहरु छन । बारीमा उत्पादन भएको साग दिनहुँ टिपेर किलोका हिसाबले धनगढी बजारमा बिक्री गर्ने गरिएको छ। साग टिप्ने र बजारसम्म पुर्याउने काममा प्रेम रानासँगै ...


